
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
८बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
९कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पर्वत । आर्थिक वर्ष २०८१/०८२ मा पर्वतको फलेवास नगरपालिकाबाट ५२५ जना बसाइँसराइ गरी बाहिरिएका छन्। नगरपालिकाका अनुसार यो अवधिमा जम्मा १५३ घरपरिवारले बसाइँसराइको प्रमाणपत्र लिएर नगर बाहिर गएका हुन्। यसै अवधिमा नगरपालिकामा बसाइँ सरी आउनेको संख्या भने ३३ जना मात्र रहेको छ।
११ वडा रहेको फलेवास नगरपालिकामध्ये चालु आर्थिक वर्षमा अधिकांश वडाबाट धेरै परिवार बसाइँसराइ गरी बाहिरिएका छन् भने सबैभन्दा कम बसाइँसराइ वडा नम्बर ५ बाट भएको छ। आसन्न निर्वाचन वर्ष भएकाले मताधिकार हाल बसेकै स्थानबाट प्रयोग गर्न सहज हुने, साथै शिक्षा, स्वास्थ्य, यातायात र रोजगारीका अवसरको खोजीमा नगर बाहिरिने क्रम बढेको स्थानीयवासी बताउँछन्।
नगरपालिकाले उपलब्ध गराएको विवरणअनुसार वडा नम्बर १ कार्कीनेटा बाट २ जना बसाइँ सरी आएका छन् भने ३५ जना बाहिरिएका छन्। थापाथानाबाट ८ जना आएका र ३५ जना बाहिरिएका छन्। शंकर पोखरीमा ३ जना भित्रिएका भए पनि ८४ जना बाहिरिएका छन्। मुडीकुवाबाट २९ जना, खानीगाउँबाट २१ जना बसाइँसराइ गरी गएका छन्।
यस्तै देवीस्थानबाट १७ जना आएका र ५९ जना गएका छन्। लिमिठानाबाट १८ जना आएका र ४१ जना बाहिरिएका छन्। ठानामौलाबाट ३३ जना बाहिरिएका छन् भने भंगारबाट १ जना आएको र ५९ जना गएका छन्। कुर्घाबाट ४ जना आएका र ५० जना बाहिरिएका छन्। वडा नम्बर ११ पाङराङमा ७ जना आएका र ७९ जना बसाइँसराइ गरी बाहिरिएका छन्।
नगरका पञ्जीकाअधिकारी ऋषिराम शर्माका अनुसार चालु वर्षमा मात्र १५३ घरपरिवारले नगरपालिकाबाट बसाइँसराइको प्रमाणपत्र लिएका छन्। नगरपालिकाको कुल जनसंख्या २४ हजार ६ सय ७८ रहेकोमा सयभन्दा बढी परिवारका पाँच सयभन्दा बढी व्यक्ति बाहिरिनुले जनसंख्या घट्दै गएको देखिन्छ।
नगरपालिकाले बसाइँसराइ बढ्नुको मुख्य कारण नगरभित्र पर्याप्त रोजगारीका अवसर नहुनु रहेको जनाएको छ। पहाडी भेगको सदरमुकाम पछिको दोस्रो नगरपालिका मानिने फलेवासमा दोस्रो कार्यकालको तेस्रो वर्षमा बसाइँसराइको दर उच्च देखिएको नगरपालिकाको भनाइ छ।
‘गाउँ–गाउँमा सिंहदरबार’ को अवधारणा अनुसार विकास गतिविधि अघि बढाइए पनि ती विकासले सबै सर्वसाधारणलाई समेट्न नसकेको स्थानीयको गुनासो छ। जनताको आवश्यकता भन्दा पनि जनप्रतिनिधिको महत्वाकांक्षालाई प्राथमिकता दिइँदा शिक्षा, स्वास्थ्य र आयआर्जनका अवसरको खोजीमा नागरिकहरू बसाइँसराइ गर्न बाध्य भएको उनीहरूको भनाइ छ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो

प्रतिक्रिया