
१हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
२पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
३पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
४फेरि किन भयो ग्यास अभाव ?
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
६सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
९सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
१०जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
११बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
६शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
७नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
८अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
९संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१०महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
११जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
१२भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो संस्थाबाट स्थापित तथा संचालित विभिन्न साहित्यिक पुरस्कारहरूको घोषणा गरेको छ । पर्वत साहित्य संगमका अध्यक्ष खेमराज शर्मा चापागाईंको अध्यक्षतामा बसेको बैठकले पुरस्कार छनौट समितिले गरेको प्रस्तावलाई अनुमोदन गरेको हो ।
साहित्य संगमले धौलागिरी क्षेत्रका साहित्यिक व्यक्तित्वहरुलार्इ हरेक दुई वर्षमा प्रदान गर्दै आएका विभिन्न ९ वटा पुरस्कारको समर्पणका लागि साहित्यकार तथा पर्वत साहित्य सङ्गमका संस्थापक अध्यक्ष इन्द्रकुमार विकल्पको संयोजकत्वमा साहित्यकार इन्द्रमान खत्री र डी आर शर्मा सदस्य रहेको कृति, विधा तथा योगदान मूल्यांकन तथा छनौट समिति गठन गरेको थियो ।
पर्वत साहित्य संगमबाट वर्ष २०८२ का लागि साहित्य सर्जक श्री राजेन्द्र पहाडीलाई पर्वत साहित्य संगम पुरस्कार, मोहन बहादुर मल्ल साहित्य प्रतिष्ठान पर्वतलाई नमुना शिक्षा तथा साहित्य पुरस्कार, श्री अजय मिलन श्रेष्ठ म्याग्दीलाई डिल्ली–राधा साहित्य पुरस्कार, श्री गोविन्दप्रसाद भुषाल पर्वतलाई मान–पदम स्मृति साहित्य पुरस्कार ,श्री सरस्वती शर्मा जिज्ञासुलाई संस्कृति साहित्य पुरस्कार, श्री लक्ष्मीप्रसाद शर्मा पर्वतलाई गोपि–नन्द स्मृति साहित्य पुरस्कार, जगन्नाथप्रसाद शर्मा लम्साल पर्वतलाई कृष्णा–उद्योग साहित्य पुरस्कार, श्री मछिन्द्रप्रसाद शाक्य बाग्लुङलाई अरनिको श्रीभद्र दिलकुमारी ललितकला पुरस्कार तथा श्री सुशिलबाबु थकाली अनुरागी मुस्ताङ्गलाई बलबहादुर–केशकुमारी साहित्य पुरस्कारले सम्मानित गर्ने भएको छ । घोषणा गरिएका पुरस्कारहरु आगामी २०८२ मङ्सिर २७ गते शनिबारका दिन एक भब्य साहित्यिक समारोह आयोजना गरी कुश्मामा सम्बन्धित साहित्यिक स्रष्टाहरुलाई समर्पण गर्ने तयारी गरिएको पर्वत साहित्य संगमका अध्यक्ष खेमराज शर्मा चापागाईले जानकारी दिनु भयो ।
स्मरणीय रहोस् पर्वत साहित्य संगमले विसं. २०७२ देखि साहित्यिक विधामा विभिन्न पुरस्कारहरु स्थापना तथा व्यवस्थापन गरी यस क्षेत्रका साहित्यिक स्रष्टा सर्जकहरुलाई उहाँहरुले पुर्याउनुभएको वाङ्मयिक योगदानको उच्च मूल्यांकन गर्दै समर्पण गर्दै आइरहेको छ ।


१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण

प्रतिक्रिया