SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/३ गते
    ५२१ &#२३४६;&#२३३५;&#२३२५;

    आउँदो २०७७ चैत ७ गते हुने पर्वत उद्योग वाणिज्य संघको अधिवेशनमा लोकतन्त्र पक्षधर व्यवसायीहरुका तर्फबाट हामीले उम्मेदवारी दिने जानकारी गराउन चाहन्छौं । विधि, पद्धति, पारदर्शिता जस्ता लोकतन्त्रका आधारभूत मान्यतालाई आत्मसात गर्दै पर्वत उद्योग वाणिज्य संघको नेतृत्वमा उद्यमी व्यवसायीको हकहितका लागि हाम्रो उम्मेदवारी हुनेछ । अध्यक्षमा शिव शर्मा पौडेलको नेतृत्व उद्यमी व्यवसायीका लागि आफैंमा भरोसायोग्य नेतृत्व हुनेछ भन्ने हाम्रो विश्वास छ । पदाधिकारी र सदस्यहरुको यस्तो टिम तयार गरेका छौं कि जहाँ अनुभवले खारिएका, नेतृत्व कुशलताले भरिएका साथीहरु रहनुभएको छ ।

    हाम्रो नेतृत्व र टिम भरोसायोग्य हो भन्ने पर्वतका उद्यमी व्यवसायीमात्रै नभई जिल्लाभरकै बासिन्दाका सामू छर्लंग छ भन्ने हामीले ठानेका छौं । किनभने यसअघि हामीले विभिन्न भूमिकामा रहेका गरेका कार्यहरु र दिएका योगदान खुला किताबका खुला पाना झैं छन् । हामीले आफ्नै उद्यम व्यवसायलाई समय सापेक्ष ढंगले विकास र विस्तार गरेको कुरा होस् या पर्वतका सामाजिक, आर्थिक, विकासका क्षेत्रमा गरेको योगदान, सायद लुकेको केही छैन । सबै पारदर्शी छ । जिल्लामा मुलुककै अग्ला र लामा झोलुंगे पुल निर्माणमा खटिएर गरेको काम अर्काे उदाहरण हो । सुन्तला र लप्सी प्रवद्र्धनका लागि गरिएको महोत्सव त्यस्तै उदाहरण हो । कुश्मा बजारमा अटो रिक्सा सञ्चालन र व्यवस्थापनको समन्वय र सहजीकरण पनि उदाहरणीय नमूना हो । यस्ता थुप्रै बग्रेल्ती उदाहरण हामीसँग छन्, जुन सर्वविदित छन भन्ने लाग्छ ।

    पर्वत उद्योग वाणिज्य संघ केवल उद्यमी व्यवसायीको हकहितमा मात्रै सीमित हुने गरेको छैन, समग्रमा यसले सिंगो पर्वत जिल्लाकै व्यावसायिक उत्थान र विकास निर्माणमा पनि उत्तिकै महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । हो, त्यसैले उद्यम व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत योगदान गरी जिल्लालाई नै सुन्दर भविष्य दिन सक्ने नेतृत्व आजको आवश्यकता हो । त्यो आवश्यकता शर्मा नेतृत्वमा हाम्रो टिमका उम्मेदवार निर्वाचित हुँदा पूरा हुन्छ भन्ने विश्वास गरेका छौं ।

    अथाह सम्भावना बोकेको पर्वत जिल्लाको जीवनस्तर उकास्न, सबैभन्दा पहिला यहाँको व्यावसायिक स्तर उकासिनुपर्छ । यहाँका पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धन हुनुपर्छ । कृषि उपजको उत्पादन आधुनिक र यान्त्रीकरण विधिबाट हुनुपर्छ । साथसाथै उत्पादनको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरण हुनुपर्छ । यी तमाम कामका लागि अगुवाइ गर्ने, पहल कदमी लिने जिम्मेवारी पर्वत उद्योग वाणिज्य संघ र त्यसको नेतृत्वले गर्न सक्छ र गर्नुपर्छ । हामी यी लक्ष्य र उद्देश्य पूरा गर्न उद्यम व्यवसायमैत्री वातावरण हुनुपर्छ भन्ने ठान्छौं । त्यसका लागि पनि झक्झक्याउने र व्यवसायमैत्री वातावरण निर्माण गर्न पहल संघले गर्नुपर्छ भन्छौं । हामी नेतृत्वमा पुग्दा गर्ने पनि छौं ।

    उद्यम व्यवसायको विकास र विस्तार बिना समृद्धि हासिल गर्न सम्भव छैन । त्यसका लागि आजको युगले मागेको प्रविधिलाई हामीले पछ्याउनै पर्छ, उद्यमी व्यवसायीको पनि क्षमता अभिवृद्धि हुनुपर्छ । त्यसैका लागि सबैभन्दा पहिला उद्योग वाणिज्य संघमा सबल र सक्षम नेतृत्व चाहिएको छ । जुन हामीले दिनेछौं । संघलाई चुस्त दुरुस्त बनाउने र उद्यमी व्यवसायीलाई आधुनिक युग र समय सापेक्ष ढंगले सबल तथा सक्षम बनाउने हाम्रो उद्देश्य हो । वास्तवमा यी उद्देश्य हाम्रा मात्रै उद्देश्य होइनन्, पर्वतका सबै उद्यमी व्यवसायीका उद्देश्य हुन् । तिनलाई पूरा गर्न पर्वत उद्योग वाणिज्य संघको नेतृत्वमा पुगेपछि हामीले गर्ने महत्वपूर्ण कार्यबारे प्रतिबद्धताहरु जाहेर गर्दछौँ ।

    हाम्रा प्रतिबद्धताहरु :::
    – उद्योगी व्यवसायीहरुको हकहित तथा व्यापार व्यवसायको प्रबद्र्धनमा सक्रियताका साथ काम गर्ने ।
    – आधुनिक समयमा ‘डिजिटल मार्केटिङ’ को वातावरण तयार पार्न जुट्ने ।
    – उद्योग वाणिज्य संघको कार्यालयलाई आधुनिकीकरण गर्दै त्यहाँका कागजी तथ्यांकहरुलाई ‘डिजिटल’ बनाउने ।
    – पैयूँ र जलजला गाउँपालिकामा स्थापना भएका उद्योग वाणिज्य संघ पर्वतका उपशाखालाई थप व्यवस्थित बनाउने र बाँकी रहेका पाँच स्थानीय तहमा उप शाखा खोल्न पहल गर्ने ।
    – पर्वतका सातवटै स्थानीय तहमा रहेका पर्यटकीय गन्तव्यहरुको विकास गरी तिनीहरुको प्रबद्र्धनका लागि विभिन्न निकायसँग पहल र समन्वय गर्ने ।
    – साना उद्यमी तथा व्यवसायीहरुलाई मसिन, औजार, तालिम लगायतमा यथेष्ट सहयोग गर्ने ।
    – प्यान, भ्याट, टयाक्स लगायतबारे सम्बन्धित ठाउँमै पुगेर तालिमहरु सञ्चालन गर्ने ।
    – व्यवसायी र सरकारी निकायबीचको सम्बन्धलाई समानुपातिक रुपमा सुमधुर बनाई व्यवसायीलाई हौसला प्रदान गर्ने ।
    – पर्वतलाई पर्यटकीय गन्तव्यका रुपमा विश्वसामु जोड्न, पर्यटकहरुलाई कुस्मामै बास बस्ने बनाउन, पर्यटन व्यवसायमा लगानी बढाउन व्यवसायीहरुलाई उत्प्रेरित गर्ने ।
    – पर्वतको पर्यटकीय आनन्दलाई प्याकेजमा उपलब्ध गराउन सञ्चालक वा सम्बन्धित निकायसँग समन्वय गर्ने ।
    – बजार तथा पर्यटकीय क्षेत्रमा आवश्यक सरसफाइ तथा बजारभित्र विकास निर्माणका कार्यहरुमा ठेकेदारले ढिलाई गरेकोमा छिटो छरितो रुपले सम्पन्न पार्नका लागि स्थानीय निकायसँग विशेष पहल गर्ने ।
    – खेल मैदानको व्यवस्थापनका लागि सम्बन्धित निकायहरुसँग आवश्यक सहकार्य र पहल गर्ने ।
    – आधुनिक प्रविधिमा आधारित व्यवस्थित बसपार्क निर्माणमा समन्वय गर्ने ।
    – कल्लेरी–बलेवा मोटरेबल पुल निर्माण गर्न पहल गर्ने ।
    – लप्सी, सुन्तला, कफी, अदुवा लगायत पर्वतका लोकप्रिय वस्तुको प्रशोधन गरी फरक फरक परिकार बनाउन उद्योग स्थापना गर्ने र उद्योगबाट उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने ।
    – पर्वत उद्योग वाणिज्य संघमा व्यवसायीहरुको विवरण राख्ने तथा नवीकरण गर्ने कार्यलाई थप व्यवस्थित गरिनेछ ।
    – पर्वत उद्योग वाणिज्य संघले प्रत्येक वर्षमा प्रकाशन गर्ने स्मारिका हरेक वर्षमा प्रकाशन गरिनेछ । उक्त स्मारिकामा सम्पुर्ण व्यवसायीहरुको सम्पर्क नम्बर सहितको नामावली प्रकाशन गरिनेछ । त्यसैले गर्दा व्यवसायीलाई जिल्लाव्यापी व्यवसाय प्रर्वद्धनका लागि सहज वातावरण बनाइनेछ ।
    – महामारीको कारणवश यदि महिनौसम्म उद्योग व्यापार, व्यवसाय चल्न नसक्ने स्थिती सिर्जना भएमा घरधनीहरुसँग समन्वय गरी घर भाडामा सहुलियत प्रदान गर्न थप पहल गरिनेछ ।
    – उद्योगी व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्दा बैंक तथा वित्तिय संस्थाबाट लिने कर्जामा सहुलियत प्रदान गर्न वाणिज्य संघको तर्फबाट विशेष पहल गरिनेछ ।
    – अन्तर्राष्ट्रिय पर्वत समाज तथा गैह्र आवासीय नेपाली संघसँग समन्वय गरी जिल्लामा लगानीको वातावरण भित्राउन विशेष पहल गरिनेछ ।
    – जिल्लामा रहेका पालिकाहरुमा उपशाखाहरुको गठन प्रक्रिया तत्काल अगाडि बढाइनेछ ।
    – पर्वत उद्योग वाणिज्य संघका अधिकारहरुलाई विकेन्द्रिकरण गरेर उपशाखालाई थप शक्तिशालि बनाइनेछ । आगामी अबिधेसनबाट नेतृत्व चयनका लागि प्रत्येक उपशाखामा नै मतदान गर्ने व्यवस्था गरिने छ ।
    – प्रत्येक पालिकाहरुमा कर तिर्ने प्रणालीलाई व्यवस्थित गरिनेछ ।
    – कुश्मा बजारका अनि व्यस्त ठाउँहरुमा व्यवस्थित शौचालयको स्थापनाका लागि स्थानिय निकायसँग पहल गरिनेछ ।
    – महिला उद्यमी तथा युवा उद्यमीहरुका समस्याहरु समाधानका लागि पर्वत उद्योग वाणिज्य संघमा छुट्टै डेस्कको स्थापना गरिनेछ ।
    – पर्वत उद्योग वाणिज्य संघमा सुझाव पेटिकाको स्थापना गरी प्रत्येक महिनाको १गतेदेखि ७ गतेसम्म सुझाव संकलन गरिनेछ र महिनाभर ती समस्याहरुको समाधान गर्न पहल गरिनेछ ।
    – व्यवसायीहरुबाट प्राप्त आम्दानीको रकमलाई फजुल खर्च घटाई उद्यमी केन्द्रित रही उत्पादनमूलक क्षेत्रमा खर्च गरिने छ ।
    – पर्वत उद्योग वाणिज्य संघमा रहेको विद्यमान कोषलाई अभिबृद्धि गरि ५ करोड र प्रत्येक उपशाखालाई २०÷२० लाखको कोष बनाइने छ र त्यसबाट प्राप्त ब्याजको रकमबाट व्यवसायीको हकहित तथा न्यून स्तरको व्यवसायीहरुको आयआर्जनमा सहयोग गरिने छ ।
    – बैंक तथा वित्तिय संस्थाहरुमा भएका केन्द्रिकृत खरीद प्रणालीलाई व्यवस्थित गरी जिल्लामा नै खरीद गर्ने वातावरण मिलाउन पहल गरिने छ ।
    – पर्वत उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीहरुको रु. १० लाखको निशुल्क दुर्घट्ना बिमा गरिने छ ।
    – सरकारी तथा गैह्र सरकारी कार्यालयहरुका सामग्रीहरु खरीद गर्नका लागि स्थानीय स्तरमा पहल गरिने छ ।
    – पर्वत उद्योग वाणिज्य संघका छुट्टै मोबाईल एप संचालन गरि उक्त मोबाईल एपबाट नवीकरण गर्न सकिने व्यवस्था गराइने छ ।
    – व्यवसायीहरुको कर सम्बन्धि समस्या समाधान गर्नका लागि कर सहयोगी कर्मचारीको व्यवस्था गरिने छ ।
    – विभिन्न कम्पनीहरुको आधिकारिक बिक्रेताको लागि पहल गरी आप्mनै जिल्लामा पहल गरी व्यवसायीहरुलाई प्रोत्सहान गरिने छ ।

    ================================================================
    शिव शर्मा पौडेलको संक्षिप्त वैयक्तिक विवरण :
    २०४५ – पिएन क्याम्पस पोखरामा नेविसंघको धौलागिरी समन्वय समितिका संयोजक ।
    २०४८ – जनस्वास्थ्य कार्यालय बागलुङको परिवार नियोजन सहायक ।
    २०५२ – सदरमुकाम कुश्मा बजारमा शीतल डेरी स्थापना गरेर व्यवसाय सुरु ।
    २०५२ – उद्योग वाणिज्य संघ पर्वतमा सदस्यता ।
    २०५५ – पर्वत डेरी एसोसियसनका संस्थापक अध्यक्ष ।
    २०६० – उद्योग वाणिज्य संघ पर्वतमा कार्य समिति सदस्य ।
    २०६० – कुश्मा–ज्ञादी जोड्ने नेपालकै अग्लो र लामो झोलुंगे पुल निर्माण समितिका अध्यक्ष, हाल संरक्षण समितिका अध्यक्ष
    २०६८ – पर्वत पर्यटन प्रबद्र्धन केन्द्रका संस्थापक अध्यक्ष
    २०६९ – नेपाल घरेलु तथा साना उद्योग महासंघ पर्वतका अध्यक्ष
    २०६९ – नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य
    २०६९ – रोटरी क्लब अफ पर्वतका अध्यक्ष
    २०७१ – पर्वत उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्ष
    २०७५ – उद्योग वाणिज्य संघ पर्वतको कार्य समिति सदस्य
    २०७६ – कुश्मा नगरपालिका पर्यटन समिति सदस्य

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं