SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/१२ गते
    १२७३ &#२३४६;&#२३३५;&#२३२५;

    उदय अतित,  स्याङ्जा |

    नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशका सचिव दबेन्द्र पराजुलीले अब देश माओवादीमय बन्ने बताउनुभयो ।
    नेकपा माओवादी केन्द्र जिल्ला समन्वन समिति स्याङ्जाको वालिङमा भएको विस्तारित बैठकलाई सम्बोधन गर्दै पराजुलीले एमाले, कांग्रेसको जनतामा जाने एजेण्डा हराएको भन्दै अब जनताले माओवादीलाई साथ दिने बताउनुभयो ।

    उहाँले नेकपा भित्र देखिएको बहस, विवाद बिभाजनमा गएको संकेत गर्दै सच्चा क्रान्तिकारी र यथास्थीतीवादी बीच धुर्विगरण हुने क्रम सुरुभएको बताउनुभयो ।

    पराजुलीले नयाँ परिवेशमा माओवादीले पार्टीलाई व्यवस्थित र संगठित बनाउँदै लगेकाले माओवादी पार्टी विस्तारको कामले क्रान्तिकारी छालाङ मार्नेमा जोड दिनुभयो ।

    उहाँले जिल्लामा रहेका नेता कार्यकर्ताहरुलाई जनतामाझ ठोक्किन र जनताका सुख्खदुखमा एकाकार हुन सुझाब दिनुभयो ।
    कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समन्यन समिति स्याङ्जाका ईन्चार्ज शैलेन्द्र घिमिरेले जनताका काम गर्न माओवादीले काम गर्ने तरिका बदल्न लागेको बताउनुभयो ।

    उहाँले माओवादी पार्टी नबिग्रिएको दावी गर्दै बरु हिजो भएका स्वार्थी, अवसरीवादी, ईमान्दार नभएका, सच्चा क्रान्तिको पीडा विर्सिएका बाहिरिदै गएको बताउनुभयो । उहाँले माओवादी पार्टीको विस्तार र विकास एक जाँदा दुई बनाउने सुत्र अनुसार अगाडि वढ्ने बताउनुभयो ।

    त्यस्तै गण्डकी प्रदेशका बन वातावरण तथा भू–संरक्षण मन्त्री दिपक चर्तिमगरले प्रचण्डले क्रान्तिलाई धोका नदिएको भन्दै बरु माओवादी जनयुद्धलाई सफल अवतरण गराउनुभएको बताउनुभयो । उहाँले हिजोका बुर्जुवा पार्टीले जनताका मुद्धा सम्बोधन गर्न नसकेकाले माओवादी पार्टी जन्माउन परेको बताउनुभयो ।

    मन्त्री थापाले गणतन्त्र संघियता, धर्म निरपेक्षता, समावेसी, समानुपातीक माओवादीका एजेण्डा भएको भन्दै यी चिजलाई संस्थागत गर्नपनि माओवादी आवस्यक पर्ने बताउनुभयो ।

    कार्यक्रममा नेकपा माओवादी केन्द्र कालीगण्डकी गाउँपालिकाका सचिव आशिस न्यौपाने, गल्याङ नगरपालिका सचिब चित्र बहादुर राना, चापकोट नगरपालिकाका अध्यक्ष रुकविर विश्वकर्मा, वालिङ नगरपालिकाका अध्यक्ष रमेश अर्याल, भीरकोट नगरपालिकाका सचिव रमेश ढुङ्गाना, पुतलीबार नगरपालिकाका सचिव जिवन थापा, आँधीखोला गाउँपालिकाका सचिव गिरीधारी पोखरेल, विरुवा गाउँपालिकाका अध्यक्ष नारायणशिंह गुरुङ, हरिनास गाउँपालिकाका अध्यक्ष प्रेम हमाल लगाएतले आफ्नो आफ्नो पालिकाको पार्टीको अवस्थाका पारेमा रिपोर्ट गरेका थिए ।

    कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समन्यन समिति स्याङ्जाका संयोजक प्रकाश न्यौपाने (किरण) ले जिल्लाभरको पार्टी संगठन, पार्टी नविकरणका गतिविधि र भावी कार्यक्रमका बारेमा जानकारी दिनुभयो । सोही अवसरमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार शोभाखर ढकाल, डिल्लीराम रिजाल, जेष्ठ कम्युनिस्ट मञ्च केन्द्रका सदस्य गिरधारी कोईरालालाई सम्मान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं