
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
जोमसोम । स्याउको उर्वरभूमि मानिएको हिमाल पारीको जिल्ला मुस्ताङमा मंगलबार उच्च घनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउका २० हजार वटा बिरुवा भित्रिएका छन् । निजी क्षेत्रबाट सञ्चालित नेपालकै सबैभन्दा ठूलो स्याउ फार्म एग्रो मनाङले इटालीबाट आयात उक्त हाइब्रिड स्याउका बिरुवा यहाँ भित्र्याएको हो ।
मनाङ एग्रो कम्पनीलाई ८० प्रतिशत अग्रिम भुक्तानी बुझाएर यहाँका स्थानीय स्याउ किसानले बिरुवा माग गरेका थिए । सोही अनुसार यहाँ २० हजार थान उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउका बिरुवा बिक्री गरिएको एग्रो मनाङका व्यवस्थापक नेपालमान महर्जनले जानकारी दिए ।
https://youtu.be/qYmb5HdkPhM?si=w7cjkg4UUM_vLUNV
यहाँ प्रति स्याउका बिरुवा १ हजार ५० रुपैयाँमा बिक्री गरिएको व्यवस्थापक महर्जनको भनाइ छ । एग्रो मनाङ कम्पनीले जोमसोममा हाइब्रिड स्याउका बिरुवा वितरण गरेको व्यवस्थापक महर्जनले उल्लेख गरे । विगतका वर्षमा मुस्ताङका किसानले संघीय अनुदान अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजना कार्यान्वयन एकाइ स्याउ जोनमार्फत ५० प्रतिशत अनुदान र गण्डकी प्रदेश सरकारअन्तर्गत कृषि ज्ञान केन्द्रमार्फत ७५ प्रतिशत अनुदानमा हाइब्रिड स्याउका बिरुवा खरिद गर्ने गरिएकोमा पछिल्लो समय उक्त अनुदानका कार्यक्रम रोकिएको चिम्ले अचार्ड कृषि स्याउ फार्मका सञ्चालक कर्म गुरुङले बताए ।
‘यसअघि स्याउका बिरुवामा अनुदान पाउँदा प्रति बिरुवा २ सय ७५ र ५ सय ७५ मात्रै पर्थ्यो, अहिले अनुदान नपाउँदा प्रति बिरुवा १ हजार १ सय ५० मूल्य परेको छ,’ सञ्चालक गुरुङले भने । यहाँ स्याउका बिरुवामा दिइने अनुदानका कार्यक्रम रोकिँदा मुस्ताङका किसानले ठूलो आर्थिक भार व्यहोर्नु परेको सञ्चालक गुरुङको दुःखेसो छ ।
पछिल्लो समय यहाँका किसान स्थानीय जातको स्याउखेतीलाई थाँती राखेर नयाँ प्रविधिको उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउखेतीलाई पछ््याउन थालेका छन् । सुरुवाती चरणमा मनाङ एग्रोले उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती सुरु गरेपछि मुस्ताङमा यसको परीक्षण गरिएको थियो । चिम्ले अचार्डका सञ्चालक गुरुङले यहाँ ५ वर्षअघि गरिएको हाइब्रिड स्याउको परीक्षण सफल भएकाले मुस्ताङका किसानको आर्कषण बढेको बताए ।
https://youtu.be/GIWL8V2f_io?si=QPMplGf-9zfpYO9v
पछिल्लो समय मुस्ताङमा कालीगण्डकी बगर र सार्वजनिक खाली जग्गामा उच्च घनत्वमा आधारित स्याउखेती गर्ने होडबाजी नै चलेको छ । बिरुवा लगाएको पहिलो–दोस्रो वर्र्षमा हाइब्रिड स्याउका बिरुवाले छिटोछरितो रूपमा गुणस्तरीय स्याउ उत्पादन गर्ने सामर्थ्यता राख्ने भएकाले यहाँका किसानको आर्कषण हाइब्रिड स्याउ खेतीतर्फ बढेको हो ।
स्थानीय जातका स्याउका बोटले फल उत्पादन गर्न १५ देखि २० वर्षसम्म समय लाग्ने तर, हाइब्रिड स्याउले बिरुवा लगाएको दोस्रो वर्षमा फल दिन सुरू गर्ने भएकाले यहाँका किसानले हाइब्रिड स्याउलाई प्राथमिकतामा राखेका हुन् । थोरै क्षेत्रफलमा धेरै मात्रामा हाइब्रिड बिरुवा रोपण गर्न मिल्ने र एउटै बिरुवाले बर्सेनि ३० किलोसम्म स्याउ उत्पादन गर्ने भएकाले किसानले छिटोछरितो आर्थिक लाभ लिन सकिने थासाङ–१ टुकुचेका किसान नीरज तुलाचनको भनाइ छ ।
हाइब्रिड स्याउ खेतीका लागि उपयुक्त सुहाउँदो हावापानी भएकाले यहाँका किसानले यसप्रकारका बिरुवा माग गर्ने क्रम बढेको किसान तुलाचनको भनाइ छ । यहाँ उत्पादन हुने उच्च घनत्वको हाइब्रिड स्याउको गुणस्तर, मूल्य र बजारिकणमा कुनै समस्या नहुने भएकाले परम्परागत स्याउखेती थाँती राखेर नयाँ प्रविधिको स्याउ खेतीलाई स्थान दिने गरिएको छ । यहाँ हाइब्रिड स्याउका बिरुवा १ रोपनी क्षेत्रफलमा २ सयभन्दा बढी रोप्न सकिने किसानहरु बताउँछन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया