
१बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
२महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
३गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
४पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
५पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१२जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४फेरि किन भयो ग्यास अभाव ?
५हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पोखरा । गण्डकी प्रदेशका पूर्व सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री एवं वर्तमान प्रदेशसभा सदस्य विन्दुकुमार थापाले बाढीपहिरो प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आफ्नो पारिश्रमिक बापतको ५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।
प्राकृतिक विपद्का कारण देशका विभिन्न जिल्लामा जनधनको क्षति भइरहेका बेला प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यमा सहयोग पु¥याउने उद्देश्यले आफूले पाउने पारिश्रमिक सरकारी राहत कोषमा प्रदान गरेको थापाले बताएका छन्।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लाका नदी तथा खोलाको तटीय क्षेत्र प्रभावित भएका छन्। बाढी तथा पहिरोका कारण विभिन्न स्थानमा जनधनको क्षति हुनुका साथै ठूलो संख्यामा परिवार प्रभावित भएका छन्। यस्तो कठिन परिस्थितिमा तत्काल उद्धार तथा राहत आवश्यक रहेकाले आफूले पाउने पारिश्रमिक सहयोग गरेको थापाको भनाइ छ।
“जनताको दुःखमा साथ दिनु मेरो कर्तव्य हो। राहत साँच्चिकै आवश्यकता भएका नागरिकसम्म पुगोस भन्ने उद्देश्यले आफ्नो पारिश्रमिक सहयोग गरेको हुँ,” थापाले भने।
उनले विपद्का कारण घरबार, खाद्यान्न तथा दैनिक जीवनयापनमा समस्या भोगिरहेका नागरिकलाई राज्यसँगै समाजको सामूहिक सहयोग आवश्यक रहेको बताए। प्राकृतिक विपद्का समयमा राज्यका संयन्त्रसँगै जनप्रतिनिधि, राजनीतिक दल, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा आम नागरिकले समेत आफ्नो क्षमताअनुसार सहयोग र सहकार्य गर्नुपर्ने उनको भनाइ छ।
विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सहयोग गर्नु मानवीय दायित्व भएको उल्लेख गर्दै विपद् प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सक्दो सहयोग गर्न सम्पूर्ण नेपालीमा अपिलसमेत गरेका छन्।्रभावकारी बनाउन सबै पक्षबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै थापाले बाढी, पहिरो तथा नदी कटानका कारण जोखिममा परेका नागरिकप्रति संवेदनशील बन्न सबैलाई आग्रह गरेका छन्।
थापाले आफ्नो छ महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गरेर संकटका बेला जनप्रतिनिधिको भूमिका नीति निर्माण र प्रतिनिधित्वमा मात्र सीमित नभई नागरिकको पीडामा प्रत्यक्ष रूपमा जोडिनुपर्ने सन्देश दिएका छन्। यसअघि पनि प्रदेश सरकारबाट पारिश्रमिक र अन्य सेवासुविधा बापत पाउने रकम सामाजिक कार्यमा सहयोग गर्दै आएका थापाले सरकारी कोषमा जम्मा हुने राहत रकम विपद् प्रभावित परिवारसम्म शीघ्र र प्रभावकारी रूपमा पुग्ने गरी परिचालन गर्नुपर्नेमा समेत जोड दिएका छन्।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४फेरि किन भयो ग्यास अभाव ?
५हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन

प्रतिक्रिया