SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१/२२ गते
    १३२४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, ।

    नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले रास्वपाका सभापति रवि लामिछानेले सरकारमा सहभागी हुनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेको र आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग पनि राति १० बजेसम्म छलफल गरेको खुलासा गरेका छन् ।

    उनले रास्वपाले चुनाव जितेको कुरा आफूहरुले स्विकारेको र अझै धेरै चुनाव जिते अझै ठूलो हैसियत बन्ने भन्दै त्यसको लागि पनि शुभकामना दिए । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले रास्वपा सभापति लामिछानेलाई उठाएका विषय ईमानदारितापूर्वक कार्यान्वयन गर्न लागिपर्न सुझाव दिए । उनले भने,” बाहिर बाहिर एउटा विषय उठाउने अनि भित्रभित्र अर्को साँठगाँठ गर्ने काम नगरेको राम्रो । अस्ति प्रचण्डज्यूकोमा बसेर उहाँले कुन कुन मन्त्रालय माग्नुभयो भन्ने कुरा बाहिर आएकै छ । हिजोपनि राति १० बजेसम्म पनि बालकोटमा केपी ओलीज्यूकै, कोठामै उहाँलाई हामीले देखेकै हो । उहाँले भेटेको कुरा बाहिर आउँदैन् ।

    प्रचण्ड र हाम्रो अध्यक्ष भेटेको कुरा बाहिर आउँछ । उहाँका समथर्कहरुले केपी ओली र प्रचण्ड भेटेको कुरालाई फेसबुकमा रोइलो गर्छन्, उहाँको सभापति चाहीँ हिजो बेलुका ११ बजेसम्म केपी ओलीकै कोठामा छन् भन्ने कुरा उनीहरुले थाहा पाउँदैनन् । सूचना चाहीँ आंशिक ढंगले मात्रै सम्प्रेषण गरिएको छ ।”

    बस्नेतले एमालेले भ्रष्टाचारको मामिलामा कसैसँग सम्झौता नगर्ने बताए । उनले अहिलेको नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि जो कोही व्यक्ति संलग्न भएको प्रमाणित भए आफ्नो पार्टीले कसैलाई नबचाउने दाबी गरे । उनले राजनीतिक आग्रहको साथ फसाउन खोजिएको हो यसमा उचित छानबिन हुनुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं