SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/२४ गते
    २२८ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र,कपिलवस्तु। कपिलवस्तु प्राविधिक प्रतिष्ठानले आज एक कार्यक्रमका बीच २०८१/०८२ का नया बिद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण (Orientation) कार्यक्रम सम्पन्न गरेको छ । स्वागत तथा अभिमुखी करण कार्यक्रममा निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष अरुण कुमार पाण्डेयले रोजगार वा विना सीप हाम्रो जीवन चल्न नसक्ने बताउँदै त्यसका लागि सीपमूलक शिक्षा नै चाहिने बताए । पाण्डेयले सीपमूलक शिक्षा प्राप्त गर्नका लागि प्रविधिमा आधारित शिक्षा हुनु पर्ने बताउदै प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्न सक्ने बताए ।

    https://youtu.be/qYmb5HdkPhM?si=C5Q_FBXDUpqz1P4Y

    कार्यक्रममा शुभकामना मनतब्य प्रशासकीय अधिकृत पुनीत कुमार मिश्र, कोअर्डिनेटर हरि बहादुर थारु र अभिभावकको तर्फबाट मोहम्मद हुसेन, स्वागत प्रशिक्षक यदुराम पौडेलले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रस्तुतीकरण प्रीन्सिपल अर्जुन पौडेलको रहेको थियो ।

    https://youtu.be/GIWL8V2f_io?si=Hj05HvDju5WxYNvb

    प्रतिषठानका कार्यकारी निर्देशक समेत रहेका अरुण कुमार पाण्डेको सभापतित्मा सम्पन्न कार्यक्रमको सच्चालन लेखा प्रमुख नन्दराम पौडेलले गरेका थिए । कार्यक्रममा ९० भन्दा बढी विद्यार्थी तथा अभिभावकको सहभागिता थियो।

    वि.सं. २०५४ सालमा स्थापित यस प्रतिष्ठानले स्वास्थ्य शिक्षाका क्षेत्रमा लुम्बिनी प्रदेशमै उच्च पहिचान बनाउँदै प्रमुख शैक्षिक संस्थाको रूपमा स्थापित हुन सफल भएको छ । प्रतिष्ठानले एच.ए., ल्याव टेक्नोलोजी, फिजियोथेरापी, अमिन विषयको अध्यापन गराउँदै आएको छ । निकट भवष्यमै प्रतिष्ठानमा फार्मेसी विषयको अध्यापनको तयारीमा रहेको प्रतिष्ठान प्रसाशन स्रोतले जानकारी दिएको छ

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं