SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१२/५ गते
    १०१४ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द,पर्बत । कावासोती तेक्वान्दो डोजाङ्ग कावासोतीको आयोजनामा हिजो कावासोतीमा जुनियर बेल्ट प्रमोशन, ब्ल्याक बेल्ट प्रमाण पत्र वितरण तथा खेलाडी सम्मान कार्यक्रम गरेको छ । कावासोतीमा रहेको शिद्धार्थ आवासीय माविमा भएको कार्यक्रममा कावासोतीका ६० जनालाई ब्ल्याक बेल्ट वितरण गरिएको थियो । त्यसैगरी जुनियर बेल्ट अन्तरगत करिब २ सय जनालाई बेल्ट प्रमोशन गरिएको कावासोती तेक्वान्दो डोजाङ्गका अध्यक्ष तेजबहादुर कुवर क्षेत्रीले बताए ।

    त्यसैगरी कार्याक्रममा अन्तराष्ट्रिय, राष्ट्रिय, प्रदेश स्तरीय खेलका प्रथम, द्वितीय र तृतीय भएका कावासोतीका खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो । कावासोती ३ का वडा अध्यक्ष डोरमान गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघ गण्डकी प्रदेशका अध्यक्ष खड्कबहादुर गुरुङ, गण्डकी प्रदेश सचिव सुरज ढकाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुन, शिद्धार्थ आवासीय माविका कलादेवी दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघ नवलपुरका अध्यक्ष इन्द्रबहादुर राना, उपाध्यक्ष कृष्णमान श्रेष्ठ, खेलाडी सहभागी विद्यालयका शिक्षक तथा अभिभावकहरु लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघ गण्डकी प्रदेश अध्यक्ष खडक बहादुर गुरुङले आज भोली हामीले उपभोग गर्ने विषादी युक्त मिसावट खाना र बिलाशिताको जीवनयापनले मानिसहरुमा छिटो रोग लाग्ने गरेको हूँदा दिनमा एक पटक शारीरिक ब्यायम गर्दा केही हदसम्म रोगप्रतिरक्षा गर्ने शक्ति आर्जन गरी निरोगी हुने र राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा नेपालले उत्कृष्ट कलाकौशल हासिल गरेको यश खेल सबैले खेल्दा राम्रो हुने बताउनु भयो ।

    कार्यक्रममा प्रमुख अतिथि डोरमान गिरीले तेक्वान्दो खेलको विकासको लागि स्थानीय निकायबाट सहयोग तथा पहल गरिदिने प्रतिवद्धता जाहेर गर्नु भयो । कावासोतीमा शिद्धार्थ आवासीय मावि, नोबेल एकेडमी, गण्डकी आवासीय मावि, लर्ड बुद्ध इङ्गलिस बोडिङ्ग स्कुल, सहिद स्मृति मावि, जीवन ज्योति मावि र भाट्टटोलका खेलाडीहरुको बेल्ट प्रमोशन गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं