
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९फेरि किन भयो ग्यास अभाव ?
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
१२प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पर्वत । आर्थिक वर्ष २०८१/०८२ मा पर्वतको फलेवास नगरपालिकाबाट ५२५ जना बसाइँसराइ गरी बाहिरिएका छन्। नगरपालिकाका अनुसार यो अवधिमा जम्मा १५३ घरपरिवारले बसाइँसराइको प्रमाणपत्र लिएर नगर बाहिर गएका हुन्। यसै अवधिमा नगरपालिकामा बसाइँ सरी आउनेको संख्या भने ३३ जना मात्र रहेको छ।
११ वडा रहेको फलेवास नगरपालिकामध्ये चालु आर्थिक वर्षमा अधिकांश वडाबाट धेरै परिवार बसाइँसराइ गरी बाहिरिएका छन् भने सबैभन्दा कम बसाइँसराइ वडा नम्बर ५ बाट भएको छ। आसन्न निर्वाचन वर्ष भएकाले मताधिकार हाल बसेकै स्थानबाट प्रयोग गर्न सहज हुने, साथै शिक्षा, स्वास्थ्य, यातायात र रोजगारीका अवसरको खोजीमा नगर बाहिरिने क्रम बढेको स्थानीयवासी बताउँछन्।
नगरपालिकाले उपलब्ध गराएको विवरणअनुसार वडा नम्बर १ कार्कीनेटा बाट २ जना बसाइँ सरी आएका छन् भने ३५ जना बाहिरिएका छन्। थापाथानाबाट ८ जना आएका र ३५ जना बाहिरिएका छन्। शंकर पोखरीमा ३ जना भित्रिएका भए पनि ८४ जना बाहिरिएका छन्। मुडीकुवाबाट २९ जना, खानीगाउँबाट २१ जना बसाइँसराइ गरी गएका छन्।
यस्तै देवीस्थानबाट १७ जना आएका र ५९ जना गएका छन्। लिमिठानाबाट १८ जना आएका र ४१ जना बाहिरिएका छन्। ठानामौलाबाट ३३ जना बाहिरिएका छन् भने भंगारबाट १ जना आएको र ५९ जना गएका छन्। कुर्घाबाट ४ जना आएका र ५० जना बाहिरिएका छन्। वडा नम्बर ११ पाङराङमा ७ जना आएका र ७९ जना बसाइँसराइ गरी बाहिरिएका छन्।
नगरका पञ्जीकाअधिकारी ऋषिराम शर्माका अनुसार चालु वर्षमा मात्र १५३ घरपरिवारले नगरपालिकाबाट बसाइँसराइको प्रमाणपत्र लिएका छन्। नगरपालिकाको कुल जनसंख्या २४ हजार ६ सय ७८ रहेकोमा सयभन्दा बढी परिवारका पाँच सयभन्दा बढी व्यक्ति बाहिरिनुले जनसंख्या घट्दै गएको देखिन्छ।
नगरपालिकाले बसाइँसराइ बढ्नुको मुख्य कारण नगरभित्र पर्याप्त रोजगारीका अवसर नहुनु रहेको जनाएको छ। पहाडी भेगको सदरमुकाम पछिको दोस्रो नगरपालिका मानिने फलेवासमा दोस्रो कार्यकालको तेस्रो वर्षमा बसाइँसराइको दर उच्च देखिएको नगरपालिकाको भनाइ छ।
‘गाउँ–गाउँमा सिंहदरबार’ को अवधारणा अनुसार विकास गतिविधि अघि बढाइए पनि ती विकासले सबै सर्वसाधारणलाई समेट्न नसकेको स्थानीयको गुनासो छ। जनताको आवश्यकता भन्दा पनि जनप्रतिनिधिको महत्वाकांक्षालाई प्राथमिकता दिइँदा शिक्षा, स्वास्थ्य र आयआर्जनका अवसरको खोजीमा नागरिकहरू बसाइँसराइ गर्न बाध्य भएको उनीहरूको भनाइ छ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया