
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
मान्छेहरुले जाजरकोटमा भूकम्प हो कि परकम्प भनेर छलफल गरेका छन् । तर आम जीवन जुन मात्रामा तहसनहस भएको छ, जनताको जीउधनका अगाडि यो छलफलको अर्थ खासै हुँदैन ।
हामीले भूकम्पको प्रकृतिलाई हेर्ने हो । जमिनको भित्री भागमा विभिन्न चिरा बनेका हुन्छन् । चिराहरुमध्ये तीनवटा चिरा एकदमै ठूला-ठूला सिंगै हिमालयको दुई हजार किलोमिटरसम्मै छ । त्यसमध्ये भुइँचालो जाने त हजारौं चिरा हुन सक्छन् । कुनै पनि चिरामा फिसिक्क कम्पन हुन सक्छ । त्यति बेला यो पूर्वकम्प हो कि कम्प हो भन्ने कुरा खासै महत्वपूर्ण रहन्न ।
मूल कुरा के बुझ्नुपर्छ भने २०७२ सालमा गएको गोरखा भुइँचालोभन्दा निकै शक्तिशाली भूकम्प पश्चिम काँगडामा गयो । त्यो दुईवटा भुइँचालोको बीचमा यो क्षेत्रमा ठूलो भुइँचालो गएको देखिन्न । अहिले जाजरकोटमा आएको भुइँचालो मध्यम खालको हो । त्योभन्दा ठूलो भुइँचालो हाम्रो मानसिकतामा बसिसकेको छ । किनभने योभन्दा धेरै ठूलो भुइँचालो पनि आउन सक्छ ।जाजरकोट क्षेत्रतिरै अर्को भुइँचालो पनि आउन सक्छ । सन् १५०५ मा ठूलो भुइँचालो गएको थियो । त्यसपछिको ५०० वर्षपछिसम्म गोरखा र पश्चिम काँगडाको बीचमा ठूलो भुइँचालो गएको छैन । त्यसैले कुनै पनि बेला अझै ठूलो भुइँचालो जान सक्छ भनेर हामीले तयारी गर्नुपर्छ ।
त्यसबीचमा आएको साँच्चिकै ठूलो भुइँचालो १९९० सालको हो । २०७२ सालको पनि ९० सालजतिको होइन, सानो थियो । त्यतिबेला काठमाडौं धेरै हल्लाएन पनि । त्यतिबेला रेखदेख नगएका, मर्मत नगएका मात्रै मन्दिर,घर बढ्ता भत्केका हुन् । असाध्यै जीर्ण भएका घर भत्किए । खासगरी ठूलो भुइँचालो आएकै छैन नि । त्यसकारण धन र जनको क्षति नहोस् भन्ने न हो । कत्रो भुइँचालोले हान्यो भन्ने कुरा बेमतलबको कुरा हो । परकम्पले हान्यो कम्पले हान्यो भन्ने कुरा बेमतलबको कुरा हो । हामीले आफूलाई विचार गर्नुपर्ने दुई थरीका भुइँचालो हुन् ।
एकदमै ठूलो ९० सालको जस्तो ८ म्याग्निच्युडभन्दा ठूलो हुनुपर्छ । एक अंक म्याग्निच्युडको भनेको १० गुणा ठूलो र ३२ गुणाभन्दा बढी इनर्जिङ हुने हुन्छ । यस्तो भूकम्प आयो भने त हामीहरुलाई मुलुक नै के होला भन्ने ठूलो डर हुन्छ । यसरी भनौं, आठ म्याग्निच्युडभन्दा ठूलो महाभूकम्प आउन बाँकी नै छ । त्यस्तो खालको महाभूकम्प नआएको ५०० वर्ष भइसक्यो । त्यसकारण महाभूकम्पलाई कुरेर बस्नुपर्ने अवस्था छ ।
तर ६ र ७ म्याग्निच्युडका भुइँचालो त आइरहन्छन् । आइरहेका पनि छन् । हामीकहाँ ८ म्याग्निच्युडको आउन सक्ने सम्भावना रहँदा ६ म्याग्निच्युडको भुइँचालोका लागि तयार हुनुपर्यो । ८ म्याग्निच्युडको भुइँचालो सय वर्षमा एक पटक आउँला तर ६ म्याग्निच्युडको भुइँचालो त दश–दश वर्षमा जान्छ नि । यसलाई नियमित प्रक्रिया नै मान्नुपर्छ । हाम्रो मुलुक नै त्यस्तो ठाँउमा छ चार, पाँच, ६ म्याग्निच्युडको भुइँचालो गइरहन्छन् । अब त्यति साना र नियमित खालका भुइँचालोमा पनि जनधनको नोक्सान हुनु भएन । त्यसपछि मात्रै हामी ठूलो भूकम्पको पूर्वतयारीमा लाग्न सक्छौं ।
यो किन पनि भने जाजरकोट रुकुमतिर जुन घटना हिजो राति भयो, त्यहाँ तुलनात्मक बलिया संरचना भएको भए रातिको भूकम्प सामान्य घटना मात्रै हुन जान्थ्यो । हामी ८ रेक्टर स्केलको भूकम्पका लागि तयार हुन सक्नेबित्तिकै ६ रेक्टर स्केलको कम्पन सामान्य हुन जान्छ ।
पश्चिम नेपालमा यस्तो भूकम्प कुनै पनि बेला जान सक्छ भनेर पूर्वानुमान छँदैथियो । हामीले समयमै भौतिक संरचना बलियो बनाउन संघ, प्रदेश, स्थानीय सरकारहरु चुकेकै हुन् । ५, ६, ७ को भुइँचालोलाई मज्जाले थेग्न सकिन्छ । नेपालमा जम्मा ८० लाख घर हो । १० लाख भूकम्प प्रतिरोधी बनायौं नि । त्यो बाँकी रहेको हरेक वर्ष एक दुई लाख थपिन्छन्, त्यसलाई क्रमश: बलियो बनाउँदै जाने हो भने १०-२० वर्षमा हामीले मध्यम खालको सानो भुइँचालोलाई थेग्ने बनाउँछौं ।
६ रेक्टर स्केलको भुइँचालोलाई थेग्न सक्छौं भने ७ लाई आधा थेगिएला । ८ लाई एक चौथाइ थेगिएला । यो तरिकाले जानुपर्ने हो । तर हामी चुकेका छौं ।
(भूकम्प जोखिम न्यूनीकरणविद् दीक्षित नेसनल सोसाइटी फर अर्थक्वेक टेक्नोलोजी (एनसेट)का कार्यकारी निर्देशक हुन् । उनीसँग अनलाइनखबरले गरेको कुराकानीमा आधारित)


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया