
१चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
२मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
३संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
४जलजलामा १४९ सुत्केरीलाई घ्यू र अण्डा, संस्थागत प्रसूति प्रोत्साहन गर्न पोषण कार्यक्रम प्रभावकारी
५अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
६महाशिला गाउँपालिकाको स्थापना दिवस मनाइयो, उत्कृष्ट कर्मचारी र कृषक सम्मानित
७पैयूँ गाउँपालिकाको पहिलो चिल्ड्रेन पार्क : बालबालिकाको खुसी र भविष्यकाको पाइला
८मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
९खुर्कोटमा मन्दिर–सडक जग्गा विवाद टुंगियो, सहमतिमै सडक निर्माण अघि बढ्यो
१०५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
११शिक्षक नेतालाई काजमा खटाउन रोक, पढाउनै पर्ने
१२पर्यटन गुरुयोजनामार्फत पर्वतलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
५मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
६पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
७महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
८पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
९सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
१०जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
११रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
१२विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
काठमाडौं । प्रतिनिधिसभामा बजेटमाथि पहिलो पटक मतदान भएको छ । बुधबार आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक पारित गर्न मतदान गरिएको हो । नेकपा एमालेले मत विभाजन माग गरेपछि भएको मतदानमा विनियोजन विधेयकको पक्षमा १४७ मत पर्यो । जुन प्रतिनिधिसभाको बहुमत हो । संसद सचिवालयका पूर्वसचिव सोमबहादुर थापाले नेपालको इतिहासमा विनियोनन विधेयकमाथि मतदानको यो पहिलो घटना भएको बताए । अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘नेपालको इतिहासमा विनियोजन विधेयकमाथि मतदान भएको नजिर दर्ज भएको छ ।’ बुधबार प्रतिनिधिसभाका कुल २७५ सदस्यमध्ये २५५ जना मतदानमा सहभागी भएका थिए । तीमध्ये १०८ जनाले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।
सत्तारुढ दलसँग बहुमत रहेको विश्वासका आधारमा मत विभाजन माग नगर्ने अभ्यास विगतमा रहेको थापा बताउँछन् । ‘बहुमत नभएको सरकारले बजेट ल्याउँदैन भन्ने मान्यताका आधारमा मत विभाजनको माग गरिँदैनथ्यो’, उनी भन्छन्, ‘विपक्षी दलले मत विभाजन नमागेको भएपनि हुन्थ्यो । तर, मत विभाजन माग गर्ने सांसदको अधिकार हो ।’ सभामुख देवराज घिमिरेले विनियोजन विधेयक निर्णयार्थ पेश गर्ने तयारी गरेका बेला एमाले सचेतक महेशकुमार बर्तौलाले मत विभाजन माग गरेका थिए । उनले प्रतिनिधिसभामा हुन्छ भन्ने (बजेट पारितको पक्षमा रहेका) भन्दा हुन्न भन्ने (बजेट पारितको विपक्षमा रहेका) सांसदको संख्या बढी छ भन्ने आफूहरुलाई लागेको भन्दै मतविभाजन माग गरेका थिए ।प्रतिनिधिसभा नियमावली २०७९ को नियम २९ मा मत विभाजन सम्बन्धी व्यवस्था छ । जहाँ सभामुखको घोषणाप्रति कम्तीमा २८ जना सदस्यले आ–आफ्नो स्थानमा उभिई असहमति प्रकट गरेमा सभामुखले ‘हुन्छ’, ‘हुन्न’ र ‘मत दिन्न’ भन्ने सदस्यलाई विभाजन गरी मत संकलन गर्नुपर्ने भनिएको छ ।
यही व्यवस्था अनुसार ‘हुन्छ’, ‘हुन्न’ र ‘मत दिन्न’ भन्ने सदस्यलाई भिन्नाभिन्नै ढोकाबाट उपकक्ष (लवि) मा प्रवेश गराई वर्णानुक्रमानुसारको नामावलीमा दस्तखत गराएर विनियोजन विधेयकका विषयमा सदनले निर्णय लिएको हो । नेकपा एमालेका संसदीय दलका उपनेता, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ विनियोजन विधेयकमाथि मतदान हुनुलाई स्वभाविक र सामान्य रुपमा लिनुपर्ने बताउँछन् । ‘सामान्यतया बजेटमा मत विभाजन मागिँदैनथ्यो । यसपटक माग्ने काम भयो’, उनले अनलाइनखबरसँग भने, ‘यो डेमोक्रेटिक अभ्यास हो । यसलाई यही रुपमा लिनुपर्छ ।’
मत विभाजन माग गर्नुको अर्थ
नेकपा एमालेका नेताहरु सरकारको पक्षमा कति सांसद छन् भन्ने देखाउन मत विभाजन मागेको बताउँछन् । विनियोजन विधेयकमाथिको मतदानका क्रममा सरकारको पक्षमा १४७ जना देखा परेका छन् । यो २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमत हो । तर, यो संख्याले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले संसदमा निरन्तर सांसदहरुको समर्थन गुमाउँदै गएको देखिने एमाले सचेतक महेश बर्तौंला बताउँछन् । ‘बजेटमा जम्मा १४७ सांसदको समर्थन कायम हुनुले राजनीतिक रुपमा, नैतिक रुपमा सरकारको क्रमशः जनमत कमजोर हुँदै गएको वा सरकार क्रमशः अल्पमतमा पर्दै गएको शृङ्खलाको चित्र प्रस्तुत गरेको छ ।’१० पुस २०७९ मा प्रधानमन्त्री बनेका प्रचण्डले २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए । पहिलो पटक विश्वासको मत लिँदा प्रचण्डले २६८ मत पाएका थिए । त्यसबेला एक÷एक सिट रहेको नेमकिपा र राष्ट्रिय जनमोर्चा बाहेक संसदमा रहेका सबै दलका सांसदले प्रचण्डलाई विश्वासको मत दिएका थिए ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्म पुग्दा एमालेसँग गठबन्धन तोडेर प्रचण्डले कांग्रेससहित १० दलसँग गठबन्धन बनाएपछि ६ चैत २०७९ मा पुनः विश्वासको मत लिए । दोस्रो पटक विश्वासको मत लँदा प्रधानमन्त्री प्रचण्डले १७२ मत पाएका थिए । त्यसबेला प्रचण्डलाई उनको दल माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले समर्थन गरेका थिए । यसबीचमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको रास्वपाले बुधबार विनियोजन विधेयकमाथि भएको मतदानमा विपक्षमा मतदान गरेको छ । प्रचण्ड नेतृत्वको वर्तमान सरकारको औपचारिक प्रस्तावमा रास्वपाले पहिलो पटक विपक्षमा मतदान गरेको हो । प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसका ८८ सांसद छन् । दोस्रो ठूलो दल नेकपा एमालेको ७८, नेकपा माओवादीको ३२, रास्वपाको २१, राप्रपाको १४, जसपाको १२, नेकपा एकीकृत समाजवादीको १०, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको चार/चार र नागरिक उन्मुक्ति पार्टीको ३ सदस्य छन् । नेपाल मजदुर किसान पार्टी, आम जनता पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका साना दलहरुको एक/एक सिट छ ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
५मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा

प्रतिक्रिया