SuchanaKendra

  • Radio Kushum


  • आज : २०८२ कात्तिक २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/६/१९ गते
    १५५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाल वायुसेवा निगमको भैरहवा उडान सोमबार दिउँसो एक बजेमात्रै हुने भएको छ ।दशैंका बेला राजमार्ग अवरुद्ध भएपछि सरकारले भैरहवामा निगमलाई अन्तर्राष्ट्रिय उडान गर्ने जहाजबाट उद्दार उडान गर्न निर्देशन दिएको छ ।दुईवटा जहाज ग्राउन्डेड भएको निगमले भैरहवामा सोमवार एक बजे मात्रै उडान गर्न सकिने जानकारी गराएको छ ।

    ‘काठमाडौं–भैरहवा–काठमाडौं उडान निगमको न्यारोबडी जहाजले गर्ने छ, काठमाडौंबाट १ बजे जहाज उड्नेछ,’ निगमका प्रवक्ता सुवास डाँगीले अनलाइनखबरलाई जानकारी दिए ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अलपत्र यात्रुहरूको गुनासो आएपछि प्रधानमन्त्री सुशीला कार्कीले मुख्यसचिवलाई तत्काल उद्धार गर्न निर्देशन दिएकी थिइन् ।

    सोही अनुसार, मुख्यसचिवले जिल्ला प्रशासनमार्फत काम अघि बढाएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।भैरहवा विमानस्थलमा रहेको नेपाल एयरलाइन्सको काउन्टरमा गएर आफ्ना समस्याबारे जानकारी गराउन पनि प्रशासनले अपिल गरेको छ ।यात्राबारे बुझ्न र टिकट लिनका लागि नेपाल एयरलाइन्स, भैरहवाका कर्मचारी अरुण पन्थी (९८५७०२३६७१) मा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आगामी पुष ९ देखि १९ गतेसम्म पर्वतमा आठौँ पर्वत महोत्सव आयोजना हुने

    पर्वत । पर्वत जिल्लामा आगामी पुष ९ गतेदेखि १९ गतेसम्म आठौं पर्वत महोत्सव आयोजना हुने...

    विहादी गाउँपालिका हाइटेक टनेल खेती विस्तार अभियानमा, ८० प्रतिशत अनुदानमा प्रस्ताव आह्वान

    पर्वत । कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायिकरणतर्फ डोर्‍याउने लक्ष्यसहित पर्वतको विहादी गाउँपालिका हाइटेक टनेल खेती...

    प्यान कार्ड र करसम्बन्धी सेवा अब स्थानीय तहबाटै दिइने

    काठमाडौं । स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) अब स्थानीय तहबाटै प्रदान गरिने भएको छ...

    साढे २ अर्ब खर्च कटौती गरेर गण्डकीले पुनर्निर्माणमा लगाउने

    पर्वत । गण्डकी प्रदेश सरकारले जेन–जी आन्दोलनको क्रममा क्षति भएका भौतिक संरचना पुनर्निर्माण गर्न चालु आर्थिक...

    अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

    म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दुई महिनाका अवधिमा १२...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं