
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९फेरि किन भयो ग्यास अभाव ?
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
१२प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पर्वत। पर्वतको महाशिला गाउँपालिका-६, फलामखानीका ३ वटा बिद्यालका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । पर्वत जेसीज-२०२६ का अध्यक्ष शर्मिला शर्माको जन्मदिनको अवसरमा उहाँको व्यक्तिगत खर्चमा ४२ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
मंगलबार फलामखानी घन्तरी स्थित सरस्वती आधारभूत बिद्यालयमा भएको कार्यक्रममा उक्त बिद्यालयका ३२ जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री र बिद्यालयको सरसफाइ व्यवस्थापनको लागि ३ वटा डस्बिन वितरण गरिएको कार्यक्रम संयोजक लक्ष्मण बिसिले जानकारी दिनुभयो । साथै मदन आश्रति माबि र फलामखानी आधारभूत बिद्यालयका ५/५ जना बिद्यार्थीहरुलाई गरि ४२ जना बिद्यार्थीहरुलाई झोला, कपी र डटपेन वितरण गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै महाशिला गाउँपालिकाका उपाध्यक्ष धनसुवा बिकले पर्वत जेसीजले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री गरिएको कार्यको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो । सामाजिक कार्यमा क्रियाशिल पर्वत जेसीजसँग पालिकाले सहकार्य गर्दै अन्य कार्यहरू संचालन गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पर्वत जेसीजले युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्यहरु संचालन गर्दै आएको पर्वत जेसीजका अध्यक्ष शर्मिला शर्माले बताउनुभयो । आफ्नो जन्मदिनको अवसरमा फलामखानीका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्न पाउँदा उहाँले खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा महाशिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे, वडा अध्यक्ष गोबिन्द बहादुर बिक, सरस्वती आधारभूत बिद्यालयका प्रधानाध्यापक दुर्गा केसी, पत्रकार दिपेश बि. पोख्रेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे । शैक्षिक सामग्री पाएपछि विद्यार्थी तथा अभिभावकहरु खुशी हुँदै पर्वत जेसीजलाई धन्यवाद व्यक्त गरेका छन् ।
पर्वत जेसीज-२६ का अध्यक्ष शर्मिला शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्वत जेसीजका शाखा सह-सम्पादक तथा कार्यक्रम संयोजक लक्ष्मण बिसिको स्वागत मन्तव्य र कार्यक्रमको संचालन महासचिव रामचन्द्र सुवेदीले गर्नुभएको थियोे ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया