SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१०/२२ गते
    २२७३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । सुत्केरी व्याथाले च्यापेपछि म्याग्दी मालिका गाउँपालिका वडा नं. ४ की २१ वर्षकी तोरण पटेल म्याग्दी जिल्ला अस्पतालमा पुगिन् । म्याग्दी अस्पतालमा सबै परिक्षण सकेपछि बच्चाको मुटुको धड्कन बढेको भन्दै चिकित्सकहरुले अपरेशन गर्नुपर्ने बताए ।

    अस्पतालमा विद्युत आपूर्तीमा समस्या भएपछि अपरेशन गर्न नसकिने जानकारी दिए । तत्कालै बाग्लुङ जिल्ला अस्पताल लैजान सल्लाह दिए । बाग्लुङ अस्पतालमा पनि झरीका कारण अपरेशन गर्ने कपडा अभाव भएको भन्दै नसकिने जानकारी दिए ।

    बाग्लुङमा पनि नहुने भएपछि हामी हतास भयौं पोखरा लैजान तयारी गर्दै थियौं बिरामीको आफन्त सिता विकले भनिन् तत्कालै सरहरुले पर्वत अस्पतालमा अपरेशन गर्ने बताएपछि सबै सामान बोकेर यता आएका हौं ।

    राती १०.३० बजे अस्पताल पुगेकी पटेको सहज रुपमा अपरेशन सफल भएर आमा बच्चा दुबै स्वस्थ रहेको पर्वत अस्पतालका सूचना अधिकारी लक्ष्मण शर्माले जानकारी दिए । उनका अनुशार हिजो परेको झरी र दिनभरी ३ वटा अपरेशन भै सकेकाले कपडा अभाव भएको र बेनीबाटै अपरेशनका लागि आवश्यक पर्ने कपडा मगाएर सफल शल्यक्रिया गरिएको बताए ।

    पर्वत जिल्ला अस्पतालले सेवा सुधार गरेसँगै जिल्लाका साथै बाहिरी जिल्लाबाट समेत सहज ढंगले विशेषज्ञ सेवा लिइरहेको डा. डिबि क्षेत्रीले जानकारी दिए । उनका अनुसार अहिले सुत्केरी, हाईड्रोशिल, हर्निया, एपेडिसाईटिस लगायतका शल्यक्रिया र विशेषज्ञ सेवा पाउन थालेपछि बिरामीको चाप बढिरहेको छ ।

    अस्पतालमा प्रयाप्त दरबन्दी र विशेषज्ञ डाक्टरहरु कम भएकाले सोचेजस्तो सेवा दिन नसकेपछि सुधारात्मक हिसावले काम भईरहेको पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले जानकारी दिए । उनका अनुसार दरबन्दीको व्यवस्था मिलाउन प्रदेश सरकारसँग माग गरिएको र छिटै नै दरबन्दी पनि थप हुने बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं