
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
काठमाडौं, ।
नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहकार्यको तयारी भएको छ । मुलुक अस्थिरताको बन्दी बन्न लागेको भन्दै दुवै दलका शीर्ष नेताहरुबीच सत्ता–सहकार्यको तयारी थालिएको उच्च स्रोतको दाबी छ । पछिल्लो समय एमाले नेताहरुले मुलुकलाई अस्थिरताको बन्धनबाट बाहिर निकाल्न र समृद्धिको यात्रालाई सहज ढंगले अघि बढाउनपनि दुई दलबीच सहकार्यको आवश्कत्ता औंल्याउन थालेका छन् ।
एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालबाट मुलुक अघि बढ्न नसक्ने भन्दै जतिसक्दो चाँडो एमाले–कांग्रेसबीच सहकार्य थालिनुपर्ने कुरा सार्वजनिक रुपमै राखेका छन् । कांग्रेसमा पनि आफ्नै नेतृत्वमा सरकार निर्माण गर्नेबारे छलफल सुरु भएको चर्चा छ ।
खासगरी पार्टीभित्र दुई गुटको नेतृत्व गरेका सभापति शेरबहादुर देउवा शेखर कोइराला एक ठाउँमा उभिन खोज्नुले पनि यसको संकेत गरेको चर्चा सुरु हुन थालेको छ । सभापति देउवा यतिवेला पत्नी आरजु राणासहित सिंगापुरमा छन् । उनी पेटसम्बन्धी उपचारको लागि सिंगापुरमा छन् । यता, प्रधानमन्त्री दाहालले कम्युनिष्ट घटकहरुलाई जोडेर भोलि (सोमबार) नयाँ समाजवादी मोर्चा घोषणा गर्दैछन् ।
प्रधानमन्त्री दाहालले पछिल्लो समय सत्ता गुमाउनु परेपनि आफू तयार रहेको तर भ्रष्टाचारको विषयमा कसैसँग पनि सम्झौता नगर्ने बोल्न थालेका छन् । कतिपयले दाहालले समाजवादी मोर्चा गठनको पहल थाल्नु र सत्ता छोड्न पनि तयार रहेको भनेर दिएको अभिव्यक्तिलाई कांग्रेस नेतृत्वको गठबन्धन भत्किन लागेको भनेर चर्चा गर्न थालेका छन् ।
कांग्रेस र एमालेबीच सहकार्य भए शेखर कोइराला प्रधानमन्त्रीमा प्रस्तावित हुनसक्ने चर्चा छ । सभापति देउवाले त्याग गर्न आफू तयार रहेको सन्देश कोइरालासमक्ष पुर्याएका छन् । उता, एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शेखर कोइरालालाई प्रधानमन्त्री बनाउनको लागि सहयोग गर्नसक्ने संकेत गरेका छन् । असारको दोस्रो सातासम्म एमाले र कांग्रेसबीच नयाँ गठबन्धन बनिसक्ने चर्चा हुन थालेको छ । देउवा सिंगापुरबाट काठमाडौं नफर्कँदै दुई दलबीच गठबन्धन बनाउनेबारे छलफल सुरु हुन थालेको स्रोतको दाबी छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया