SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/२५ गते
    २२०२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति तय भएपछि पर्वत जिल्लामा पनि पार्टीको आन्तरिक चुनावी चहलपहल बढेको छ । केन्द्रमा जस्तै जिल्लामा पनि विभिन्न समूहमा विभाजित नेताहरु आ–आफ्नो पक्षको आन्तरिक तयारीमा रहेका छन् ।

    केन्द्रमा शेर बहादुर देउबा, रामचन्द्र पौडेल र शसांक कोईरालाहरुले सभापतीमा दाबी गरेसँगै पर्वतमा पनि ३ वटै समूहबाट जिल्ला सभापतिका लागि आकांक्षीहरु समूहगत रुपमा छलफल गरिरहेकाछन् । केन्द्रमा रहेका ३ समूह अन्तर्गत विभाजित भएपनि पर्वतमा भने कांग्रेसका केन्द्रीय सदस्य तथा संबिधान सभाका सदस्य अर्जुन प्रसाद जोशी र नवराज गुरुङ्गका बीचको पहिलादेखिको टकराव यस पटक पनि रहेको नेता तथा कार्यकर्ता बताउँछन् ।

    यस अघिको महाधिवेशनमा देउवा ईतरको समूहका रहेका जोशीले क्याम्प परिवर्तन गरि देउवा समूहमा नै लागेपछि केन्द्रमा एउटै समूह भएपनि जिल्लामा भने त्यसको विपरित हुने गरि गोप्य भेलाहरु बसिरहेको बताईन्छ । पर्वत काँग्रेसको राजनीतिमा जोशीको प्रभाव बढि भएपनि पछिल्लो समय क्याम्प परिवर्तन गरेसँगै पहिलाको संस्थापन मानिने नेता कार्यकर्ताहरुले देउवाको समूहमा जाने अस्विकार गरेको र पहिलाका देउवा पक्षका मानिनेहरुले पनि सहयोग गर्ने नदेखिएको स्रोतको दाबी छ ।

    यसले गर्दा आगामी अधिवेशनमा जिल्लामा नयाँ नतिजा आउनसक्ने आँकलन गरिएको छ । जिल्लाको पुरानो संस्थापन पक्ष र पुरानो प्रजातान्त्रिक काँग्रेस पक्षको तालमेल हुने अनुमान समेत गरिएको छ ।

    आगामी साउन १२ गते तोकिएको महाधिवेशनमा ५ गाउँपालिका र २ नगरपालिकाका ६१ वडाका करिब १२ सय प्रतिनिधीले भाग लिने जनाईएको छ । काँग्रेस पर्वतमा ९ हजार ६ सय क्रियाशील सदस्य टुंगो लागेको भएपनि केही वडाहरुमा भने सदस्यता विवाद रहेको छ ।

    सभापतिका आकांक्षी ८ जना
    नेपाली काँग्रेसको जिल्ला सभापतिका लागि जिल्ला आकांक्षीहरुको चर्चा शुरु भएको छ । सभापतीमा आकांक्षीहरुमा वर्तमान पार्टी सभापति खिम प्रसाद भुसाल, वर्तमान महासमिति सदस्य तथा पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, महासमिति सदस्य गंगाधर तिवारी, महाधिवेशन प्रतिनिधी तथा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, महाधिवेशन प्रतिनिधी युवराज जोशी, उपसभापती दुर्गा बहादुर खत्री, वर्तमान कोषाध्यक्ष तथा जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल, पार्टी सचिब विश्व प्रसाइको नाम चर्चामा रहेको छ । यी आकांक्षी मध्ये रामचन्द्र जोशी वाहेकका सबै शेर बहादुर देउवा निकट मानिएका रहेकाछन् । दुर्त खबरबाट 

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं