SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/१८ गते
    ९०८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेलमा सहभागी नेपाली खेलाडीहरुलाई सम्मानदेखि बिदा दिनेसम्मको घोषणा गर्न स्थानीय सरकारहरु एकपछि अर्को थपिएका छन् ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले भारतविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली क्रिकेट खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेको छ । नगरपालिकाले भारतविरुद्ध शतक प्रहार गर्ने र ४ विकेट लिने खेलाडीलाई जनही एक–एक लाख सहित सम्मान गर्ने निर्णय गरेको हो ।

    धनुषाको जनकनन्दनी गाउँपालिका अध्यक्षले कुनै खेलाडीले भारतविरुद्ध अर्धशतक हानेमा ५० हजार, शतक लगाएमा १ लाख र ह्याट्रिक गरेमा ५० हजार दिने घोषणा गरेको हो । गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले व्यक्तिगत रुपमा पुरस्कार उपलब्ध गराउने घोषणा गरेका हुन् ।यस्तै केही व्यक्ति र संस्थाहरुले पनि उत्कृष्ट प्रदर्शन गर्नेलाई राशीसहित पुरस्कृत गर्ने घोषणा गरेका छन् ।

    क्रिकेट हेर्न बिदाको घोषणा

    केही स्थानीय तहले २ बजेदेखि सार्वजनिक विदा दिएका छन् भने केहीले विद्यालयहरु बिदा गरेका छन् । पर्साको वीरगञ्ज महानगरपालिकाले एसिया कप क्रिकेट प्रतियोगिता हेर्न सोमबार २ बजेपछि सार्वजनिक विदा दिएको छ । क्रिकेट हेर्नकै लागि महानगरपालिकाअन्तर्गत अत्यावश्यक सेवाहरु बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने सूचना महानगरका अधिकृत हरि राउतले जारी गरेका हुन् । सूचनामा भनिएको छ, ‘क्रिकेट खेलप्रतिको भावना अभिवृद्धि गर्न तथा एसिया कपमा नेपाल सहभागी भई गौरवान्वित महसुस गरेकोले नेपाली क्रिकेट टोलीको हौसला बढाउन २ बजेदेखि अत्यावश्यक सेवाहरु वाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिनेछ । ’

    यस्तै धनुषाको जनकपुर उपमहानगरपालिकाले २ बजेदेखि सबै सार्वजनिक र संस्थागत विद्यालयहरुलाई क्रिकेट हेर्नको लागि बिदा दिएको छ । रौतहटको गौर नगरपालिकाले पनि २ बजेदेखि सबै विद्यालय बिदा दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं