
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप खेलकुद शुक्रबार सम्पन्न भएको छ । मङ्सिर १४ गते देखि शुरू भई १९ गते सम्म डिमुवा खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा रनिङ शिल्ड तर्फ नव जागृत मावि तिलाहार प्रथम भएको छ भने अध्यक्ष कप फलेबासले हात पारेको छ ।
प्रतियोगितामा २० स्वर्ण, ९ रजत सहित कुल २९ पदक प्राप्त गरी नव जागृत मावि तिलाहारले प्रथम स्थान हासिल गर्दै शिल्ड प्राप्त गर्न सफल भएको छ । नबजागृत माविले यो उपाधि सहित लगातार चार ओटा संस्करण जितेको हो । जित सँगै सो विद्यालयले ३० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।
त्यसै गरी नव ज्योति थम मावि भुक १ सेराबेंशीले ४ स्वर्ण , ३ रजत, र २ कास्य पदक गरी कुल ९ पदक सहित दोस्रो स्थान हासिल गरी नगद रु २०, हजार पुरस्कार प्राप्त गरेको छ ।
उक्त प्रतियोगितामा पशुपति मावि राम्जाले ३ स्वर्ण, ६ रजत र ९ कास्य गरी कुल १८ पदक सहित तृतीय स्थान हासिल गरेको छ । सो विद्यालयले नगद रु दश हजार पुरस्कार समेत प्राप्त गरेको छ ।
त्यसैगरी सरस्वती मावि बाजुङले २ स्वर्ण , ६ रजत र ६ कास्य पदक गरी कुल १४ पदक प्राप्त गरी चौथो स्थानमा ओगटेको छ ।भुक देउराली माविले १ स्वर्ण १ रजत र ३ कास्य गरी कुल ५ पदक सहित पाँचौं स्थान हासिल गरेको छ ।त्यसैगरी जनसिद्द मावि चित्रे ४ रजत र ५ कास्य गरी कुल ९ पदक सहित छैटौं स्थानमा रहेको छ ।
त्यसैगरी लेस्पार माविले १ रजत , भवानी आधारभूत विद्यालयले २ कास्य , हिमालय मावि देउरालीले १ कास्य, महेन्द्र शिखरी मावि बाजुङले ३ कास्य पदक प्राप्त गरेका छन् । प्रतियोगितामा छात्र र छात्रा भलिबल तर्फको दुवै खेल नव जागृत माविले जितेको छ।
३० स्वर्ण, ३० रजत र ३० कास्य गरी कुल ९० पदकका लागि भएको प्रतियोगितामा सहभागी १२ मावि र ३ आबि गरी १५ ओटा स्कूलहरु मध्ये पाँच ओटा स्कूलले कुनै पनि पदक प्राप्त गर्न सकेनन् । देउपुरको जननेत्र मावि, तिलाहार गिज्यानको तुलोदय मावि, देउपुरकाे पशुपति आबि, देउपुर नमुना मावि र क्याङ कर्बाकेली आवि पदक विहिन भएका हुन् ।
त्यसैगरी प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि फलेबास नगरपालिकाले जितेको छ । जितसँगै फलेबासले एक लाख रुपैयाँ हात पारेको हो । सो प्रतियोगितामा मोदी गाउँ पालिकाले द्वितीय स्थान हासिल गरी ७५ हजार नगद पुरस्कार प्राप्त गरेको छ भने कुस्मा नगरपालिकाले तृतीय स्थानमा चित्त बुझाएको छ । कुस्माले ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।
सो खेलमा वेस्ट लिब्रो फलेबासका आदित्य मल्ल, वेस्ट सेटर सुबास कुँवर, वेस्ट कोच रमेश श्रेष्ठ, वेस्ट ब्लकर मोदीका आकाश नेपाली, राइजिङ प्लेयर मोदीका सलिन लामिछाने, वेस्ट स्पाइकर मोदीकै सुशील कुँवर, वेस्ट सर्भर विद्वान विक , वेस्ट प्लेयर विष्णु क्षेत्री घोषित भएका छन् ।
सो अवसरमा खेल सँगै लोक भजन, लोक नृत्य, रत्यौली, म्यूजिकल चियर, लठ्ठो तान्ने खेल समेत सञ्चालन भएका थिए । लोक भजन तर्फ थामार्जुङ भजन मण्डली प्रथम, डीमुवा भजन समुह द्वितीय, र श्री कृष्ण भजन समुह तृतीय भए। लोक नृत्य तर्फ शिव आधारभूत विद्यालय प्रथम, नवज्योति थम मावि द्वितीय, नबजागृत मावि तृतीय र क्याङ कर्बाकेली आविले सान्त्वना स्थान प्राप्त गरे । रत्यौली तर्फ डीमुवा आमा समुह प्रथम, मोदी दिदी बैनी समुह द्वितीय र देउराली आमा समुह तृतीय भए ।
त्यसै गरी ब्याडमिन्टन तर्फको बि लेभलको उपाधि लक्ष्मण कुमार श्रेष्ठ र जगदिश सुवेदीको जोडीले हासिल गर्यो भने सी लेभलको उपाधि निर्दोष लामिछाने र विनोद सेन्चुरी को जोडीले हात पार्यो ।
छ दिनसम्म चलेको खेलमा सहभागी र दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको थियो । खेल अवधिभर गाउँ पालिकाले सम्पूर्ण विद्यालयहरूमा सट्टा बिदाको व्यवस्था गरेको थियो ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया