
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति तय भएपछि पर्वत जिल्लामा पनि पार्टीको आन्तरिक चुनावी चहलपहल बढेको छ । केन्द्रमा जस्तै जिल्लामा पनि विभिन्न समूहमा विभाजित नेताहरु आ–आफ्नो पक्षको आन्तरिक तयारीमा रहेका छन् ।
केन्द्रमा शेर बहादुर देउबा, रामचन्द्र पौडेल र शसांक कोईरालाहरुले सभापतीमा दाबी गरेसँगै पर्वतमा पनि ३ वटै समूहबाट जिल्ला सभापतिका लागि आकांक्षीहरु समूहगत रुपमा छलफल गरिरहेकाछन् । केन्द्रमा रहेका ३ समूह अन्तर्गत विभाजित भएपनि पर्वतमा भने कांग्रेसका केन्द्रीय सदस्य तथा संबिधान सभाका सदस्य अर्जुन प्रसाद जोशी र नवराज गुरुङ्गका बीचको पहिलादेखिको टकराव यस पटक पनि रहेको नेता तथा कार्यकर्ता बताउँछन् ।
यस अघिको महाधिवेशनमा देउवा ईतरको समूहका रहेका जोशीले क्याम्प परिवर्तन गरि देउवा समूहमा नै लागेपछि केन्द्रमा एउटै समूह भएपनि जिल्लामा भने त्यसको विपरित हुने गरि गोप्य भेलाहरु बसिरहेको बताईन्छ । पर्वत काँग्रेसको राजनीतिमा जोशीको प्रभाव बढि भएपनि पछिल्लो समय क्याम्प परिवर्तन गरेसँगै पहिलाको संस्थापन मानिने नेता कार्यकर्ताहरुले देउवाको समूहमा जाने अस्विकार गरेको र पहिलाका देउवा पक्षका मानिनेहरुले पनि सहयोग गर्ने नदेखिएको स्रोतको दाबी छ ।
यसले गर्दा आगामी अधिवेशनमा जिल्लामा नयाँ नतिजा आउनसक्ने आँकलन गरिएको छ । जिल्लाको पुरानो संस्थापन पक्ष र पुरानो प्रजातान्त्रिक काँग्रेस पक्षको तालमेल हुने अनुमान समेत गरिएको छ ।
आगामी साउन १२ गते तोकिएको महाधिवेशनमा ५ गाउँपालिका र २ नगरपालिकाका ६१ वडाका करिब १२ सय प्रतिनिधीले भाग लिने जनाईएको छ । काँग्रेस पर्वतमा ९ हजार ६ सय क्रियाशील सदस्य टुंगो लागेको भएपनि केही वडाहरुमा भने सदस्यता विवाद रहेको छ ।
सभापतिका आकांक्षी ८ जना
नेपाली काँग्रेसको जिल्ला सभापतिका लागि जिल्ला आकांक्षीहरुको चर्चा शुरु भएको छ । सभापतीमा आकांक्षीहरुमा वर्तमान पार्टी सभापति खिम प्रसाद भुसाल, वर्तमान महासमिति सदस्य तथा पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, महासमिति सदस्य गंगाधर तिवारी, महाधिवेशन प्रतिनिधी तथा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, महाधिवेशन प्रतिनिधी युवराज जोशी, उपसभापती दुर्गा बहादुर खत्री, वर्तमान कोषाध्यक्ष तथा जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल, पार्टी सचिब विश्व प्रसाइको नाम चर्चामा रहेको छ । यी आकांक्षी मध्ये रामचन्द्र जोशी वाहेकका सबै शेर बहादुर देउवा निकट मानिएका रहेकाछन् । दुर्त खबरबाट



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया