SuchanaKendra

  • Radio Kushum


  • आज : २०८२ कात्तिक २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/६/२७ गते
    ७८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौ । गएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका साढे ६ हजारभन्दा धेरै कैदीबन्दीको विवरण सार्वजनिक भएको छ ।

    कारागार व्यवस्थापन विभागले वेबसाइटमार्फत कैदीबन्दीको नामावलीसहितको विस्तृत विवरण सार्वजनिक गरेको हो ।

    सार्वजनिक सूची अनुसार पाँच हजार आठ सय ६८ जना नेपाली, पाँच सय ४० जना भारतीय र एक सय आठ जना भारतबाहेकका अरू विदेशी कैदीबन्दी फरार रहेका छन् । अहिलेसम्म नौ हजार आठ जना कैदीबन्दी कारागार फिर्ता भएको विभागले जनाएको छ ।

    विभागका अनुसार फरार कैदीबन्दीहरूको खोजी तथा पक्राउ अभियानलाई अझ नियमित, सशक्त र समन्वयात्मक रूपमा अघि बढाउने निर्णय भएको छ । विभागले फरार कैदीबन्दीहरूलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आगामी पुष ९ देखि १९ गतेसम्म पर्वतमा आठौँ पर्वत महोत्सव आयोजना हुने

    पर्वत । पर्वत जिल्लामा आगामी पुष ९ गतेदेखि १९ गतेसम्म आठौं पर्वत महोत्सव आयोजना हुने...

    विहादी गाउँपालिका हाइटेक टनेल खेती विस्तार अभियानमा, ८० प्रतिशत अनुदानमा प्रस्ताव आह्वान

    पर्वत । कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायिकरणतर्फ डोर्‍याउने लक्ष्यसहित पर्वतको विहादी गाउँपालिका हाइटेक टनेल खेती...

    प्यान कार्ड र करसम्बन्धी सेवा अब स्थानीय तहबाटै दिइने

    काठमाडौं । स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) अब स्थानीय तहबाटै प्रदान गरिने भएको छ...

    साढे २ अर्ब खर्च कटौती गरेर गण्डकीले पुनर्निर्माणमा लगाउने

    पर्वत । गण्डकी प्रदेश सरकारले जेन–जी आन्दोलनको क्रममा क्षति भएका भौतिक संरचना पुनर्निर्माण गर्न चालु आर्थिक...

    अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

    म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दुई महिनाका अवधिमा १२...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं