
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
‘काठमाडौँ ।भदौ २४ मा नेपालमा भएको आगजनी सुनियोजित र संगठित रूपमा गरिएको हुन सक्ने अमेरिकी अखबार न्युयोर्क टाइम्सले जनाएको छ। हाना बिच र सजल प्रधानलिखित रिपोर्टमा आगजनीमा सहभागी व्यक्ति, प्रत्यक्षदर्शी तथा विज्ञसँगको कुराकानी र फोटो–भिडिओको विश्लेषणबाट त्यो आगजनी स्वतःस्फूर्त नभएको हुनसक्ने निष्कर्ष निकालिएको छ।
२३ गते युवाहरूमाथि गोली चलाउनुअघि नै भ्रष्टाचारमा लिप्त व्यक्तिहरू भन्दै मान्छेहरूको नामठेगानाको सूची अनलाइनमा देखा परेको र भोलिपल्ट दिउँसो तिनै व्यक्तिहरूको घर जल्न थालेको रिपोर्टमा उल्लेख छ।
‘विध्वंशको परिमाण यति भयावह थियो कि मानौँ केही घण्टामै सयौँ हवाइ आक्रमण गरिएको होस्,’ रिपोर्टमा उल्लेख छ।
‘बिनाकुनै संगठनात्मक शक्ति त्यति छोटो समयमा त्यति धेरै भवनमा तपाईं आगो लगाउन सक्नुहुन्न,’ आगजनी विज्ञ रिचर्ड ह्यागरको भनाइ टाइम्सले उधृत गरेको छ, ‘त्यसका लागि महिनौँ नभए पनि हप्तौँ योजना बनाउनु पर्ने हुन्छ।’
कुनै पनि निष्कर्षमा पुग्न जलेको चिजबिजको नमुना ल्याबमा परीक्षण गर्नुपर्ने तर त्यो काम अहिलेसम्म नभएको रिपोर्टमा उल्लेख गरिएको छ। यसमा ढिलाइ हुँदै जाँदा दोषी पत्ता लगाउन झनै कठिन हुने विज्ञहरूको राय छ।
प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाका पवन ढुंगानाले आफ्नो टोलीलाई कसैले पनि आगजनीबारे अनुसन्धान गर्न नबोलाएको पुष्टि गरेका छन्।
‘काठमाडौँमा मात्र होइन देशैभरि आगजनीको घटना देख्दा यो कतै नियोजित त थिएन भन्ने शंका हुन्छ। तर, हामीसँग कुनै पनि कुराको प्रमाण छैन,’ उनले भनेका छन्।
रिपोर्टमा संसद् भवनबाट दुई घण्टामा भीड सर्वोच्च अदालत हुँदै सिंहदरबार पुगेको दाबी गरिएको छ। भीड आएको आधा घण्टाभित्र सिंहदरबारबाट धुवाँको मुस्लो निस्केको र त्यसपछि ठूलो ज्वाला दन्किएको जनाइएको छ। त्यो ज्वाला भवन आफैँ जल्दा देखिने ज्वालाभन्दा सघन भएको र पहिले नै आगो फैलाउन रसायन राखिएको हुनसक्ने आशंका पनि गरिएको छ।
‘फोटोहरूमा आगजनीको आकार हेर्दा सोडियम वा म्याग्नेसियमजस्ता केमिकल प्रयोग गरिएको शंका मलाई छ,’ ढुंगानाको भनाइ छ, ‘तर, परीक्षण नगरी केही भन्न सकिन्न।’
यी रासायनिक पदार्थ मट्टीतेलजसरी किन्न नपाइने र तिनको प्रयोगपछि पनि ठूला भवन जलाउन कयौँ ग्यालेन इन्धन आवश्यक पर्ने रिपोर्टको दाबी छ।
त्यस्तै, सामान्यतयाः बन्द रहने सिंहदरबारका माथिल्लो तलाका झ्यालहरू खुला छाडिएको र त्यसले आगजनी फैलाउन मद्दत गरेको पनि रिपोर्टमा जनाइएको छ।
‘यो घटनालाई योजनाबद्ध षड्यन्त्र भन्न सकिने आधारहरू धेरै देखिन्छन्। भवनको आकार, त्यहाँ भएको विनाश र आगोको तीव्रतालाई हेर्दा,’ सिंगापुरस्थित फायर साइन्स फरेन्सिक्सका प्रमुख सल्लाहकार केनेथ की भन्छन्, ‘त्यसपछि प्रश्न उठ्छ, ‘आगो दन्काउने पदार्थ त्यो भवनभित्र कसरी पस्यो? के भित्री मिलेमतो थियो? सुरक्षाकर्मीले आफ्नो चौकी छाडेका थिए?’
प्रत्यक्षदर्शी र हिंसामा संलग्न व्यक्तिहरूको अनुसार आगजनी गर्नेहरूसँग इन्धनको भाँडो र सलेदोसहितको बोतल पनि रहेको रिपोर्टमा दाबी गरिएको छ। आगजनीमा सामेल तीन युवकले आफूहरूले अलगअलग सिफ्टमा काम गरेको बताएका छन्। अपरिचित व्यक्तिले मोटरसाइकलबाट तेल भरेर पेट्रोल बम बाँडेको उनीहरूको भनाइ छ। तीमध्ये दुई जनाले आक्रमणको भिडिओ पनि देखाएको रिपोर्टमा उल्लेख छ।
‘यो कसले गर्यो हामी जान्न चाहन्छौँ,’ प्रहरीको प्रयोगशालाका ढुंगानाले भनेका छन्, ‘तर, पत्ता लगाउन सकिन्नजस्तो लाग्छ।’


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया