SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/६/२ गते
    २१२ &#२३४६;&#२३३५;&#२३२५;

    दमौली । बन्दीपुरस्थित राष्ट्रिय अनुसन्धान बाख्रा केन्द्र कृषि तथा पशुपालन गर्नेहरूका लाागि अध्ययनस्थलका रूपमा परिचित हुँदै गएको छ । केन्द्रबारे जानकारी लिन धेरै जिज्ञासु दैनिक यहाँ आउने गरेका छन् । एक वर्षमा आठ हजार अवलोकनकर्ताले केन्द्रका बारेमा जानकारी लिएका गरेका छन् । गत वर्ष सात हजार नौ सय ६४ जनाले अनुसन्धान केन्द्रको भ्रमण गरेका थिए । केन्द्रप्रमुख डा राजु कँडेलका अनुसार कृषि, पशुपालन, वनविज्ञानका विद्यार्थी अध्ययनमा आउने गरेकामा सङ्घ र प्रदेश सरकारका मन्त्री, सांसदलगायत विभिन्न पार्टीका नेताको भ्रमणको गन्तव्य केन्द्र बनेको छ ।

    केन्द्रले प्रविधि विकास तथा उन्नत र स्थानीय जातका प्रजननयोग्य बोका, पाठी तथा घाँस बेर्ना वितरणका साथै स्थानीय जातको संरक्षण गर्दै आएको छ । कार्यालयले सोही आर्थिक वर्षमा दुई सय ८६ बाख्रामा शुद्ध बोर बोकाबाट प्रजनन सेवा प्रदान गरेको जनाएको छ । त्यस्तै चार सय ५५ वटा जुत्ताको नमूना सङ्कलन गरिएको र एक हजार पाँच सय ७० वटा बाख्रामा उपचार गरिएको केन्द्रले जनाएको छ ।

    https://youtu.be/GIWL8V2f_io?si=cDCsanWCMcdrigeZ

    केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा बढी खरी बाख्रा उत्पादन गरेको छ । केन्द्रले एक वर्षको अवधिमा ३४ खरी बाख्रा उत्पादनको लक्ष्य राखेकामा ७० खरी बाख्रा उत्पादन गरेको छ । कँडेलका अनुसार केन्द्रबाट खरी, सिन्हाल, बारबरी, जमुनापारी क्रस, शुद्ध बोर, बोर क्रस, शुद्ध सानन र सानन क्रस बाख्राका पाठापाठी उत्पादन गरिएको छ ।

    त्यस वर्ष बारबारीका छ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा छ, सिन्हालका चार पाठापाठी उत्पादन लक्ष्य राखिएकामा १२, शुद्ध बोरका ८० पाठापाठी उत्पादन लक्ष्य राखिएकामा ५९, शुद्ध बोरका ८० पाठापाठी लक्ष्य उत्पादन राखिएकामा ५९, बोर क्रसका एक सय ७३ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा एक सय ५९, शुद्ध साननका १५ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा २५, सानन क्रसका ३३ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा ६६ पाठापाठी उत्पादन भएको थियो ।

    अनुसन्धान केन्द्रमा बोयर जातको बोकाको माग उच्च रहेको छ । बोयर जातको बोकाको नेपालमा बढी रुचाइएको कारण यसमा माग बढेको बताइन्छ । कँडेलले भने, “स्थानीयभन्दा बोयर जातका बोकाको माग बढी छ, जमुनापानी, खरी जातको बाख्राको माग पनि उत्तिकै छ ।”

    केन्द्रले सो वर्ष एक सय ४२ बाख्रा वितरण गरेको छ । नेपालका अधिकांश जिल्लामा यहाँबाट उत्पादन हुने बाख्रा वितरण हुने गरेको कँडेलले बताए । एक सय प्रतिशत बोर बाख्रा ४५ वटा वितरण गरिएको छ । उक्त बाख्रा म्याग्दी, सोलुखुम्बु, पाल्पा, गोरखा, कैलाली, कास्की, काठमाडौँ, दाङ, रामेछाप, चितवन, तनहुँ, दोलखा, उदयपुर, लमजुङ, स्याङ्जा, रुकुमपश्चिम, धादिङमा वितरण भएको कँडेलले बताए।

    बाख्राको अनुसन्धानका लागि केन्द्रले विभिन्न ठाउँमा स्रोतकेन्द्र स्थापना गरेको छ । भानु नगरपालिकास्थित बरभज्याङ, आँबुखैरेनी गाउँपालिकास्थित बरादीमा, घिरिङमा, गोरखाको बक्राङ, स्याङ्जाको पेखुथाना र धादिङको नीलकण्ठमा बाह्य अनुसन्धान केन्द्र स्थापना भएका छन् ।

    त्यसमध्ये बरभञ्ज्याङमा एक सय ५५, बक्राङ गोरखामा १३, बरादी तनहुँमा एक सय ९३, पेखुथाना स्याङ्जामा दुई सय ३२, घिरिङ तनहुँमा ७७, नीलकण्ठ धादिङमा ६३ र निजगढ बारामा ४३ बोरक्रसका पाठापाठी उत्पादन भएका छन्

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं