News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राष्ट्रिय समाचार

    पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

    पर्वत । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अधिवक्ता भोलानाथ शर्माले एक लाख रुपैयाँ सहयोग गरेका छन्।

    विपद्को कठिन अवस्थामा पीडित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले शर्माले एक लाख रुपैयाँ सहयोग गरेका हुन्। बैंकमा रकम जम्मा गरेको भौचरअनुसार उक्त रकम बाढीपीडितको राहतका लागि प्रदान गरिएको हो। अधिवक्ता शर्मा कालीगण्डकी दैनिक र निष्पक्ष अभिमत साप्ताहिकका प्रधान सम्पादक समेत हुन्। पत्रकारिता तथा सामाजिक क्षेत्रमा सक्रिय शर्माले विपद्को समयमा पीडितको दुःखमा साथ दिनुपर्ने मान्यतासहित व्यक्तिगत रूपमा राहत सहयोग गरेको बताएका छन्।

    भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीले घर, सडक, पुल, विद्युत् तथा खानेपानीजस्ता भौतिक संरचनामा समेत क्षति पुर्‍याएको छ। बाढीपछि प्रभावितको उद्धार, खोजी तथा राहत वितरणको काम जारी रहेको छ।

    बाढीबाट प्रभावितको अवस्था अझै सामान्य बन्न नसकेको अवस्थामा विभिन्न व्यक्ति, संघसंस्था, राजनीतिक दल तथा निजी क्षेत्रबाट राहत तथा पुनःस्थापनाका लागि सहयोग घोषणा भइरहेका छन्। गैरआवासीय नेपाली संघलगायत विभिन्न संस्थाले समेत ठूलो रकम सहयोग घोषणा गरेका छन्।

    अधिवक्ता शर्माको एक लाख रुपैयाँ सहयोगले विपद्को समयमा सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको सन्देश दिएको छ। पीडितको तत्कालीन आवश्यकता पूरा गर्न तथा उनीहरूको पुनःस्थापनामा सहयोग पुर्‍याउन सबै क्षेत्रबाट हातेमालो आवश्यक रहेको देखिएको छ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया

    ट्रेन्डिङ