
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
उदय अतित, स्याङ्जा |
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशका सचिव दबेन्द्र पराजुलीले अब देश माओवादीमय बन्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वन समिति स्याङ्जाको वालिङमा भएको विस्तारित बैठकलाई सम्बोधन गर्दै पराजुलीले एमाले, कांग्रेसको जनतामा जाने एजेण्डा हराएको भन्दै अब जनताले माओवादीलाई साथ दिने बताउनुभयो ।
उहाँले नेकपा भित्र देखिएको बहस, विवाद बिभाजनमा गएको संकेत गर्दै सच्चा क्रान्तिकारी र यथास्थीतीवादी बीच धुर्विगरण हुने क्रम सुरुभएको बताउनुभयो ।
पराजुलीले नयाँ परिवेशमा माओवादीले पार्टीलाई व्यवस्थित र संगठित बनाउँदै लगेकाले माओवादी पार्टी विस्तारको कामले क्रान्तिकारी छालाङ मार्नेमा जोड दिनुभयो ।
उहाँले जिल्लामा रहेका नेता कार्यकर्ताहरुलाई जनतामाझ ठोक्किन र जनताका सुख्खदुखमा एकाकार हुन सुझाब दिनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समन्यन समिति स्याङ्जाका ईन्चार्ज शैलेन्द्र घिमिरेले जनताका काम गर्न माओवादीले काम गर्ने तरिका बदल्न लागेको बताउनुभयो ।
उहाँले माओवादी पार्टी नबिग्रिएको दावी गर्दै बरु हिजो भएका स्वार्थी, अवसरीवादी, ईमान्दार नभएका, सच्चा क्रान्तिको पीडा विर्सिएका बाहिरिदै गएको बताउनुभयो । उहाँले माओवादी पार्टीको विस्तार र विकास एक जाँदा दुई बनाउने सुत्र अनुसार अगाडि वढ्ने बताउनुभयो ।
त्यस्तै गण्डकी प्रदेशका बन वातावरण तथा भू–संरक्षण मन्त्री दिपक चर्तिमगरले प्रचण्डले क्रान्तिलाई धोका नदिएको भन्दै बरु माओवादी जनयुद्धलाई सफल अवतरण गराउनुभएको बताउनुभयो । उहाँले हिजोका बुर्जुवा पार्टीले जनताका मुद्धा सम्बोधन गर्न नसकेकाले माओवादी पार्टी जन्माउन परेको बताउनुभयो ।
मन्त्री थापाले गणतन्त्र संघियता, धर्म निरपेक्षता, समावेसी, समानुपातीक माओवादीका एजेण्डा भएको भन्दै यी चिजलाई संस्थागत गर्नपनि माओवादी आवस्यक पर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र कालीगण्डकी गाउँपालिकाका सचिव आशिस न्यौपाने, गल्याङ नगरपालिका सचिब चित्र बहादुर राना, चापकोट नगरपालिकाका अध्यक्ष रुकविर विश्वकर्मा, वालिङ नगरपालिकाका अध्यक्ष रमेश अर्याल, भीरकोट नगरपालिकाका सचिव रमेश ढुङ्गाना, पुतलीबार नगरपालिकाका सचिव जिवन थापा, आँधीखोला गाउँपालिकाका सचिव गिरीधारी पोखरेल, विरुवा गाउँपालिकाका अध्यक्ष नारायणशिंह गुरुङ, हरिनास गाउँपालिकाका अध्यक्ष प्रेम हमाल लगाएतले आफ्नो आफ्नो पालिकाको पार्टीको अवस्थाका पारेमा रिपोर्ट गरेका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समन्यन समिति स्याङ्जाका संयोजक प्रकाश न्यौपाने (किरण) ले जिल्लाभरको पार्टी संगठन, पार्टी नविकरणका गतिविधि र भावी कार्यक्रमका बारेमा जानकारी दिनुभयो । सोही अवसरमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार शोभाखर ढकाल, डिल्लीराम रिजाल, जेष्ठ कम्युनिस्ट मञ्च केन्द्रका सदस्य गिरधारी कोईरालालाई सम्मान गरिएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया