
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
बुटवल ,रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकी नगर भेटनरी लाइनमा बस्ने अमृता खत्रीको शव पोष्टमार्टम गर्न पीडित पक्ष सहमत भएका छन् । चैत ३० मा राती माइतबाट घर फर्केको केहीबेरमा उनको मृत्यु भएको थियो । माइती पक्षले उनको ह त्या भएको दावी गरेका छन् ।
शुक्रबार इलाका प्रहरी कार्यालय अगाडि पीडित पक्षले गरेको प्रदर्शनमा प्रहरीले ला’ठीचा’र्ज गरेको थियो । शनिवार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी र एसपी रविन्द्र रेग्मीसँगको छलफलपछि पीडित पक्ष पोष्टमार्टम गर्न सहमत भएका हुन् ।
अमृताको माइतीघर गुल्मीको रुरुक्षेत्र गाउँपालका–५ बम्घा खैरेनीमा छ । उनले गुल्मीकै चालपालामा घर भएका प्रेम टण्डनसँग विवाह गरेकी थिइन् । प्रेम इन्जिनियर हुन् । अहिले उनीहरु तिलोत्तमामा घर बनाएर बस्न थालेका थिए । अमृताको घरबाट करिब ५ सय मिटरको दुरीमा माइती बस्छन् ।
अमृता खत्री टण्डन म’र्नुअघि दोहोरो चेपुवामा परेकी थिइन् । म’र्नुअघि उनले आफ्ना दाजुलाई पठाएको म्यासेजमा अमृता घर र माइतीको दोहोरो चेपुवामा परेको दखिएको छ ।
चैत ३० गते राति साढे ९ बजे अमृताले आफ्ना दाजु पुष्पक खत्रीको मोबाइलमा म्यासेज लेख्दै भनेकी थिइन्, ‘दाइ म म’र्न चाहन्नँ, म यहाँ बस्न नि सक्दिनँ, म हजुरको बोझ नि हुन चाहन्नँ, प्लिज दाइ मलाई यहाँबाट निकाल्न सहयोग गर्नु ।’
बहिनीको म्यासेज मोबाइलमा हेरेपछि दाजु पुष्पकले केही हुन लागेको हो कि भन्ने अड्कल काटे । तर, उनले बहिनीलाई माइत बोलाएनन् । किनकि बहिनी अमृता माइतबाट सोही दिन घटना घट्नुभन्दा आधा घण्टा पहिले नै घर पुगेकी थिइन् । उनको घर र माइतीबीचको दूरी करिब चार सय मिटर टाढा छ ।
तिलोत्तमा नगरपालिका- २ जानकीनगरस्थित वरपिपल पथमा रहेको माइतीबाट अमृता करिब साढे आठ बजेतिर भेटेनरी लाइनस्थित आफ्नो घर गएकी थिइन् । अमृता माइतमा रहेको बेला श्रीमानले फोन गरे । पहिलो र दोस्रो फोन उनले उठाइनन् ।
तेस्रो पटक फोन आएपछि उनले फोन उठाउँदै मलाई टाउको दुःखेको छ, माइतै बस्छु भनेकी थिइन् । अमृताका दाजु पुष्पक भन्छन्, ‘तर श्रीमानले अलि बढी नै प्रेसर गरेपछि बहिनी घर गएकी हो ।’
अमृताले आफ्नो घर पुगेपछि दाजु पुष्पकको मोबाइलमा राति ९ बजेर १४ मिनेटमा म्यासेज पठाएकी थिइन् । ‘माइतीले भन्छन् तेरो घर जा, घरकाले भन्छन् तेरो माइती जा । चेलीको जिन्दगी पनि कस्तो घर न घाटको, अब त्यो चेली कहाँ जाने ? माइतीलाई इज्जत प्यारो भयो, बिहे गरेर गएकी चेलीलाई घरकाले टिक्न न दिने चेलीको फेर्ने सास गयो,’ अमृताले लेखेकी थिइन् ।
बहिनीले पठाएको म्यासेज हेरेपछि दाजु पुष्पकले बहिनीलाई सम्झाए । उनले म्यासेज पठाउँदै भने–“तँजस्तो मान्छे म’र्ने कुरा गर्ने हाे ? भोलि भान्जासँग आइजा कुरा गरौंला ।’
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार वि’ ‘ष से’व’न गरेकी अमृतालाई उनका श्रीमान्ले नै उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्याएका थिए । तर अस्पतालले ९ बजेर ५५ मिनटमा उनलाई मृत घोषणा गरेको थियो । बाटोमा आउँदै गर्दा मृत्यु भएको अस्पतालको सूचनामा उल्लेख छ । यद्यपि माइतीले ह’ ‘त्याको दाबी गरेपछि प्रारम्भिक अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक केसीले बताए ।
मृतकका दाजु पुष्पक खत्रीका अनुसार अमृताले बुधबार राति ९ बजेर ३२ मिनटमा अनिताले दाजु पुष्पकलाई बचाउन र घरबाट निकाल्न अपिल गर्दै म्यासेज लेखेकी थिइन् । म्यासेज आएपछि माइती पक्ष सोधखोजमा लाग्दै थिए । तर, उनको मोबाइल अफ थियो ।
करिब १० बजेर १५ मिनेटपछि प्रेमले बहिनी बिरामी भएको भन्दै अस्पतालमा बोलाएका थिए । यही आधारमा माइतीपक्षले अमृताले वि’ ‘ष से’व’न गरेको नभई उनका पतिले वि’ ‘ष खु’वा’एको दाबी गरेको छ । अमृताको डायरीमा रहेको अन्तिम पाना च्या’तिएकाले पनि घटना रहस्यमयी भएको दाजु पुष्पकले बताए ।
तर उक्त म्यासेजको जवाफ अमृताले पठाइनन् । त्यसपछि राति पौने १० बजेतिर अमृताका श्रीमान प्रेम टण्डनले पुष्पकलाई फोन गर्दै भने, ‘अमृताले वि’ ‘ष से’व’न गरेकाले अस्पताल ल्याएका छौं ।’ अमृताले पछिल्लो म्यासेज आफ्ना दाजु पुष्पकलाई राति ९ बजेर ३२ मिनेटमा पठाएको देखिएको छ । अस्पतालले ९ बजेर ५० मिनेटमा उनलाई मृत घोषणा गरेको थियो ।
नौ वर्षअघि प्रेम टण्डनसँग अमृताको प्रेम विवाह भएको थियो । त्यतिबेला अमृता प्लस टु पढ्दै थिइन् । केटा पक्षकै प्रस्तावमा अमृतालाई विवाह गरिदिएको दाजु पुष्पकले बताए । प्रेमको परिवारबाट सुरूमा माग्न आए पनि अमृताको मावली टण्डन भएकोले सुरूमा उक्त सम्बन्धलाई माइती पक्षले स्वीकारेका थिएनन् । दाजु पुष्पकका अनुसार पछि प्रेमको परिवारले भगाएर विवाह गरे र अमृतालाई भारतमा लगेर गए ।
विवाहको एक वर्षसम्म माइती पक्षले ढोगभेटसमेत दिएनन् । तर, पछि अमृताको छोरा जन्मेपछि माइती पक्षले बोलाए र ढोगभेट दिए । केही समय राम्रै चलेको सम्बन्धमा तीन चार वर्षयता भने कलह निम्तिन थालेको थियो ।
अमृताका श्रीमान प्रेम भारतमा जागिर गर्थे । उनी घरका एक्ला छोरा थिए । तर भारतबाट फर्केपछि भने उनी बेरोजगार भएका थिए । श्रीमानले बेरोजगार भएपछि अमृता पनि सासु ससुरामाथि नै निर्भर थिइन् । भागेर विवाह गरेकाले सामान्य समस्या माइतीमा लगेर सुनाउन पनि सकेकी थिइनन् ।
बहिनी र ज्वाइँको सम्बन्ध राम्रो नभएको थाहा पाएका पुष्पकले बेलाबेला बहिनीको आर्थिक समस्यामा सहयोग गर्थे । तर उनले बहिनीलाई घरप्रतिको जिम्मेवारीबाट नभाग्न भनेर सम्झाइरहन्थे । चैत ३० गते साँझ पनि उनले बहिनीलाई परिवारले जति नै दोष लगाउने गरे पनि आफू जिम्मेवारीबाट नचुक्न भन्दै सम्झाएका थिए ।
गत भदौमा परिवारले सामान्य विषयमा पनि कमजोरी देखाएर खोट लगाउने, खाना खाँदा विभेद गर्ने, मा’नसि’क रूपमा सधैँ ट’र्चर दिइरहँदा घरमा बस्न नसक्ने भन्दै वडा नं. २ को कार्यालयमा अमृताले निवेदन दिइन् । वडामा निवेदन दिएर माइत गएपछि ख’टप’ट झनै बढ्यो । भदौ १७ गते वडाध्यक्ष दधिराम गौतमको रोहबरमा वडा सदस्यहरू, वडा सचिव, घर र माइती पक्षको बीचमा छलफल गरी अबका दिनमा घरपरिवारले सामान्य विषयमा खोट नदेखाउने र घरमा बस्ने वातावरण मिलाउने तथा अमृता पनि घरमै गएर बस्ने गरी दुबै पक्षले लिखित सहमति गरेका थिए ।
त्यसपछि अमृता घरमै गएर बसे पनि श्रीमान र सासुसँगको सम्बन्ध सुमधुर बन्न सकेको थिएन । उक्त सहमतिपछि अमृताले परिवारले मा’न’सि’क रूपमा पी’डा दिने गरे पनि माइतीलाई भनेकी थिइनन् ।
गत असोजमा पुष्पकको विवाह भयो । अमृता छोरालाई लिएर दाजुको विवाहमा माइती गइन् । जेठानको विवाह हुँदा प्रेम भने ससुराली गएनन् । पुष्पकले बहिनी र ज्वाइँको सम्बन्ध नसुधारिएको त्यतिबेला पनि पत्तो पाइसकेका थिए । घरभित्रको कुरा वडा कार्यालयमा समेत पुगेको कारण परिवारको बीचमा अझै पनि मतभेद रहेको हुन सक्ने भन्दै उनले त्यो विषयमा कुरा गर्न चाहेनन् ।
दुई दाजुकी एकमात्र बहिनी अमृता माइतीमा पनि सबैभन्दा नजिक पुष्पकसँग नै थिइन् । घरपरिवारसँगको सम्बन्ध जति सुधार्न खोजे पनि राम्रो बन्न नसकेपछि उनले दाजुलाई पनि भन्न छोडेकी थिइन् । बरू दिनभरि घरमा बसेर झनै मा’नसि’क त’ना’व झेल्नुभन्दा जागिर गर्ने भन्दै केही महिनादेखि तिलोत्तमा नयाँमिलस्थित फर्निचर उद्योगको लेखा शाखामा काम गर्न थालेकी थिइन् । प्रेम भने दिनभरि आमासँगै घरमै बस्थे ।
पुष्पकका अनुसार अमृता दिनभरि काममा गए पनि साँझ–बिहान घरपरिवारसँग झ’ग’डा भइरहन्थ्यो । परिवारले अमृतालाई महिनाभरि काम गरेको पैसा कहाँ खर्च गर्छेस् भनेर त’ना’व दिने गरेको दाजु पुष्पक बताउँछन् । नजिकै भएकाले घरपरिवारमा भएका सामान्य झ’ग’डा पनि माइती पक्षले थाहा पाइहाल्थे । झ’ग’डा हुँदा दाजु पुष्पक र भाउजु मुना अमृताको घरमा पुग्थे र बहिनी, ज्वाइँ दुबैलाई नै सम्झाएर फर्किन्थे ।
चार–पाँच दिनपहिले अमृताले आफूलाई भारत जान परिवारले दबाब दिइरहेको तर आफूलाई जाने इच्छा नभएको पुष्पकलाई बताएकी थिइन् । यहाँ हुँदा घरपरिवारले हेला गरे पनि माइतीको सहारा रहेकाले भारत जान नचाहेको बरू कुनै तेस्रो मुलुक जान पाए रोजगारीको लागि जानुपर्छ कि भनेर दाजुसँग सल्लाह गरेकी थिइन् ।
चैत २९ गते साँझ पनि श्रीमानले कु’ट’पि’ट गरेको भन्दै अमृताले रूँदै दाजुलाई फोन गरिन् । पुष्पक र मुना तुरून्तै घरमा पुगे । घरमा पुग्दा घर वरिपरिका मानिस जम्मा भइसकेका थिए । अमृताकी सासु दीपा टण्डनले दाजुभाउजुलाई घरमा नछिर्न भनिन् । दुई पक्षबीच केहीबेर भ’नाभ’नस’मेत भयो । घर फर्किँदा पुष्पकले बहिनीमाथि कुनै नराम्रो भए आफूले नछोड्ने भनेका थिए ।
चैत ३० गते बिहान अमृता फर्निचर उद्योगमा काममा जानु पहिले माइती गएकी थिइन। पुष्पकले बहिनीलाई अरू दिनभन्दा त्यो दिन बढी निराश देखेका थिए । उनी खानासमेत नखाई काममा गइन् । पुष्पक आफैंले अफिस पु¥याइदिए । साँझ फेरि झोलामा केही जोर कपडा बोकेर अमृता माइती गइन् ।
माइतीमै रहेको बेला श्रीमानले फोन गर्दै चेतावनी भाषमा भनेका थिए–’वर्षको अन्तिम दिन चैतको मसान्तीमा घरभन्दा बाहिर गएर बस्यो भने परिवारको कान्छो सदस्यलाई नराम्रो हुन्छ रे ।’ घरका कान्छा सदस्य अमृताका छोरा आदित्य थिए । प्रेमले छोरालाई केही भयो भने त्यसको जिम्मेवार तँ आफैं हुनुपर्छ भनेर चेतावनी दिएपछि अमृता साढे आठ बजेतिर माइतीबाट घर फर्किएकी थिइन् ।
तर त्यो दिन नै अन्तिम दिन बन्न पुगेको पुष्पकले बताए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया