SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१/४ गते
    ११७२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत। लोकदोहारी गायक युवराज भुषालले नयाँ बर्ष सँगै वियोगान्त एकल गित सार्वजानिक गरेका छन् । लामो समयको मेहनत र अन्तरालपछि भुषालले ‘छोडेनन् यि आँखा रसाउन’ बोलको एकल गित सार्वजानिक गरेका हुन् । गित सार्वजानिक गरेको छोटो समयमै राम्रो भ्यूज र प्रतिक्रिया पाएको भुषालले बताए । गायक भुषालले यसअघि पनि धेरै वियोगान्त गितहरु बजारमा ल्याएका थिए ।

    भुषालका तिर्खा पानीको,मनको धोको नरोई नरोई बस मेरी सानी र के पिर प¥यो बहिनी खेली लोकदोहोरी जस्तो दर्जन गितहरु अझै चर्चित छन् ।

    भुषालले ‘छोडेनन् यि आँखा रसाउन’ बोलको गितमा माया प्रेममा विछोडिएका पीडिहरुलाई लक्षित गरेर गित बजारमा ल्याएका हुन् । उनले भने,‘लेख्दा माया प्रेममा विछोडिए जोडिएहरुलाई सम्झीएर लेखे, अव सबै विछोडिएका जोडिहरुमा समर्पित गर्न चाहान्छु ।’गितमा शव्द, संगित र स्वर मात्र होईन अभिनय पनि गायक भुषालले गरेका छन् । अभिनयमा उनलाई चर्चित मोडल आयुष्मा कार्कीले साथ दिएकी छन् । गितमा संगित संयोजन चर्चित गायक बिमलराज क्षेत्रीले गरेका हुन् ।

    गितको म्युजिक भिडियो निकै कारुणिक बनेको छ । म्युजिक भिडियोको छाँयाकन पर्वतको विहादी गाउँपालिकामा गरिएको हो । उनको जन्मगाउँनै विहादी भएकाले पनि यस क्षेत्रका धार्मिक एवम् पर्यटकिय क्षेत्रलाई भिडियोमा समेटिएकोे छ । गितको म्युजिक भिडियोमा विश्व प्रसिद्ध शालिग्राम शिला, कालीगण्डकी नदीको सेरोफेरा, आफैले अध्ययन गरेको विद्यालय र गाउँबस्तीलाईको परिवेशमा छाँयाकन गरिएको हो । उक्त गित लोचन कृयशन नेपाल मार्फत सार्वजानिक गरिएको हो । भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् । भुषालले आफ्नै यूटुव च्यानलबाट गित सार्वजानिक गरेका हुन् ।

    गित सार्वजानिक गदै भुषालले भनेका छन्,‘नव बर्ष २०७८ को शुभकामना सहित वियोगान्त एकल लोकगीत लिएर आएको छु । ठेट र मौलिकतामा जोडिएकाले यो गित गाउँघर मात्र नभएर प्रदेशमा हुनुभएका हाम्रा नेपाली बुवाआमा, दाइभाइ, दिदीबहिनीको मन मस्तिष्कमा बस्ने छ भन्ने आशा छ ।,’ साथै गित हेरेर लाईक, कमेन्ट, शेयर र सब्स्क्राईव गरेर साथ दिनुहुनेछ भन्ने अपेक्षा गर्दछु,।’
    म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं