
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
गण्डकी प्रदेश सरकारले संविधानविपरीत राइड सेयरिङ नियमावली ल्याएको भन्दै यातायात व्यवसायीले ७ बुँदे मागसहित सोमबार देशैभरीका सार्वजनिक यातायात चलाएका छैनन् ।
सार्वजनीक यातायत नचल्दा यात्रुहरुले सास्ती भोग्नु परेको छ । काठमाडौं उपत्यकामा पनि लामो तथा छोटो दुरीका सर्वजनिक सवारी साधन चलेका छैनन् । काठमाडौं उपत्यकाका सडकमा साझा यातायत, निजी मोटरसाइकल, कार र केही ट्याक्सीहरु मात्र चलेको देखिन्छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीका अनुसार सार्वजनिक बस, माइक्रो बस र टेम्पो चलेका छैनन् । घोषित कार्यक्रम अनुसार नै व्यवसायीले कालो नम्बर प्लेटका सवारी साधन नचाएपछि सधैं व्यस्त हुने काठमाडौंका सडक बिहानैदेखि सुनसान देखिन्छन् ।
‘अप्रिय घटनाहरु नहोस् भनेर हामीले ७ सय बढी ट्राफिक प्रहरी काठमाडौंको सडकमा खटिएका छन् । बन्दकर्ताहरु सडकमा देखिएका भने छैनन्,’ गिरीले भने,‘कुनै पनि भाडाका सार्वजनीक सवारी साधनहरु सडकमा देखिएको छैनन् ।’
यद्यपि काठमाडौंका बस स्टपहरुमा यात्रीहरु गाडीको प्रतीक्षा गरिरहेको देखिन्छ । कोही पठाओ, इन्ड्राइभ लगायतका राइड सेयरिङमा र कोही हिँडेरै गन्तव्यमा गइरहेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला सरकारका कारण देशैभरी भाडाका गाडी बन्द गरेर आन्दोलनमा उत्रिनु परेको बताए । यदि आफूहरुका माग पूरा नभए सरकारलाई चाबी बुझाउने अवस्था पनि आउन सक्ने उनले कान्तिपुरलाई भने । ‘हामीले पेशागत हितको माग राखेर यसअघि सरोकार राख्ने सबै मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, पत्रकार सम्मेलन गर्ने, प्रदेशका मुख्यमन्त्रीहरुलाई मागपत्र बुझाउने, चक्का जाम गर्नेलगायतका कार्यक्रम गरेका थियौं सरकारले सुनेन,’ उनले भने ,‘बाध्य भएर गाडी नै नचाउने अवस्थामा पुग्यौं ।’
यातायत व्यवसायीका अनुसार सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत संघीय ऐनसँग बाझिने गरी प्रदेश सरकारले ऐन ल्याएपछि सार्वजनिक यातायात जोगाउन आन्दोलन गर्नु परेको हो । गण्डकी प्रदेश सरकारले जेठ १ गते राजपत्रमा प्रकाशित गरी निजी सवारीसाधन (रातो प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को (ज) तत्काल खारेज हुनुपर्नेसहितका विभिन्न ७ वटा बुँदमा व्यवसायीहरुको माग छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया