SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/३/४ गते
    १३३२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, ।

    नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहकार्यको तयारी भएको छ । मुलुक अस्थिरताको बन्दी बन्न लागेको भन्दै दुवै दलका शीर्ष नेताहरुबीच सत्ता–सहकार्यको तयारी थालिएको उच्च स्रोतको दाबी छ । पछिल्लो समय एमाले नेताहरुले मुलुकलाई अस्थिरताको बन्धनबाट बाहिर निकाल्न र समृद्धिको यात्रालाई सहज ढंगले अघि बढाउनपनि दुई दलबीच सहकार्यको आवश्कत्ता औंल्याउन थालेका छन् ।

    एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालबाट मुलुक अघि बढ्न नसक्ने भन्दै जतिसक्दो चाँडो एमाले–कांग्रेसबीच सहकार्य थालिनुपर्ने कुरा सार्वजनिक रुपमै राखेका छन् । कांग्रेसमा पनि आफ्नै नेतृत्वमा सरकार निर्माण गर्नेबारे छलफल सुरु भएको चर्चा छ ।

    खासगरी पार्टीभित्र दुई गुटको नेतृत्व गरेका सभापति शेरबहादुर देउवा शेखर कोइराला एक ठाउँमा उभिन खोज्नुले पनि यसको संकेत गरेको चर्चा सुरु हुन थालेको छ । सभापति देउवा यतिवेला पत्नी आरजु राणासहित सिंगापुरमा छन् । उनी पेटसम्बन्धी उपचारको लागि सिंगापुरमा छन् । यता, प्रधानमन्त्री दाहालले कम्युनिष्ट घटकहरुलाई जोडेर भोलि (सोमबार) नयाँ समाजवादी मोर्चा घोषणा गर्दैछन् ।

    प्रधानमन्त्री दाहालले पछिल्लो समय सत्ता गुमाउनु परेपनि आफू तयार रहेको तर भ्रष्टाचारको विषयमा कसैसँग पनि सम्झौता नगर्ने बोल्न थालेका छन् । कतिपयले दाहालले समाजवादी मोर्चा गठनको पहल थाल्नु र सत्ता छोड्न पनि तयार रहेको भनेर दिएको अभिव्यक्तिलाई कांग्रेस नेतृत्वको गठबन्धन भत्किन लागेको भनेर चर्चा गर्न थालेका छन् ।

    कांग्रेस र एमालेबीच सहकार्य भए शेखर कोइराला प्रधानमन्त्रीमा प्रस्तावित हुनसक्ने चर्चा छ । सभापति देउवाले त्याग गर्न आफू तयार रहेको सन्देश कोइरालासमक्ष पुर्याएका छन् । उता, एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शेखर कोइरालालाई प्रधानमन्त्री बनाउनको लागि सहयोग गर्नसक्ने संकेत गरेका छन् । असारको दोस्रो सातासम्म एमाले र कांग्रेसबीच नयाँ गठबन्धन बनिसक्ने चर्चा हुन थालेको छ । देउवा सिंगापुरबाट काठमाडौं नफर्कँदै दुई दलबीच गठबन्धन बनाउनेबारे छलफल सुरु हुन थालेको स्रोतको दाबी छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं