
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पर्वत । प्रेस युनियन पर्वतको सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले विष्णु सापकोटा गौतमको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा योगराज गिरी बद्री र इन्दिरा शर्मा तिवारी, सचिवमा मुना केसी लामिछाने, सहसचिवमा मिना पराजुली र कोषाध्यक्षमा पूजा कार्की चयन हुनुभएको छ।त्यसैगरी सदस्यहरूमा बसन्त बास्तोला, अस्मिता गौतम, सुरेश रेग्मी, सन्तोष पराजुली र खिममाया पाईजा गिरी चयन हुनुभएको छ।
यसअघि आयोजित उद्घाटन कार्यक्रममा बोल्दै प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले वर्तमान सरकारका गतिविधि पत्रकारिताविरोधी रहेको आरोप लगाउनुभयो। उहाँले सरकारले पत्रकारिता क्षेत्रलाई अप्ठ्यारोमा पार्ने गतिविधि गरिरहेको बताउँदै पत्रकारिता क्षेत्रकै व्यक्ति सञ्चारमन्त्री हुँदा समेत पत्रकारको मर्म बुझ्न नसक्नु विडम्बना भएको धारणा व्यक्त गर्नुभयो।
अधिवेशनमा पत्रकारिताको वर्तमान अवस्था, प्रेस स्वतन्त्रता, पत्रकारको पेशागत सुरक्षा तथा सञ्चारमाध्यमको विश्वसनीयता लगायतका विषयमा छलफल भएको थियो। सहभागी वक्ताहरूले पत्रकारिता क्षेत्रमा पछिल्लो समय विभिन्न चुनौती थपिँदै गएको भन्दै जस्तोसुकै परिस्थितिमा पनि तथ्यमा आधारित, जिम्मेवार र निष्पक्ष पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा नेपाली कांग्रेस पर्वतका सभापति युवराज जोशीले पत्रकारले समाचार लेख्दा आफ्नो व्यक्तिगत वा राजनीतिक विचारभन्दा तथ्यलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले पत्रकारले सत्यको पक्षमा समाचार लेख्न डराउन नहुने र कमजोरी भए आफ्नै पार्टीका विरुद्धमा समेत निष्पक्ष रूपमा समाचार लेख्न सक्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारी, नेपाल प्रेस युनियन पर्वतका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाई, ओमप्रसाद घायल, प्रेस युनियनका केन्द्रीय उपमहासचिव दिलिपाश्री अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छबिलाल तिवारी, पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, प्रेस युनियनका केन्द्रीय सदस्य माया अधिकारी, साजन परियार र प्रदिप पन्त , सञ्चारिका समूह पर्वतका अध्यक्ष रन्जना खत्री प्रेस चौतारीका अध्यक्ष दिपेश वि. पौडेल, प्रेस संगठनका गण्डकी प्रदेश सदस्य प्रनिश गिरी, पर्वत उद्योग वाणिज्य संघका उपाध्यक्ष शिवशर्मा पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो।
उत्तम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रेस युनियन पर्वतका सचिव सुमन थापाले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष विष्णु गौतमले राख्नुभएको थियो।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया