
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन गर्दै पार्टीको मूल सिद्धान्त ‘हर्कवाद’ रहेको घोषणा गरेको छ ।
दलको अवधारणा र एजेन्डाहरू सार्वजनिक गर्दै अध्यक्ष साम्पाङले अवधारणा पत्र पढेर सुनाउँदै भने, ‘प्रकृति–संस्कृति–प्रविधिको सन्तुलित र समुचित विकासले मात्रै मानव संसार र जगतको रक्षा र उन्नति गर्न सक्दछ र त्यो अवस्था प्राप्त गर्न अनिवार्य श्रम र श्रमदान गर्नुपर्दछ । अनिवार्य श्रम र श्रमदाताको नीति र निरन्तर अभ्यासले मात्रै अभाव, गरिबी, विभेद र त्यसबाट उत्पन्न द्वन्द्व, लडाइँ विनास र अशान्तिको अन्त्य गर्न सकिन्छ भन्ने मूल राजनीतिक दर्शन हो हर्कवाद ।’
सबै नागरिकलाई सबै खाले विकासमा श्रमदानमार्फत सक्रिय रूपमा जोडिने छ भन्ने अवधारणा सुनाउँदै अध्यक्ष साम्पाङले भने, ‘पहुँच र शक्तिको आडमा गरिने असमान र अन्यायपूर्ण विकासको वितरण अन्त्य गरिने र काठमाडौं केन्द्रित या शहर केन्द्रित विकासलाई गाउँ घर केन्द्रित बनाउनेछौं ।’
उनले हर्कवादलाई थप प्रस्ट्याउँदै यही देशको ढुंगा र माटोमा श्रम रोपेर देशको स्वाधीनता, सम्प्रभूता, समृद्धि, सुख र खुसीसहितको सुनौलो भविष्य फलाउने सूत्र पनि हर्कवाद नै भएको बताए ।
पार्टीको अवधारणापत्र अनुसार वैज्ञानिक कर लागु गर्ने जनाइएको छ । उक्त नीति अनुसार धनीबाट धेरै लिएर गरिबलाई बचाउने नीति लिने पनि उल्लेख छ ।
श्रम संस्कृति पार्टीको अवधारणाअनुसार जेनजी पुस्तालाई उत्पादन, निर्माण र आविष्कारमा लगाउने, जीवनपयोगी शिक्षा पद्दति लागु गरी हप्ताको ३ दिन मात्र पढाउने व्यवस्था मिलाएर पढ्ने विषयवस्तु र कितावको संख्या, पाठ्यभार घटाउने नीति पनि रहेको छ ।
यस्तै चेतना र देशभक्ति जागरणसहितको भौतिक विकास श्रमदानको विधिलाई प्रथामिकता दिन आवश्यक ऐन कानुन बनाउने पनि उल्लेख छ ।
धरान उपमहानगरपालिकाका मेयर समेत रहेका अध्यक्ष साम्पाङले श्रम संस्कृति पार्टीको शासकीय स्वरूपबारे पनि अवधारणा सुनाए । बालिग मताधिकारद्वारा प्रत्यक्ष चुनिने कार्यकारी राष्ट्रपति हुने उनले बताए ।
साम्पाङको अवधारणाअुनसार राष्ट्रपतिले राजनीतिक क्षेत्र बाहिरको विषय विज्ञ या सांसद जसलाई पनि लिएर आफ्नो पायकको सरकार गठन गर्न पाउने छ । पाँच वर्षे पदावधिको राष्ट्रपति नै राष्ट्र र सरकार दुवैको प्रमुख रहने उनले बताए ।
साम्पाङले राष्ट्रपति र उपराष्ट्रपति एकै लिङ्ग र एकै जाति समुदायको नरहने (दलले उम्मेदवारी दिँदाको अवस्थामा तर चुनिँदा के हुन्छ, सो नतिजा अनुसार हुने पनि बताए ।
केन्द्रमा राष्ट्रपतिले सरकार गठन गर्दा समानुपातिक समावेशी किसिमको सरकार बनाउने र प्रदेशका मुख्यमन्त्रीसमेत स्थानीय सरकार चुनिए जस्तै प्रत्यक्ष निर्वाचित हुने पनि पार्टीको अवाधारणा रहेको उनले बताए ।
अवधारणा अनुसार राज्यको सबै अंगहरूमा आदिवासी, जनजाति, खसआर्य, मधेशी, दलित, मुस्लिम र अल्पसंख्यक सिमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्ने गरी समानुपातिक प्रतिनिधित्व गर्ने पूर्ण समानुपातिक निर्वाचन प्रणाली अंगीकार गर्ने नीति रहेको पनि उनले बताए ।
साम्पाङको पार्टीले व्यवस्थापिका संघमा २ सदनात्मक र प्रदेशमा १ सदनात्मक व्यवस्थापिका रहने, संघीय व्यवस्थापिका अन्तर्गत राष्ट्र सभा सबै प्रदेशका समान प्रतिनिधित्व गर्ने गरी रहने र प्रतिनिधिसभा प्रदेशको जनसंख्याको अनुपातमा पूर्णसमानुपातिक प्रतिनिधत्व रहने कल्पना गरेको छ ।
यसैगरी राज्यको कुनै धर्म नहुने तर व्यक्तिको धार्मिक आस्थाप्रति स्वतन्त्र रहने पनि पार्टीको अवधारणा पत्रमा उल्लेख छ । कसैले करकाप गरेर धर्म परिवर्तन गराउन नहुने, बाध्य नबनाउने, अन्यथा दण्डनीय मानिने घोषणा पत्रमा उल्लेख गरिएको छ ।
पार्टीको अवाधारणमा श्रम संस्कृति पार्टीको एजेन्डाहरूमा शासकीय स्वरूप, सार्वभौम र राजकीय सत्ता, भौगोलिक अखण्डता, असंलग्न परराष्ट्र नीति, नागरिकता, व्यवस्थापिका, मौलिक हक एवं मानवअधिकार, लोकतान्त्रिक मूल्य र मान्यता, नागरिक सरकार र कार्यपालिका, प्रदेश सरकार संरचना, न्यायापालिका, धर्मनिरपेक्षता र स्वतन्त्रता, बहुभाषिक नीति, आत्मनिर्णय, स्वशासन र स्वायत्तता, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राष्ट्रिय सुरक्षा प्रणलीलगायत बुँदाहरू रहेका छन् ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया