
१नेपाली काँग्रेस पर्वत प्रदेश सभा ‘क’ को पदस्थापन तथा शपथ ग्रहण सम्पन्न
२सिर्जनात्मक लेखन र चित्रकलामा पर्वतबाट निस्मा र श्रेया छनोट
३मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
४शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
५विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
६कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
७शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
८प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
९जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१०ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
११आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१०विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
११कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
१२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
पर्वत। प्रतिनिधिसभा सदस्यका उम्मेदवार याम बहादुर चोचाङ्गीले आफ्नो ७ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ। पत्रकार सम्मेलनमार्फत उहाँले विकास, सुशासन र प्रविधिमैत्री समृद्धिलाई केन्द्रमा राख्दै आफ्नो योजना प्रस्तुत गर्नुभएको हो।
चोचाङ्गीले पहिलो प्रतिबद्धताका रूपमा पानी र हावाको पुनः प्रयोगमार्फत एकैसाथ विद्युत उत्पादन गर्ने प्रविधि विकास गर्ने योजना अघि सार्नुभएको छ। उक्त प्रविधिबाट नेपालमा हाल चर्चा गरिने ८३ हजार मेगावाट क्षमताभन्दा धेरै, १ करोड मेगावाटसम्म विद्युत उत्पादन सम्भव हुने दाबी उहाँले गर्नुभएको छ।
त्यसैगरी भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्न नागरिक निगरानी समूह गठन गर्ने, कृषि क्षेत्रको अधिकतम विकासका लागि देशभर ७ लाख २ हजार कृषि प्रहरी परिचालन गर्ने तथा बाँझो कृषि जमिनलाई उत्पादनमा जोड्ने योजना पनि उहाँको प्रतिबद्धतामा समेटिएको छ।
पूर्वाधार विकासलाई तीव्रता दिन ३ लाख ६० हजार पूर्वाधार प्रहरी गठन गर्ने, आविष्कार बैंक स्थापना गरी विज्ञान तथा प्रविधिको विकासमार्फत देशलाई आर्थिक र प्रविधिको क्षेत्रमा अग्रणी बनाउने नीति निर्माण गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।
गाउँ तथा शहरमा भइरहेका सडक दुर्घटनाको जोखिम न्यूनीकरणका लागि ‘इलेक्ट्रिक रोड’ अवधारणा लागू गरी सुरक्षित यातायात प्रणाली विकास गर्ने योजना समेत उहाँले अघि सार्नुभएको छ। शिक्षा, स्वास्थ्य तथा ऊर्जा क्षेत्रमा सबै नागरिकलाई मालिक बनाउने सोचका साथ समावेशी विकास मोडेल अघि बढाउने प्रतिबद्धता पनि चोचाङ्गीले व्यक्त गर्नुभएको छ।
उहाँले मतदातालाई व्यक्ति वा पार्टीभन्दा माथि उठेर उम्मेदवारले प्रस्तुत गरेका आर्थिक, सामाजिक, राजनीतिक तथा भौतिक विकासका एजेण्डालाई मूल्याङ्कन गरी मत दिन आग्रह गर्नुभएको छ। आफ्नो योजना व्यवहारिक र दीर्घकालीन सोचमा आधारित रहेको दाबी गर्दै सचेत मतदाताबाट समर्थन पाउनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो।


२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु

प्रतिक्रिया