SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/२/२५ गते
    १६९४ &#२३४६;&#२३३५;&#२३२५;

    उदय अतीत :- स्याङ्जा
    भर्खरै मात्रै सामाजिक संजाल युटुब च्यानल प्रेम सोनी सुनार बाट सार्वजनिक भएको गीति एल्बम “एक्लो न्याउली” ले पछिल्लो समयमा समाजमा घटेको घटनालाई चित्रण गरेको छ।

    उक्त भिडियोमा देखाईएको छ कि अाफ्नो प्रेमी सँग माया प्रेममा परि पेटमा गर्भ रहेको थहा पाएपछि प्रेमीले छोडेको र उक्त प्रेमीका अाफ्नो जिन्दगीलाई मृत्युमा परिणत गर्न खोज्दा एउटा गाउको सोझो व्यक्तिलेेेेेेेे बचाउन पुग्छ र उक्त महिलाको कुरा थहा पाएपछि त्यहि पुरुषले उसलाई श्रीमतीको रुपमा स्विकार्दै अाफ्नो घर लिएर जान्छ।

    गर्भमा रहेको बच्चा छोरी बनेर जन्म लिन्छिन केही बर्षको अन्तराल पछि उक्त महिला पर पुरुषको सम्पर्कमा जान्छिन र पर पुरुष सँग माया बस्छ।

    एउटा गरिब गाउको सोझो केटोले केटिको दुख देख्न नसकेर उसलाई स्विकारेको हुन्छ, तर उक्त केटाको गरिविको फाईदा केटिले उठाएर परपुरुष सँग सम्बन्ध बनाउन पुग्छे,जब केेेेटिले अाफ्नो श्रीमानलाई छोडेर परपुरुष सँग भागेर सहर जान्छे उसलाई परपुरुषले कोठिमा देह व्यापार गराएको उक्त भिडियोमा देखाईएको छ।

    जब उक्त महिलालाई केही समाजसेवी व्यक्तित्वले उद्दार गरेर पुर्ण पहिलेकै श्रीमानको घरमा पुर्याउछन र श्रीमानले श्रीमतीका कुरा हरु थहा पाएपछि श्रीमानले मृत्युनै अन्तिम बिकल्प रोज्न पुग्छन,र अाफ्नो देह त्याग गर्छन।

    हाम्रो नेपाली समाजमा छोरि मान्छेले दागबत्ती दिन हुदैन भन्ने चलन लाई यो भिडियोले अन्त्य गरेको देखाईएको छ। उक्त भिडियोमा देह त्याग गरेपछि दागबत्ती छोरिले दिएको देखाईएको छ।

    अत्यन्तै मार्मिक शब्द र उत्तिकै भाव बोकेको अभिनय देखाईएको छ। उक्त गित कुसल बेलवासे र शान्ति श्री परियारको अावाज रहेको छ, भने त्यसमा अभिनय प्रेम सोनी सुनार, जुनु गुरुङ र बाल कलाकार कुसुम घर्ती मगरको अभिनय रहेको छ।

    उक्त गितका शब्द सर्जक अनिस दवाडि रहेका छन भनेेेे त्यसको निर्देशन बिनोद भण्डारीले गरेका छन भने प्रेम सोनि अफिसियल युटुब च्यानल बाट उक्त गीति एल्बम सार्वजनिक गरिएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं