SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/८/१५ गते
    ६७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । विश्व एडस् दिवसको अवसरमा पोखरामा पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासघं कास्की, एड्स हेल्थकेयर फाउन्डेशन नेपाल र प्रादेशिक जनस्वस्थ्य केन्द्र कास्कीको सयुक्त आयोजनामा महासंघ कास्कीको पोखरा ७ स्थित सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा बोल्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका निर्देशक डा.प्रमराज पंगेनी समुदायमा सचेतना फैलाउने उद्देश्यले मनाइने विश्व एड्स लगाएतका दिवसममा पत्रकार संग अन्तरक्रिया गर्दा समुदायमा छिटो छरितो यथार्थ संचारहुने बताउनु भयो ।
    कार्यक्रममा एचआइभी र पोखरा एआरटीले गर्दै आएका कार्यका बारेमा प्रस्तुति राख्दै पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका फिजिसियन डा.सरदचन्द्र बरालले एचआइभी संक्रमण र एड्स रोग उपाचारका हिसाबले अन्य रोग भन्दा पनि सर्वसुल्लभ भएता पनि समाज हुने लालछना र भेदभावका कारण संक्रमितहरु निकटको स्वास्थ्य केन्द्र भन्दा पनि अन्य केन्द्रहरुबाट सेवा लिने गरेको बताए ।

    प्रादेशिक जनस्वास्थ्य केन्द्र कास्कीका एचआइभी फोकल पर्सन लक्ष्मण बसौलाले एड्स रोग निवारणका लागि समुदायको महत्वपूर्ण भूमिका रहने बताए । उनले लालछना र भेदभावका कारण अझै पनि सम्भावित संक्रमितहरु उपचार र परिक्षणमा खुलेर आउन नचाहदा जोखिम बढ्ने गरेको बताउनु भयो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष एवम सल्लाहकार दिपेन्द्र श्रेष्ठ, एड्स रोग संघका केन्द्रिय सचिव मनोज गुरुङ लगाएत बोलेका थिए ।

    नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत एड्स हेल्थकेयर फाउन्डेशन नेपाल गण्डकीका प्रमुख विद्या कोइराला र संचालन महासंघ कास्कीका सचिव भुपाल गुरुङले गरेका थिए । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसको यस वर्षको नारा ‘अवरोधहरु पार गरौं, एड्स प्रतिकार्य रुपान्तरण गरौं’ रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    इनरह्वील क्लब अफ काठमाडौंले क्लब अफ पर्वतसँगको सहकार्यमा यात्रु प्रतिक्षालय निर्माण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं