SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/११ गते
    १६३ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरामा ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१,१२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ को शुभारम्भ भएको छ । पोखरा उद्योग वाणिज्य संघ आयोजक रहेको मेलाको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । मुख्यमन्त्री पाण्डेले हातमा रहेको स्वीच दबाएपछि मञ्चको अगाडि रहेको बत्ति स्वतः बलेको थियो । बाल्नको लागि लाइटर वा सलाई प्रयोग गर्नै नपर्ने,नजिक जानै नपर्ने त्यो अत्याधुनिक बत्तिको निर्माण इञ्जिनियर कापलिक खनालले गरेका हुन् ।

    समुद्घाटन मन्तव्य व्यक्त गर्दै गण्डकीका मुख्यमन्त्री पाण्डेले पोखरा उद्योग वाणिज्य संघले सातवटै प्रदेशको उत्पादन, कला–संस्कृति एवं खानाको प्रदर्शनको सुरुवात गरेकोमा खुसी व्यक्त गरे । उनले मधेशका मुख्यमन्त्रीलाई यही मेलामा स्वागत गर्न तयार रहेको पनि बताए । उनले गण्डकी प्रदेशमा दुईवटा क्षेत्रमा औद्योगिक क्षेत्र खोल्ने भनिए पनि जग्गा प्राप्ति समयमै नहुँदा काम रोकिएको र अब चाहिँ काम अगाडि बढेको जानकारी गराए । निजी क्षेत्रसँगको सहकार्य बिना समृद्धि प्राप्त नहुनेमा आफू प्रष्ट रहेको बताउँदै उनले वातावरण निर्माणमा लाग्ने प्रतिवद्धता पनि जनाए । संघीय सरकारले अध्यादेशमार्फत् निजी क्षेत्रलाई सहज हुने गरी वातावरण निर्माण गरेको र त्यसले सिथिल अर्थतन्त्र उकासिने पनि उनको धारणा थियो । उनले मेलाको नाममा स्थानीय जनताको पैसा बाहिर जानु स्थानीयको लागि न्यायोचित नभएको पनि बताए ।

    https://youtu.be/GIWL8V2f_io?si=fIxmcg981ccHcwhp

    ‘कति मान्छे आए,कति आम्दानी भयो भन्नेतिर नलाग्नुहोस् । त्यता लाग्ने हैन । कि मनोरञ्जन मेला भन्नुप¥यो । व्यापार मेला भनेपछि स्थानीय उत्पादनको प्रदर्शन हुनुपर्छ । यहाँ मधेश प्रदेशबाट सांस्कृतिक कार्यक्रम आएको रहेछ । हामीले दुईवटा नाच हे¥यौँ । हाम्रो लागि नयाँ अनुभव भयो । यो हेरेपछि हामीले पनि अन्य प्रदेशमा एउटा स्टल राख्ने, हाम्रा उत्पादन देखाउने, यहाँको संस्कृति देखाउने र पर्यटन प्रवद्र्धन गर्ने काम गरिनुपर्छ । हामी यसमा सहकार्य गर्न चाहन्छौँ,’उनले भने,‘ हाम्रो परम्परागत शैली के छ भने, राष्ट्रिय कलाकार भनेर बाहिरबाट मान्छे बोलायो । पोखरेली जनताको पैसा आएको जति बुझाएर पठाइदियो । पिङ भन्यो, डुंगा दौड भन्यो यताको पैसा उता पठाइदियो । यस्तो हुनुहुँदैन ।’

    https://youtu.be/T1jxeQEuAcg?si=-ZJ-OadmX7kO7J3f

    प्रतिकृया दिनुहोस्

    Loading...

    गुप्तेश्वर गुफालाई धार्मिक हब बनाउने पहलमा प्रेसको भूमिका चर्चा

    पर्वत,। नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा गुप्तेश्वर गुफामा आयोजना गरिएको ूपर्यटन प्रवर्द्धन...

    अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको क्वाटरफाइनलका सम्पूर्ण खेल सम्पन्न ।

    हेमजा । कास्की पोखरा महानगरपालिका वडा न.२५ हेमजामा स्थिापित हेमजा यूनाइटेडको आयोजनामा“युवा एकता र विकासका...

    पशुपति माविका सुवास पौडेल,कोटीहोममा आयोजित राष्ट्रव्यापी वक्तृत्वकलामा द्वितीय

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला...

    प्रेस युनियन पर्वत शाखाद्वारा ३४औं स्थापना दिवसको अवसरमा दीप प्रज्वलन

    पर्वत । नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन पर्वत शाखाले विविध...

    मातृशिशु मितेरी अस्पताल सहित ९ वटा अस्पतालको स्तरोन्नति

    शिशिर,पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश मातहतका ९ वटा अस्पतालहरूको स्तरोन्नति गरेको छ। मन्त्री परिषदको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं