SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/३ गते
    १६५५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । लामो समय देखि व्यावसायीक क्षेत्रमा काम गरीरहेका नवराज भण्डारी कुश्मा बजार र पर्वत जिल्लाको लागि चिने जानेको नाम नै हो । सामाजीक क्षेत्रमा नवराज भण्डारीले गरेको कयौं कामहरु छन् । जिवनको उर्जाशिल समयमा भारतिय सेना रहि काम गरेका भण्डारी बिगत बर्षहरु देखि पर्वतको भण्डारी टोलमा बाजेको सेकुवा कर्नर, कुश्माको नामबाट होटल चलाएर झनै चर्चामा रहे ।

    कुश्मा बजारमा व्यासायको हरेक संभावनाको खोजीमा बाजेको सेकुवा र नवराज भण्डारी पनि खोजिने नाम हो । लोकल खानाका परिकारहरु सहित शुरु भएको बाजेको सेकुवाले छोटो समयमा सबै ग्राहकहरुको मन जित्यो त्यस्तै मन बाजेको सेकुवाका संञ्चालक नवराज भण्डारीले पनि जिते । बिभिन्न समाजीक क्षेत्रमा समेत रहेका भण्डारी यसपाली उद्योग बाणिज्य संघ पर्वतको चुनावमा होमिएका छन् ।

    यस अगाडी उद्योग बाणिज्य संघ पर्वतको आमन्त्रित सदस्य र हाल उद्योग बाणिज्य संघ पर्वतको सल्लाहाकार रहेका भण्डारी यसपाली भने शिव शर्मा पौडेलको प्यानलबाट चुनावमा होमिएका छन् । समाजीक क्षेत्र र व्यावसायीको हितमा सदैभर अगाडी बढ्ने भण्डारीलाई तपाईहरुले पनि एक मत दिएर बिजय गराउन हुन सबै व्यावसायीहरुलाई अपिल भण्डारीले गरेका छन् ।

    यस्तो नवराज भण्डारीको ब्यक्तिगत जिवन र सामाजिक काममा उनको भुमिका
    १. भारतीय सेवा पेनसन प्राप्त भु.पु. सैनिक
    २. बाजेकाे सेकुवा कर्नरका संस्थापक सञ्चालक तथा प्राेपाराईटर
    ३. राेटरी क्लब अफ पर्वतका संस्थापक सदस्य हाल डाईरेक्टर
    ४. लाईन्स क्लव अफ पर्वत भुमेकाेटका संस्थापक अध्यक्ष
    ५. भुपु सैनिक संघ पर्वत सचिव
    ६. क्षेत्री समाज पर्वत काेषाध्यक्ष
    ७. उद्याेग बाणिज्य पर्वतकाे अामन्त्रित कार्यसमिति सदस्य तथा हाल सल्लाहकार ।
    ८. पर्वत सेवा समाज कार्य समिति सदस्य लगायत विभिन्न सामाजिक संघ संस्थाहरुमा अाबद्व रहि सक्रियता साथ काम गरिरहनु भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं