SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/२५ गते
    १०८३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न २ देउपुर स्थित पातिचौर बजारबाट ६ जना जुवाडे पक्राउ परेका छन् । जुवा, तास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्वतले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

    जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार पक्राउ परेकाहरुबाट नगद ७५ हजार ७ सय २० रुपैंया बरामद भएको छ । पातिचौर बजारमा महेश कुमार शर्मा नाम गरेका ब्यक्तिको घरबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरुमा मोदी गाउँपालिका वडा न २ बस्ने ३८ बर्षका टेकबहादुर पुर्जा, सोहि ठाउँका ५० बर्षका थामबहादुर विश्वकर्मा, ४८ बर्षका कुलबहादुर हमाल, ४० बर्षका लेखबहादुर मल्ल, ७३ बर्षका रामचन्द्र शर्मा र मोजी ५ बाजुङका ५५ बर्षिय दुर्गाबहादुर पौडेल रहेका छन् ।

    पक्राउ परेकाहरुलाई प्रहरीले जुवास तास खेल्न वा सट्टावाजी गर्न नहुने कसुर अन्तर्गत मुद्धा दर्ता गरेको छ । मुद्धा दर्ता गरेका उनीहरुलाई अनुसन्धानका लागि १० दिन थुनामा राख्न म्याद थप गरिएको प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । प्रहरीले गोप्य सुचनाका आधारमा उक्त स्थानमा छापा मार्दा उनीहरुले जुवा तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं