SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/२६ गते
    ५८० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सुन प्रकरणको छानबिनको अधिकार संसदीय समितिलाई दिने विकल्प पेश भएको छ ।यद्यपि राज्यका संयन्त्रले गरिरहेका अनुसन्धानलाई प्रभावित पार्ने गरी आयोग वा समिति बन्न नसक्नेमा अधिकांश नेताहरु एकमत देखिएका छन् ।

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणको छानबिनका उच्चस्तरीय आयोग गठनको माग गर्दै संसद अवरुद्ध गरिरहेका बेला बेला कांग्रेस संसदीय दलमा विकल्प पेश भएको हो । प्रमुख सचेतक रमेश लेखकले सुन प्रकरणको छानबिन गर्ने अधिकार संसदको राज्य व्यवस्था समितिलाई दिन सकिने तर्क राखेका छन् । संसदीय समितिले प्रधानमन्त्री तथा मन्त्रीहरुलाई समेत बोलाउ नसक्ने भएकाले उक्त विकल्प उत्तम हुने लेखकको धारणा थियो ।

    करिब एक क्विन्टल सुन पक्राउ गरेपछि राजश्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको थियो । पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन प्रकरणको अनुसन्धान गरिरहेको छ । प्रमुख प्रतिपक्ष दल एमालेले भने गृह र अर्थमन्त्रीमाथि समेत प्रश्न उठेकाले उच्चस्तरीय आयोग गठनको माग गरेको छ ।

    त्यही माग राख्दै एमालेले १० साउनदेखि लगातार संसद अवरुद्ध गरेपछि कांग्रेसले शुक्रबार संसदीय दलको बैठक बोलाएको थियो । बैठकमा संसदीय समितिलाई अधिकार दिएर अनुसन्धानको कार्य अघि बढाउने प्रमुख सचेतक लेखकले राखेको विकल्पमा अर्का सांसद दिलेन्द्र बडुले समर्थन जनाएका छन् । संसदीय समितिले सुन प्रकरणको छानबिन गर्नसक्ने आशय बडुले राखेका थिए ।बैठकमा उच्चस्तरीय छानबिन आयोग बनाएर अनुुसन्धान अघि बढाउन सकिने विकल्प पनि नेताहरुले राखेका थिए । नेता अर्जुननरसिंह केसीले पूर्व सर्वोच्च अदालतको बहालवाला न्यायाधीश वा पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग बनाउन सकिने धारणा राखे ।

    सीआईबीले गरेको कार्यमा असर नपर्ने गरी उच्चस्तरीय आयोगले छानविन गर्न सकिने उनले बताए । केसीले उच्चस्तरीय आयोगको सदस्यमा सीआइैबी प्रमुखलाई राख्न सकिने तर्क राखे । अर्का नेता उदयशमरेर राणाले उच्चस्तरीय आयोगकै पक्षमा तर्क नराखे पनि विकल्पमा आयोग बनाउन सकिने धारणा राखेका थिए ।

    बैठकमा बोल्ने अधिकांश नेताहरुको धारणा राज्यका संयन्त्रले गरिरहेका अनुसन्धानलाई प्रभावित पार्ने गरि अर्को आयोग वा समिति बन्न नसक्ने बताएका थिए ।आयोग र समिति बनाउँदा राज्यका संयन्त्रले गरिरहेको अनुसन्धान माथि अविश्वास गरेको ठहरिने थियो । बैठकमा आफूले राखेका धारणा बारे एक नेताले भने,‘आयोग र समिति बनाएर छानविन गर्ने हो भने प्रहरीले गरेको अनुसन्धानबाट बालकृष्ण खाँण पक्राउ गरेको मान्दैनौं भन्न प¥यो ।’ राज्यका अनुसन्धान गर्ने संयन्त्रले गर्ने अनुसन्धानलाई सघाउनुपर्ने अन्य सांसदको तर्क थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं