SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/२ गते
    १०४० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बसेको छ । शुक्रबार एकैदिन स्थायी कमिटी र संसदीय दलको बैठक बसेको हो । पहिले स्थायी कमिटी बैठक बसेको थियो भने त्यसपछि संसदीय दलको बैठक बसेको थियो ।

    स्थायी कमिटी बैठकले कार्यदल तहमा भएको १० बुँदे सहमतिलाई अनुमोदन गर्दै कार्यदल नै विघटन गर्ने निर्णय गरेको छ । साथै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको थियो ।

    तर, संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहलाई पार्टी फुटाउन सहज गरिदिन सरकारले अध्यादेश ल्याउने शंका व्यक्त गरेका छन् ।

    सिंहदरबारस्थित संसद भवनको ल्होत्से हलमा शुक्रबार दिउँसो बसेको संसदीय दलको बैठकमा संसदीय दलका नेता समेत रहेका ओलीले भने, ‘‘एमालेविरूद्ध अझ धेरै षडयन्त्र हुनेछ। सदन छोटो समय बसेर टुङ्ग्याउन सक्छन्। अध्यादेश ल्याएर हाम्रो पार्टी फोर्न प्रयास गर्छन्।’

    प्रधानमन्त्री देउवाले संसदको अधिवेशन अन्त्य गरेर एमाले विभाजनका लागि अध्यादेश ल्याउन सक्ने आशंका ओलीले गरेका हुन् ।

    साथै ओलीले नेता नेपाललाई अपराधिको संज्ञा पनि दिएका छन् । नेता नेपालले आफ्नो पार्टीको सरकार ढालेर विपक्षी दलको सरकार बनाउने अपराध गरेको भन्दै ओलीले नेपाल समूहका अरु नेताहरु एमालेमै फर्किए पनि नेता नेपाललाई भने कुनै स्थान नरहेको बताए ।

    नेपाल समूहका अरु नेताहरु पार्टीमा आउँछन् भने आउँन्, तर मुख्य अपराधि माधव नेपाललाई भने अब पार्टीमा कुनै ठाउँ छैन’, आक्रोशित हुँदै बैठकमा ओलीले भने ।

    यसअघि प्रधानमन्त्री निवास छाडेर आफ्नो निजी निवास बालकोटा पुगेपछि घरको बरण्डामा निस्किएर ओलीले नेता नेपाललाई गद्दारको संज्ञा दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं