
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पर्वत । प्रेस युनियन पर्वतको सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले विष्णु सापकोटा गौतमको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा योगराज गिरी बद्री र इन्दिरा शर्मा तिवारी, सचिवमा मुना केसी लामिछाने, सहसचिवमा मिना पराजुली र कोषाध्यक्षमा पूजा कार्की चयन हुनुभएको छ।त्यसैगरी सदस्यहरूमा बसन्त बास्तोला, अस्मिता गौतम, सुरेश रेग्मी, सन्तोष पराजुली र खिममाया पाईजा गिरी चयन हुनुभएको छ।
यसअघि आयोजित उद्घाटन कार्यक्रममा बोल्दै प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले वर्तमान सरकारका गतिविधि पत्रकारिताविरोधी रहेको आरोप लगाउनुभयो। उहाँले सरकारले पत्रकारिता क्षेत्रलाई अप्ठ्यारोमा पार्ने गतिविधि गरिरहेको बताउँदै पत्रकारिता क्षेत्रकै व्यक्ति सञ्चारमन्त्री हुँदा समेत पत्रकारको मर्म बुझ्न नसक्नु विडम्बना भएको धारणा व्यक्त गर्नुभयो।
अधिवेशनमा पत्रकारिताको वर्तमान अवस्था, प्रेस स्वतन्त्रता, पत्रकारको पेशागत सुरक्षा तथा सञ्चारमाध्यमको विश्वसनीयता लगायतका विषयमा छलफल भएको थियो। सहभागी वक्ताहरूले पत्रकारिता क्षेत्रमा पछिल्लो समय विभिन्न चुनौती थपिँदै गएको भन्दै जस्तोसुकै परिस्थितिमा पनि तथ्यमा आधारित, जिम्मेवार र निष्पक्ष पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा नेपाली कांग्रेस पर्वतका सभापति युवराज जोशीले पत्रकारले समाचार लेख्दा आफ्नो व्यक्तिगत वा राजनीतिक विचारभन्दा तथ्यलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले पत्रकारले सत्यको पक्षमा समाचार लेख्न डराउन नहुने र कमजोरी भए आफ्नै पार्टीका विरुद्धमा समेत निष्पक्ष रूपमा समाचार लेख्न सक्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारी, नेपाल प्रेस युनियन पर्वतका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाई, ओमप्रसाद घायल, प्रेस युनियनका केन्द्रीय उपमहासचिव दिलिपाश्री अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छबिलाल तिवारी, पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, प्रेस युनियनका केन्द्रीय सदस्य माया अधिकारी, साजन परियार र प्रदिप पन्त , सञ्चारिका समूह पर्वतका अध्यक्ष रन्जना खत्री प्रेस चौतारीका अध्यक्ष दिपेश वि. पौडेल, प्रेस संगठनका गण्डकी प्रदेश सदस्य प्रनिश गिरी, पर्वत उद्योग वाणिज्य संघका उपाध्यक्ष शिवशर्मा पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो।
उत्तम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रेस युनियन पर्वतका सचिव सुमन थापाले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष विष्णु गौतमले राख्नुभएको थियो।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया