
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पोखरा । धादिङको नीलकण्ठ नगरपालिका–९ स्थित पाल्पा धारापानी र साँकोष भन्ने ठाउँबाट गोसाइँकुण्ड तीर्थयात्रामा गएका २९ जना भोटेकोशीमा आएको विनाशकारी बाढीमा परे ।
ग५ख १२५० नम्बरको रिजर्भ बस १० गते बिहान बेत्रावतीबाट बेपत्ता भएको थियो । गाडी बाढी परेपछि केही तीर्थयात्रीले परिवार तथा आफन्तलाई सम्पर्क गरी आफूहरू घरको छतमा बसेर बाँचिरहेको बताएका थिए । तर त्यसपछि उनीहरूसँग परिवारको सम्पर्क हुन सकेको छैन ।
उनीहरू बेपत्ता भएपछि परिवार र आफन्त काठमाडौंदेखि चितवन, तनहुँ हुँदै पोखरासम्म भौंतारिइरहेका छन् ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला नजिकै शवहरूको चित्र पहिचानका लागि राखिएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९३ वटा शव राखिएका छन् ।
‘न उद्धार गरिएको सूचीमा उनीहरूको नाम भेटिन्छ, न कुनै ठाउँमा शव चिन्न सकिन्छ । परिवार र आफन्त जहाँजहाँ शव लगिएको छ, त्यहाँत्यहाँ भौंतारिइरहेका छौं,’ प्रतिष्ठानको शवगृह बाहिर भेटिएका आफन्त गोकर्ण लम्सालले अनलाइनखबरसँग भने, ‘कोही काठमाडौं त कोही चितवन, कोही तनहुँ र कोही पोखरामा खोजीमा हिँडेका छौं ।’
बेपत्ता भएका २९ जनामध्ये एउटै परिवारका ७ जनासम्म छन् । कसैको परिवारका ४ जना त कसैका श्रीमान्–श्रीमती र सन्तानसमेत रहेको बलराम लम्सालले बताए । ‘लास नभेटिँदासम्म आश त रहन्छ नै । तर अब आश मर्दै जान थाल्यो र शव खोज्दै हिँडेका छौं,’ उनले भने, ‘सबैजसो आफन्त छन् र धेरैजसो लम्साल थरका छन् ।’शव नभेटिँदासम्म तस्वीर बोकेर पहिचानका निम्ति अस्पतालहरूमा धाइरहेको अर्का स्थानीय कृष्णकुमार श्रेष्ठले बताए ।
गोरखा आरुघाटका रामशरण कार्की घर आएर रसुवा काममा फर्किएको ३ दिनमात्र भएको थियो । ३८ वर्षीय कार्कीले रसुवा मैलुङ भन्ने ठाउँबाट फोन गरेर बुधबार बिहान काममा जान लागेको परिवारलाई बताएका थिए । तर केहीबेरमै उनीसँग सम्पर्क टुट्यो । उनी कोरियन हाइड्रोपावर कम्पनीको गाडी चलाउँथे ।
रामशरणको बहनी सीता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला बाहिर आफन्तलाई फोन गरेर भन्दै थिइन्, ‘दाइलाई त यहाँ पनि भेटिन्न जस्तो छ, आफैंले शव हेर्न पाए ट्याटु हेरेर चिन्न सक्थें ।’
रामशरणको हातभरि ट्याटु खोपिएको छ । तर पहिचानका लागि राखिएको फोटोमा अनुहार र शरीरको केही भागमात्र देखिन्छ । फोटोले चिन्न गाह्रो भएकाले अरू आफैले शव हेर्न पाए चिनिन्थ्यो कि भन्ने आश उनमा थियो ।
प्रतिष्ठानमा राखिएका ९३ शवमध्ये ७५ वटाको शरीर पखालेर, पहिचान खुल्न सक्ने संकेतहरू उल्लेख गरेर राखिएको थियो । तर बाँकी अब पखाल्नै बाँकी भएकाले ती बाँकी शवमध्ये आफ्नो दाइको पनि पर्न सक्ने उनको भनाइ थियो । सीता श्रीमान्सहित प्रतिष्ठानमा आइपुगेकी थिइन् भने उनका परिवारका अन्य सदस्य चितवन र काठमाडौंका अस्पतालमा भौंतारिइरहेको उनले सुनाइन् ।
‘दाइहरू काठमाडौं जानुभएको छ । दिदीहरू चितवनमा खोज्दै हुनुहुन्छ । हामी पोखरा छौं,’ सीताले सुनाइन् । उनले दाइको पहिचान खुल्ने फोटोहरू देखाइरहेकी थिइन् ।
काठमाडौंका ग्रान्डी अस्पतालमा काम गर्ने डा. आयुश अधिकारी विदेशी पर्यटकहरूको स्वास्थ्य विशेषज्ञका रूपमा गोसाइँकुण्ड गएका थिए । तनहुँका अधिकारी रसुवागढीबाट बेपत्ता भए । उनका भिनाजु मात्रिका ढुंगाना शव पहिचान गर्न सकिन्छ कि भनेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइपुगेका थिए ।
‘विदेशी पाहुनासँगै स्वास्थ्य समस्या परे उपचार गर्न भनेर उनी गोसाइँकुण्ड गएका थिए । तर उनले कसैको स्वास्थ्य जाँचेर बचाउन पाएनन्, आफैं परे,’ ढुंगानाले भने, ‘परिवारले काठमाडौंतिर खोज्दैछ, कसैले चितवनतिर, यतातिर आएको शवमध्ये पो छ कि भनेर म यहाँ आएको ।’
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिर रसुवा बाढीमा बेपत्ताहरूको तस्वीर लिएर आफन्तहरू आइपुगेका थिए । बाढीमा परेकाहरूको शव जहाँजहाँ लगिएको थियो, त्यहाँत्यहाँ आफन्तहरू पहिचानका लागि भौंतारिइरहेका थिए ।
‘बाढीले शव कहाँ पुर्यो थाहा छैन । तर जहाँजहाँ पहिचानका लागि शव राखिएको छ, त्यहाँ त पुग्नैपर्यो,’ धादिङका गोकर्णले भने, ‘भेटिएला, नभेटिएला यसै भन्न सकिएन । तर एकातिर महाबिपत्तिले सबैको मन रोएको छ, अर्कोतिर परिवार र आफन्तले गर्ने संस्कारसमेत प्रभावित हुनेछ ।’ यति ठूलो बिपत्तिमा कसैलाई दोष दिएर नहुने उनको भनाइ थियो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका ९३ शवमध्ये अधिकांश क्षतविक्षत छन् । ७५ जनाको शव राख्न सकिने शवगृहमा कोचाकोच गरेर राखिएका छन् । शवगृहभित्र दुर्गन्ध आइरहेको थियो । शवको फोटो खिचेर प्रयोगशालामा डिस्प्ले गरेर पहिचानका लागि राखिएको छ । तर आफन्तले तस्वीर हेरेर पहिचान गर्न नसकिएको बताइरहेका छन् ।
पोखरामा ल्याइएका १०२ शवमध्ये भक्तपुरका एक जनाको मात्र पहिचान भएको कास्की प्रहरी प्रमुख नवीन कार्कीले बताए । पहिचान भएपछि पोस्टमार्टम गरेर शव बुझाइने उनको भनाइ थियो । प्रहरीले शवको फिंगर प्रिन्टसमेत राख्छ । जहाँबाट शव ल्याइएको हो, त्यहीँबाट मुचुल्का गरेर आउने र यहाँ पहिचान भएपछि परिवार र आफन्तलाई बुझाइने कार्कीले बताए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नवलपरासी पूर्वका ४१, गोरखाका ११, तनहुँका १४ र धादिङका २७ जना गरी ९३ जनाको शव राखिएका छन् । मणिपाल शिक्षण अस्पतालमा तनहुँमा फेला परेर ल्याइएका ९ वटा शव राखिएका छन् ।
पोखरा विज्ञान प्रतिष्ठान र मणिपालमा ल्याइएको शवका डिस्प्लेमा राखिएका तस्वीर पहिचानका लागि आफन्तहरू पुगिरहेका छन् । बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ ।
अहिलेसम्म भेटिएका शवको संख्या ५०० नजिक पुगिसकेको छ । शवहरू रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी बर्दघाट सुस्तापूर्व, पश्चिम नवलपरासीमा फेला परेका छन् । शव भेटिएका जिल्लासँगै काठमाडौं, पोखरा, पाल्पा, रुपन्देही, कपिलवस्तु जिल्लामा राखिएको छ ।
लेखक


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया