SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/५ गते
    ९७६ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । यहि चैत ७ गते उद्योग बाणिज्य संघको निर्वाचनमा व्यवसायिक साझा समुहबाट अध्यक्षका उम्मेदवार शिव शर्मा पौडेलले आफुले गरेका प्रतिवद्धता चुनाव जितेको ३ महिनाभित्रै पुरा भएको मतदातालाई महसुस गराउने दाबी गरेका छन् ।

    मतदाताहरुसंगको भेटघाटकै क्रममा रहेका पौडेलले दुर्घटना बीमा, अक्षय कोष लगायतका काम एक महिनाभित्रैबाट शुरु हुने दाबी गरे । ‘हाम्रो बीमा कम्पनीहरुसंग सल्लाह भइसहेको छ । बीमा कार्यक्रम एक महिनाभित्रैबाट शुरु हुन्छ । सबैले डकुमेण्ट ल्याउन समय लाग्ला ।

    तर, हाम्रोमा सदस्य भएका साना–ठुला कोहि व्यवसायी बीमामा छुट्नुहुनेछैन ।’ तपाईंका बिपक्षीले त हावादारी गफ भन्दै प्रचार गर्नुभएको छ नि ? भन्ने जिज्ञाँसामा पौडेलले भने, ‘कसले के भन्छ भन्दै उसैको प्रतिउत्तर दिन म चाहन्न । जोसंग जे छ त्यहि दिने हो । उहाँहरुसंग जे एजेण्डा थियो त्यो दिनुभयो । हामीले गर्न सक्ने र सम्भव कुरा मात्रै भनेका छौं । अरुको पछि लागेको भए हामीले कुश्मा–ज्ञादी पुल पनि बनाउन सकिने थिएन । अहिले पनि मोदीबेणी र झाप्रेबगरको उकालो ओरालो हिड्नुपर्ने थियो ।’

    पौडेलले त्यसबाहेक अहिले भइरहेका जलजला र पैयुंका उद्योग बाणिज्य संघका उपशाखाहरुलाई अधिकारसम्पन्न बनाइने, हरेक पालिकामा सदस्यता बिस्तार गरि उपशाखा स्थापना गरि उनिहरुलाई पनि अधिकार सम्पन्न बनाइने, हरेक व्यवसायीले मोबाइल एप्स मार्फत व्यवसाय कर तथा नविकरण तिर्न सक्नेगरि प्रविधिको विकास गरिने दाबी गरेका छन् । ‘मोबाइल एप्स अहिले सबैतिर पपुलर भएको छ ।

    अब पनि व्यवसायीले आफ्नो नविकरण छुट्यो । कर तिर्न कुश्मा आउन नपाएर जरिवाना तिर्नुप¥यो भन्ने हामी सुन्न चाहन्नौं । त्यसका लागि हामीसंग प्राविधिक टीम पनि छ ।’ उनले पर्वतभरि डिजिटल र अनलाइन व्यवसायको सञ्जाल समेत बिस्तार गरिने दाबी गरे । ‘यो काम गर्न बढीमा एक वर्ष लाग्ला । अहिले सबैतिर सडकको पहुँच छ । कुश्मा बजारमा आएको कुनै बस्तु हुवास र वारीबेनीको उपभोक्ताले कुश्माकै मुल्यमा पाउनेगरि व्यवसाय बिस्तार गर्नुपर्छ । त्यो असम्भव छैन ।’

    यसअघिका ३ कार्यकालमा आफु कार्यकारी पदमा रहन नपाए पनि संघबाट गर्न सकिने कामबारे सबै ज्ञान भएका कारण गर्न सकिने काम मात्रै आफुले प्रतिवद्दता जनाएको उनको दाबी छ । ‘गएको चैतदेखिको लकडाउनले सबैतिर व्यवसाय ध्वस्त भयो । त्यस्तो अवस्थामा संघले घरधनी र बैंकसंगको सहजिकरणमा व्याज र घरभाडामा सहुलियत प्रदान गर्न सहजिकरण गर्न सक्थ्यो । त्यस्ता कामका लागि हामीले नेतृत्व लिन्छौं ।’ अरुको खुट्टा तानेर भन्दा पनि आफु दौडिएर जानुपर्ने पौडेलको तर्क छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं