
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं। पछिल्लो समय एकपछि अर्को भ्रष्टाचारको फाइल खोल्न थालेपछि गृहमन्त्रीबाट नारायणकाजी श्रेष्ठलाई हटाउने खेल सुरू भएको छ। गृहमन्त्री श्रेष्ठलाई हटाउनका लागि प्रमुख प्रतिपक्षी दल एमालेमात्र नभइ सत्तारूढ गठबन्धन र श्रेष्ठकै पार्टी माओवादी केन्द्रका प्रभावशाली नेताहरू लागिपरेको बुझिएको छ।
सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमाले गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोल्दादेखि नै उनीसँग रूष्ट थिए। सो प्रकरणमा कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र एमालेका तत्कालिन सचिव टोपबहादुर रायमाझी अहिलेपनि जेलमा छन्। उक्त प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजू राणा देउवालाई समेत मुछिएको भन्दै कांग्रेस शीर्ष नेताहरू रूष्ट छन्। आरजूले त आफ्नो चरित्र हत्या गर्ने प्रयासले नाम मुछिएको प्रतिक्रिया दिँदै आएकी छिन्।
आफूनिकट नेता खाँण प्रहरी खोरमा पुगेको र पत्नी आरजूलाई पनि उक्त आरोप लागेपछि गृहमन्त्रीसँग सभापति देउवा रूष्ट छन् भने एमालेले अहिलेसम्मपनि गृहमन्त्रीको कामको असन्तुष्टी राख्दै बेलाबेलामा संसद अवरोध गरिरहेको छ।नक्कली शैक्षिक प्रमाणपत्रमा आफ्ना सांसद सुनिल शर्मालाई नै प्रहरीले पक्रेपछि पूरै रूष्ट बनेको कांग्रेसले सो प्रकरणमा धारणा बनाउन संसदीय दलको बैठक नै डाकेको थियो। उक्त बैठकमा अधिकांश सांसद्हरूले वर्तमान गृहमन्त्री श्रेष्ठले प्रतिशोध साँधेको आक्रोश पोखेका थिए। कांग्रेस संसदीय दलको बैठक आजपनि बस्दैछ। सो बैठमा सांसदहरूले गृहमन्त्रीको राजीनामा माग्नेसम्मको तयारी गरेका छन्।
देउवा रूष्ट बनेको थाहा पाएपछि केही दिन अगाडि गृहमन्त्री श्रेष्ठ आफैँ देउवा निवास धुम्बाराही पुगेर करिब ४५ मिनेटको भलाकुसारी गरेका थिए। कतिपयले उक्त भेटवार्तालाई गृहमन्त्री श्रेष्ठले आफ्नो पद धरापमा पर्न लागेको आभाष भएपछि देउवालाई फकाएको भनेर समेत टिप्पणी गरेका छन्।
गृहमन्त्रीको कामकारवाहीलाई लिएर सत्तारूढ गठबन्धनका अन्य घटकहरू नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीपनि रूष्ट रहेका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ललिता निवास प्रकरणको फाइल खोलेको भन्दै रूष्ट रहेका छन्। उता जसपा भने सरकारले गौर हत्या काण्डको फाइल खोल्ने तयारी गरेपछि रूष्ट बनेको छ। अध्यक्ष उपेन्द्र यादवलाई सुनियोजित ढंगले षड्यन्त्र गरेर फसाउन गृहमन्त्री श्रेष्ठले नै गौर हत्या काण्डका पीडितसँग पाँच बुँदे सहमति गरेको भन्दै जसपाका नेता तथा कार्यकर्ताहरू आक्रोशित बनेका छन्।
यस्तै, अर्का प्रधानमन्त्री डा बाबुराम भट्टराईपनि ललिता निवास प्रकरणको फाइल खोलेको भन्दै रूष्ट बनेका छन्। यद्धपी उनले सो प्रकरणमा अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाइसकेका छन्। साथै, लडाकु घोटाला काण्डलगायतका भ्रष्टाचारका फाइलहरू खोलिनुपर्ने भन्दै माओवादी नेतृत्वमाथि दवाब बढाएका छन्।
आश्चर्य त के छ भने, गृहमन्त्रीलाई हटाउन माओवादीकै उपाध्यक्ष कृष्णबहादुर महरा र उपमहासचिवद्धय वर्षमान पुन, जनार्दन शर्मालागि परेका छन्।महरा सुन काण्डको फाइल खोलिए आफू र आफ्ना छोरा फसिने डरमा रहेका छन्। उता उपमहासचिवद्धयले गृहमन्त्री श्रेष्ठ माओवादी जनयुद्धमा नजोडिएका व्यक्ति भएको र अहिले गृहमन्त्री बनेपछि स्टन्टबाजी गर्दै पार्टीभित्र र बाहिर आफू चर्चित हुन खोजेको भन्दै हटाउनका लागि तयारी गरिरहेका छन्। , प्रधानमन्त्री दाहालभने तत्कालै गृहमन्त्री श्रेष्ठलाई हटाए आफूलाई नैतिक संकट पर्ने भन्दै नहटाउने पक्षमा रहेका छन्।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया