SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/१३ गते
    १५८२ &#२३४६;&#२३३५;&#२३२५;

    गोपी अधिकारी सर सर्वप्रथम बधाई तथा शुभकामना !
    पर्बत जिल्लाले अहिले सम्म कैयौ अध्यक्ष र सदस्यहरुको कार्यसमिति चयन गर्दै आएको सबैलाई बिधित नै छ। तर पनि किन हो किन यहाँका ब्यापारी ,लगानीकर्ताहरुलाई ठोस फाइदा उल्लेख्य रुपमा भएको देखिदैन।केहि ठुला ब्यापारी र ब्यबसायमा मात्र सिमित देखिन आएको छ, अब हजुरका लागी यो अवसर र चुनौती दुबै छ यो नहोस् भित्तामा चिपकाउने नामका तस्बिर ,पद ,प्रतिष्ठा मात्र ! आगामी आफ्नो

    कार्यकाल केहि भाषण ,भ्रमण र उदघाटन जस्ता बिषयलाई मूल नबनाएर आफ्नो कार्यलाई कामलाई बिशेष महत्व दिनु होला।
    हामी बिदेशमा बस्नेलाई आफ्नो ठाउँमा सुरक्षित लगानी गर्ने बातावरण कसरी गर्न सकिन्छ त्यो बारेमा या स्वदेसमा नै रहेका नया गर्न चाहने ब्यापारीलाई कसरी ब्यापार ब्यबसाय गराउन सकिन्छ त्यों तर्फ बिशेष जोड दिनु होला। लगानी मैत्री योजनाहरु ,उद्योग कलकरखाना स्थापना ,पर्यटन हब, कृषि,शिक्षा ,सडक ,स्वास्थ्यका अति आवश्यक कार्यलाई कसरी गर्न सकिन्छ त्यो हजुरको कार्यकालमा हुन सके अझ उत्तम हुन सकने देखिन्छ।

    अवको हजुरको कार्याकालमा व्यापार, व्यवसाय र उद्योगलाई बढवा दिने खालका नीति निर्माण गर्ने ,कार्य योजना तयार पार्ने आवश्यक देखिन्छ।उत्तरी भेगमा रहेका जल, जंगल र जडिबुडी सदुपयोग गरेर,पर्यटन सँग सम्बंधित थुप्रै लाभ लिन सकिने सम्भावना हुँदा हुदै पनि कुनै सरोकार निकाय मौन रहेको छ यसमा अबको हजुरको पालामा यसले नया सुरुवात गर्नेमा योगदान गर्नु होला। अव हजुरले पहिचान गरेर यसलाई थप बृद्धि,संवृदी तर्फ पहल गर्न स्थानीय निकाय,प्रदेश सरकार सँग पहल गर्नु होला र राज्यले पनि साथ दिने प्रतिबद्ध प्रकट गराउनु होला । आगामी दिनहरूमा पलायन व्यापारी,पलायन भएका युवा,कोरोनाले घटाएका ब्यापार ब्यापारी, दैवी प्रकोपबाट क्षती भएका उद्योग व्यापारीहरुलाई पुनस्र्थापना गर्ने तर्फ पनि ध्यान दिनु होला।

    व्यवसायलाई सुरक्षित गर्न बिमा कम्पनीसंग सहकार्य गरेर निर्जीवन बिमा सञ्चालन गर्ने, उत्कृष्ट व्यापारीहरुलाई सम्मान गर्ने ,स्वदेशी उत्पादनहरुको प्रबधंन गर्ने , मेला महोत्सव सञ्चालन नाच गान मनोरन्जन भन्दा पनि स्वदेसी उत्पादन,जात जातिका खाना ,भेषभुषा, संस्कृति झलकने झांकी,जातजाति रीतिरिवाज साहित्य ,खेलकूदका मैदान ज्ञान, इतिहास, ऐतिहासिक संग्राहलय बनाउनलाई प्राथमिकता दिने खालको योजना गर्नु होला।

    संघले विविध योजनाहरु अघि सारेपनि व्यवसायीहरुले खुला रुपमा व्यवसाय प्रवद्र्धन गर्नमा चुनौती रहेको , व्यवसायीहरुमा अस्वस्थ प्रतिस्पर्धा, सरोकारवाला निकायसंग प्रत्यक्ष पहुँच नहुनु, सम्भावना भएपनि उद्योग कलकरखाना सञ्चालन हुन नसक्नु र उद्योगका लागि कच्चा पदार्थ तथा दक्ष जनशक्तीको अभाव रहनु पनि हो । व्यवसायीक सिप मुलक शिक्षको अभाव, वैंकिङ,सेयर मार्केट राज्यको अस्पष्ट नीति र ज्ञानको अभावले व्यवसायी दोहोर कर तथा जरिवनामा पर्ने समस्या बिधमान छ।

    अझ अति आवश्यक रहेको धौलागिरीमानै भरपर्दो सरल र सुलभ अस्पातालको पहुँच नहुदा मानिसको मृत्यु हुने,दुर्घटना, आगलागी ,बाढ़ी बाट क्षत बिक्षतका घटना घटदा समयमै उपचार नभएर अनायकै ज्यान गुमाउनु पर्ने हुदा दक्ष चिकित्सक,अस्पतालको खाँचो रहेको हुदा यसलाई छिटो र भरपर्दो गर्न के गर्न सकिन्छ र कुन स्थानमा गर्दा सबैलाई सहज हुन्छ त्यसलाई बिशेष पहल गर्न सरोकारवाला निकायलाई घचघचाउन,स्वदेस तथा बिदेशमा रहेका संघ संस्था सँग समन्वय गरी कार्य गरी आफैलाई अब्बल र कार्यसमितिलाई डोराउने र पुण्य कमाउने अवसर साथै आशिर्बाद मिल्ने खालको काम र आफ्ना कोही पनि परिवार अनाहक ज्यान गुमाउन नपर्ने बाताबरण पार्न ठोस कदम चाल्नु होला।
    उही हजुरको शुभचिन्तक
    सचिन्द्र श्रेष्ठ

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं