
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको हो । जिल्लास्थित विभिन्न संघ संस्थाले विभिन्न गतिविधिहरु गरी सचेतामुलक रुपमा १६ दिने अभियान गरेका हुन् ।
७७ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा अन्तरसंवाद सहित कार्यक्रम समापन गरिएको हो । लैंङ्गिक हिंसा न्यूनिकरणका लागि लामो समयदेखि विभिन्न सचेतनामुलक कार्यक्रमहरु हुँदै आएपनि समाजमा त्यस्ता खालका घटनाहरु मौलाउँदै गएको पाईएको छ । सचेतनामुलक तथा नियन्त्रणमुखि कार्यक्रमहरु प्रभावकारी हुन नसकिरहेको सरोकारवालाहरुले बताएका छन् ।
पर्वत जिल्लाकै सन्दर्भमा हेर्ने हो भने स्थानीय तहमा भएका न्यायिक समितिदेखि जिल्ला प्रहरीसम्म हिंसापिडितका उजुरीहरु बढ्दो क्रममा देखिएका छन् । यस्ता उजुरीहरु कतिपय मिलापत्र र कतिपय कानूनी प्रकृयाबाट फछ्र्यौट गर्ने गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक बिजय यादका अनुसार चालु आर्थिक महिनाको पाँच महिनासम्म लैंङ्गिक हिंसाका १४ वटा घटना दर्ता भएका छन् । जसमध्ये ८ वटा मिलापत्र गरिएको छ भने २ वटा अदालत प्रकृयामा गएका छन् । बाँकी चारवटा प्रकृयामा रहेका छन् । गत आर्थिक वर्षमा एक सय ८४ वटा मुद्धा परेका थिए । त्यसमध्ये एक सय ६३ वटा मिलापत्र, ३९ वटा अदालती प्रकृयाबाट र टुंगो लगाईएको थियो ।
शहर भन्दा ग्रामीण क्षेत्रमा लैंङ्गिक हिंसाका घटना बढि घट्ने गरेको पाईएको छ । यस्ता घटना न्यूनिकरणका लागि प्रहरीले सयौ सचेतनामुलक कार्यक्रम गर्दै आएको प्रहरी नायब उपरिक्षक यादबले जानकारी दिनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका नगर उपप्रमुख स्वस्थानी रिजालले मानवअधिकारको रक्षा गर्नु तीनै तहका सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभयो । समाजमा विभिन्न कारणले लैंङ्गिक हिंसाका घटनाहरु घट्ने गरेको बताउँदै त्यसको पहिचान गरी सचेतना र कानूनी कारबाही दुवैमार्फत न्यूनिकरणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरे, राष्ट्रिय मानवअधिकार आयोगका मानवअधिकार अधिकृत खिमानन्द बस्याल लगायतले मानवअधिकार, प्रेस स्वन्त्रता, अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै नागरिकलाई आधारभुत हकअधिकारको सुनिश्चितता गर्ने सवालमा राज्य र समुदायबीच आवश्यक समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ । पछिल्लो समय सामाजिक सञ्जाल र डिजितटल प्लेटफर्म मार्फत पनि विभिन्न प्रकृतिका घटनाहरु घटिरहेको बताउँदै सामाजिक सञ्जाल संचालन, नियमन र मापदण्ड तथा सचेतनाका कार्यक्रमहरुलाई पनि अघि बढाउनुपर्ने सहभागिहरुको भनाई रहेको छ ।
सो अवसरमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले सुझाव तथा प्रतिकृया दिएका थिए । गैरसरकारी संस्था महासंघ पर्वतका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नागरिक समाज पर्वतका संयोजक माया अधिकारी र संचालन सचिब बलिनारायण रेग्मीले गर्नुभएको थियो ।
कार्यक्रम संचालन गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, एकीकृत सेवा कार्यालय, कुश्मा नगरपालिका, राष्ट्रिय मानवअधिकार आयोग, गैसस पर्वत, नागरिक समाज सञ्जाल र शिक्षाका लागि राष्ट्रिय अभियान पर्वतले समन्वय र सहकार्य गरेका थिए ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया