
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पोखरा । प्रगति साहित्य उत्सव सम्पन्न भएको छ। पोखराको बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालयले माघ २४ गतेबाट विद्यालय परिसरमा आयोजना गरेको साहित्य उत्सव शुक्रबार सम्पन्न भएको हो ।
साहित्य, संस्कृति र सिर्जनशीलताको विषयलाई विद्यार्थी र अभिभावकका बिचमा पुर्याउने उद्धेश्य अनुरुप सप्ताहव्यापी रुपमा कार्यक्रम गरिएको कवि एवं विद्यालयका निर्देशक दिनेश श्रेष्ठले जानकारी दिए । सिनियर र जुनियर गरी दुई सेसनमा गरिएको कार्यक्रममा प्रारम्भिक वाल्यकाल विकास सेसनमा पिताम्वर न्यौपानेसँग अरुणा बरालले संवाद गरिन् ।साहित्यकार अनुराधा शर्मासँगको विद्यार्थी अन्र्तक्रियामा यमुना गुरुङले सहजीकरण गरिन् । बालबालिकामा मानसिक समस्याको विषयमा डा.फणिन्द्रप्रसाद पौडेलले प्रवचन दिए । सो सेसनको सहजिकरण पुष्प पौडेलले गरेका थिए ।
समापनको दिन शुक्रबार किन र कसरी पढ्ने विषयमा कवि तीर्थ श्रेष्ठले आफ्ना अनुभव विद्यार्थीलाई सुनाएका छन् ।उक्त सेसनमा अनिता बस्नेतले विद्यार्थीहरुमा अध्ययन गर्दा देखिने समस्या र यसलाई नियन्त्रणका लागि अवलम्बन गरिनुपर्ने उपायहरुको बारेमा कवि श्रेष्ठसंग सम्वाद गरेकी थिईन ।महोत्सवको अर्को सेसनमा विद्यार्थीको प्रतिभा प्रष्फुटन समेत भएको थियो जसमा अभिनेता एवं रंगकर्मि प्रकाश घिमिरेले कला र अभिनयका विषयमा जानकारी दिएका थिए । कवि सरुभक्तका बाल साहित्यका विषयमा मीना भण्डारीले सहजिकरण गर्दै, साहित्यकार सरुभक्तसँग प्रश्नोत्तर गरिएको थियो । त्यस अवसरमा सरुभक्तले बाल साहित्य लेखनका विषयमा अनुभव सुनाएका थिए ।साहित्यको अर्थ, धैर्य र पुस्तान्तरणीय मूल्यबारे बहस गरेका थिए।
नाट्यकर्मि प्रकाश घिमिरे र परिवर्तनसँग राजु थापाले प्यालन छलफल गर्दै कक्षा कोठादेखि रंगमञ्चसम्म जीवनका अनुभुतिहरु पस्किए ।दीनेश अर्यालले सहजिकरण गरेको शिक्षा र यससँग सम्बन्धित बिषयमा प्राध्यापक डाक्टर कपिल अधिकारीले विद्वत प्रवचन दिए । कार्यक्रममा विभिन्न सेसनअन्तर्गत साहित्यिक विचार विमर्श, कविता वाचनसहित विभिन्न लोक नृत्य प्रस्तुत गरिएको विद्यालयका सुचना अधिकारी जयराम पौडेलले जानकारी दिए ।साहित्य उत्सवको समापन गर्दै साहित्यकार सरुभक्तले साहित्य सिर्जना अन्तस्कंरणको उपज भएको बताए ।प्रधानाध्यापक महेन्द्र थापाले साहित्य उत्सवले विद्यार्थीको प्रतिभा प्रस्फुटन सहित उनीहरुले साहित्य र रंगमञ्चका विविध आयामको बारेमा थाहा पाउन उपयोगी भएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर बाँनियाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सुमन कार्की र विनया शर्माले गरेका थिए ।सुचना अधिकारी पौडेलका अनुसार विद्यालयले विद्यार्थीहरुका प्रतिभालाई हरेक महिना कक्षागत रुपमा प्रस्तुत गरि अभिभावकहरुलाइ अवलोकन गराउने र बार्षिक उत्सब विधागत रुपमा फरक प्रकारका सृजनात्मक कार्यक्रम गरि मनाउने योजना निर्माण गरेको छ । कार्यक्रममा विद्यार्थीले निर्माण गरेका चित्रकला , हस्तकलाका सामाग्रीहरु र शैक्षिक सामाग्रीहरु समेत प्रदर्शन गरिएको थियो । विद्यालयको ३६ औं बार्षिकोत्सवको अवसरमा साताव्यापी साहित्य उत्सव गरिएको हो । अघिल्लो बर्ष विद्यालयले नाटक महोत्सव गरेको थियो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया