SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/८/२४ गते
    ४८ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा ।१४ औं संस्करणको पोखरा महोत्सवको प्रचार प्रसार सुरु भएको छ । आन्तरिक पर्यटनको पर्वद्धन संगै नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धन गर्दै आइरहेको माइलस्टोन्स इन्फिल्डर्सको टोली मार्फत महोत्सवको प्रचार प्रसार शुरु गरिएको हो । नेपालका मुख्य शहरहरुमा रहेका मोटरसाइकल राइडर हरुकोे समुह माइलस्टोन्स इन्फिल्डर्समा आवद्ध मोटरसाइलक राइडरहरुलाई महोत्सव आयोजक युनाईटेड क्लब पोखराले पोखरामा स्वागत गर्दैै पोखरा महोत्सवको प्रचार प्रसार सुरु गरेका हुन ।

    माइलस्टोन्स इन्फिल्डर्सका संयोजक कुशल सुवेदी र प्रतिनिधी मछिन्द्र थपलियालाई युनाईटेड क्लब का अध्यक्ष लोक बहादुर थापा, क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल लगायतले १४ औं पोखरा महोत्सवको प्रचारात्मक स्टीकर हस्तान्तर गरी महोत्सवको प्रचार प्रसार सुरु गरेका हुन ।

    सो अवसरमा वोल्दै माइलस्टोन्स इन्फिल्डर्सका प्रतिनिधी मछिन्द्र थपलियाले राइड टु थ्री एङगल्स नेपाल भन्ने नाराका साथ हिमाल, पहाड तराईको यात्रा स्वरुप चितवन बाट सुरु भएको बाइक राइडरहरुको टोलीलाई युनाईटेड क्लब पोखराले स्वागत गरी आफुहरुलाई हौसला बढाएकोमा धन्यवाद ब्यक्त गरे । माइलस्टोन्स इन्फिल्डर्सले मोटरबाइक राइडको माध्यामबाट नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धन गर्दै आइरहेको र युनाईटेड क्लबले समेत पोखरामा महोत्सवको आयोजना गरि पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएकोमा धन्यवाद ब्यक्त गर्दै १४ औं पोखरा महोत्सवको सफलताको कामना गरे ।

    सो अवसरमा वोल्दै युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले माइलस्टोन्स इन्फिल्डर्सले नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धन स्वरुप हिमाल, पहाड तराइको यात्रा अन्तर्गत चितवनबाट यात्रा सुरु गरी पोखरा आइपुग्दा पोखरा महोत्सव आयोजक युनाइटेड क्लबले स्वागत गर्न पाउँदा खुसी लागेको बताए । युनाईटेड क्लबले पोखरा महोत्सबको आयोजना गरी पोखरामा नयाँ पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणको सुरुवाता गरेको र हाल उक्त चिडियाखानालाई प्रदेश सरकारले आफ्नो गौरबको योजना अनुसार काम अगाडी बढाएको बताउदै उक्त चिडियाखाना पोखराको नयाँ पर्यटकीय गन्तब्य बनेको समेत बख्रेलले बताए ।

    सो अवसरमा वोल्दै युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लबले वर्षेनी पोखरा महोत्सवको आयोजना गर्दै आइरहेको र यसपटक पनि आगामी पुषको २९ देखि माघको ११ गते सम्म महोत्सवको आयोजना गर्ने तयारीका साथ अगाडी बढिरहदा माइलस्टोन्स इन्फिल्डर्सको टोली संग सहकार्य गर्न पाउदा खुसी लागेको बताए । पोखरा महोत्सवको प्रचारका लागि नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धनमा हिडेको माइलस्टोन्स इन्फिल्डर्सको टोलीले महत्वपूर्ण भुमिका खेल्ने बताए । पोखरा महोत्सव सम्पूर्ण पोखरेलीको महोत्सव भएकाले सम्पूर्णको साथ र सहयोगकै कारण १४ औं संस्करण सम्म आइपुगेको उनको भनाइ रहेको थियो ।

    उक्त कार्यक्रमको सञ्चालन युनाईटेड क्लब पोखराका सचिव सन्तोष कार्कीले गरेका थिए । नेपालको काठमाण्डौं, धरान, हेटौंडा, चितवन बुटवल, पोखरा लगायतका, ६० भन्दा बढी मोटरसाइकल राइडरहरुको टोली हिमाल, पहाड तराइ यात्रा अन्तर्गत चितवनबाट सुरु भएको यात्रा पोखरा हुदै कास्कीको अस्ताम, पोथाना, लुम्ले हुँदै कांडे सम्म पुग्ने बताइएको छ । उक्त यात्रामा योंग इन्फिल्डर्स, स्मार्ट बुलेट सर्भिस सेन्टर, हेटौंडा लेजेण्डस, रोलिङ विंग्स, एमसीज नेष्ट सेड बाइ नेचर लभर, लेजेण्डस, ओपन ल्याण्डर्स, कावासोती इन्फिलिन्डर्स, द बाइकर्स हब, हेलबन्डु एमसी काठमाण्डौ, लोको सवारी चितवन, द इन्फिलिण्डर्स स्टेशन, बुलेट हाउस चितवन, रोयल राइनो राइडर्स चितवनको समेत सहभागीता रहेको थियो । यो संगै युनाईटेड क्लब पोखराको आयोजनामा वी पोखरा र माइलस्टोनको सहभागीता रहेको कार्यक्रममा पोखराको पर्यटन प्रवद्र्धन संगै सामाजिक सञ्जालको आवश्यक्ता रहेको हुँदा १४ औं पोखरा महोत्सवमा वी पोखरा एपको समेत सुरुवात गरिने युनाईटेड क्लब पोखराका महासचिव दिनेश सुनारले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    प्रदेश अस्पताल पर्वतको अध्यक्षमा परियार

    पर्वत। प्रदेश सरकारले सञ्चालन गर्दै आएको प्रदेश अस्पताल कुश्मा पर्वतको अस्पताल विकास समितिको अध्यक्षमा याम...

    पर्यटन प्रवद्र्धन संगै १४ औं पोखरा महोत्सवको प्रचार प्रसार सुरु

    पोखरा ।१४ औं संस्करणको पोखरा महोत्सवको प्रचार प्रसार सुरु भएको छ । आन्तरिक पर्यटनको पर्वद्धन...

    बालबालिकाको प्रतिभा पहिचान गरी प्रेरित गर्न जरुरीः प्रदेश प्रमुख भट्ट

    पोखरा ।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिकाको सर्वाङ्गिण विकासका लागि ख्याल गर्नुपर्ने बताउनुभएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं