
१वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
२विद्यालयलाई शैक्षिक सामग्री सहयोग
३जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
४कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
५सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
६स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
७ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
८पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
९विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
१०महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
११जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
१२जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
३UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
४पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
५सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
६महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
७फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
८महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
९बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
१०मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
काठमाडाैं, । लिपुलेक, कालापानी र लिम्पियाधुरामा नेपालले अहिले अचानक दाबी गरेको भारतीय पक्षको भनाइ छ, तर सो भूमिमा नेपालले २०३ वर्षअघि नै आफ्नो अधिकार स्थापित गरेको दस्ताबेज सुरक्षित छन् । प्रमाणमा कमजोर भारतसँग वाक्युद्धमा प्रतिस्पर्धामा रमाएर होइन, नेपाली भूमि फिर्ता ल्याउन गम्भीर कूटनीतिक पहल आवश्यक देखिएको छ ।
नेपाल र ब्रिटिस इस्ट इन्डिया कम्पनी सरकारबीच २०४ वर्षअघि ४ मार्च १८१६ मा सुगौली सन्धि भएको थियो । सन्धिको धारा ५ ले पश्चिममा काली नदीलाई सीमा नदी भनेको छ । त्यसैले कालीपूर्व नेपाल र पश्चिममा भारत हो । तर, कालीयताको भूभाग ब्रिटिस भारतले नछाडेको भन्दै त्यसवेला चौतरिया बम शाहले आपत्ति प्रकट गरेका थिए । चौतारिया शाहको आपत्तिबारे के प्रतिक्रिया दिने हो भनेर काठमाडौंमा रहेका ब्रिटिस रेजिडेन्ट (राजदूत) एडबार्ड गार्डनरले आफ्नो सरकारसँग सोधेका थिए ।

राजदूतलाई जवाफ दिन इस्ट इन्डिया कम्पनी सरकारका कार्यबाहक चिफ सेक्रेटरी जे आडमले ४ फेब्रुअरी १८१७ मा पत्र लेखेका थिए । पत्रमा कालीपूर्वको भूमि नेपालको हो भनेर स्वीकार गरिएको पत्रमा भनिएको छ, ‘तपाईंले पठाएको पत्र प्राप्त भएको छ । कालीपूर्वको भूमिमा अहिले पनि ब्रिटिस सरकारको नियन्त्रण रहेकोमा चौतारिया बम शाहले आपत्ति जनाएको भनी तपाईंले लेख्नुभएको पत्रको जवाफ दिने निर्देशन आएअनुसार यो पत्र लेख्दै छु ।’
आडमले पत्रको तेस्रो बुँदामा लेखेका छन्, ‘सुगौली सन्धिअनुसार कालीपूर्वको भूमि नेपाल सरकारको हुनुपर्छ भनेर चौतारिया शाहले प्रस्तुत गर्नुभएको दाबीप्रति ब्रिटिस भारत सरकारका गभर्नर जनरललाई स्वागत गर्नुभएको छ । सो क्षेत्र ब्रिटिस भारतले जितेको क्षेत्रका रूपमा मानिएको छैन । त्यसैले यो क्षेत्र नेपाल सरकारका अधिकारीहरूलाई सरेन्डर गर्नू भनेर कुमाउका कायममुकायम कमिस्नरलाई निर्देशित गरिनेछ । आदेशअनुसार यही व्यहोरा तपाईंलाई जानकारी गराउँछु ।’
त्यति मात्र होइन, नेपालस्थित राजदूतलाई पत्र पठाएको दुई सातापछि इस्ट इन्डिया कम्पनीका तत्कालीन कार्यबाहक मुख्यसचिव आडमले २२ मार्च १८१७ मा कुमाउका कार्यबाहक कमिस्नर जिडब्लू ट्रेल एस्करलाई पत्र पनि पठाएका थिए । जसमा उनले स्पष्ट भनेका छन्, ‘सुगौली सन्धिका व्यवस्था र भावनाअनुसार कालीपूर्वको भूभाग नेपालको हो भन्नेमा कुनै शंका छैन । त्यसैले सो क्षेत्रमा नेपाल सरकारको दाबीलाई स्विकार्ने गभर्नर जनरलको निर्णय भएकाले सोहीबमोजिम हस्तान्तरण गर्न तपाईंलाई निर्देशित गरिन्छ ।’ यसरी सुगौली सन्धिमा हस्ताक्षर गर्दा मात्र होइन, त्यसको कार्यान्वयन गर्ने सन्दर्भमा पनि कालीपूर्वको भूभाग नेपालको हो भन्नेमा तत्कालीन ब्रिटिस भारत सहमत थियो भन्ने स्पष्ट हुन्छ ।
कालीपूर्वको नेपाली भूमिमा नेपालको ऐतिहासिक अधिकार पुष्टि गर्ने यी दुवै पत्र ब्रिटिस म्युजियम लाइब्रेरीमा सुरक्षित छन् । यी पत्र पनि सीमाविद् बुद्धिनारायण श्रेष्ठले ल्याएर नेपालको दाबीलाई बलियो बनाएका छन् । सन् १९९८ जुलाई १९ देखि अगस्ट २१ सम्म लन्डन रहँदा ब्रिटिस लाइब्रेरीबाट संकलन गरेर दस्ताबेज ल्याएका श्रेष्ठ भन्छन्, ‘चिठीमा कालीपूर्वको प्रगन्ना ब्यासी नेपाल सरकारलाई बुझाउनुपर्ने र ती ठाउँको वार्षिक तिरो पनि नेपाल सरकारका अधिकारीलाई बुझाउनुपर्ने उल्लेख छ ।’
यसरी कुटी र नाभीसहितका गाउँ नेपाल अधीनस्थ भए । सन्धिपछि त्यहाँका जनताले नेपाल सरकारलाई तिरो तिरेको रसिद पनि सीमा बचाउ अभियन्ता ऋषिराज लुम्सालीले संकलन गरेका छन् । पर्शुराम काफ्लेले नयाँ पत्रिका दैनिकमा समाचार लेखेका छन् ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
३UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
४पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
५सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

प्रतिक्रिया