News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राष्ट्रिय समाचार

    महाशिवरात्रीमा पर्वत समाज जापानद्धारा विशेष कार्यक्रम आयोजना गर्दै

    पर्वत । मानव सेवा (अशक्त तथा असहाय व्यक्तिहरूको सहयोगार्थ) पर्वत समाज जापानद्वारा महाशिवरात्रि विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

    पर्वत समाज जापानको आयोजनामा मानव सेवाको उद्देश्यसहित महाशिवरात्रि मेला तथा तीन दिने शिवपुराण कार्यक्रम फेब्रुअरी १४, १५ र १६ गते टोकियोमा सञ्चालन हुने समाजका सचिव तथा कार्यक्रम प्रचार बिभाग संयोजक भोजराज भुषालले जानकारी दिनुभयो ।

    कार्यक्रममा शिवपुराण वाचन, टुक्का भजन प्रतियोगिता, सांस्कृतिक तथा धार्मिक प्रस्तुति र ध्यान–भजन मुख्य आकर्षण रहनेछन् । कार्यक्रमबाट संकलित सहयोग अशक्त र असहाय व्यक्तिहरूको सेवामा प्रयोग गरिने आयोजकले जनाएको छ ।

    साथै, पर्वत जिल्ला घर भएका गुरु गिरिराज पौडेलज्यूको आगमन पनि सुनिश्चित भएको आयोजकले जनाएको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया