
१विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
२मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
५पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
६मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
७वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
८विद्यालयलाई शैक्षिक सामग्री सहयोग
९जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
१०कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
११सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
१२स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१०श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
११मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
आउँदो २०७७ चैत ७ गते हुने पर्वत उद्योग वाणिज्य संघको अधिवेशनमा लोकतन्त्र पक्षधर व्यवसायीहरुका तर्फबाट हामीले उम्मेदवारी दिने जानकारी गराउन चाहन्छौं । विधि, पद्धति, पारदर्शिता जस्ता लोकतन्त्रका आधारभूत मान्यतालाई आत्मसात गर्दै पर्वत उद्योग वाणिज्य संघको नेतृत्वमा उद्यमी व्यवसायीको हकहितका लागि हाम्रो उम्मेदवारी हुनेछ । अध्यक्षमा शिव शर्मा पौडेलको नेतृत्व उद्यमी व्यवसायीका लागि आफैंमा भरोसायोग्य नेतृत्व हुनेछ भन्ने हाम्रो विश्वास छ । पदाधिकारी र सदस्यहरुको यस्तो टिम तयार गरेका छौं कि जहाँ अनुभवले खारिएका, नेतृत्व कुशलताले भरिएका साथीहरु रहनुभएको छ ।
हाम्रो नेतृत्व र टिम भरोसायोग्य हो भन्ने पर्वतका उद्यमी व्यवसायीमात्रै नभई जिल्लाभरकै बासिन्दाका सामू छर्लंग छ भन्ने हामीले ठानेका छौं । किनभने यसअघि हामीले विभिन्न भूमिकामा रहेका गरेका कार्यहरु र दिएका योगदान खुला किताबका खुला पाना झैं छन् । हामीले आफ्नै उद्यम व्यवसायलाई समय सापेक्ष ढंगले विकास र विस्तार गरेको कुरा होस् या पर्वतका सामाजिक, आर्थिक, विकासका क्षेत्रमा गरेको योगदान, सायद लुकेको केही छैन । सबै पारदर्शी छ । जिल्लामा मुलुककै अग्ला र लामा झोलुंगे पुल निर्माणमा खटिएर गरेको काम अर्काे उदाहरण हो । सुन्तला र लप्सी प्रवद्र्धनका लागि गरिएको महोत्सव त्यस्तै उदाहरण हो । कुश्मा बजारमा अटो रिक्सा सञ्चालन र व्यवस्थापनको समन्वय र सहजीकरण पनि उदाहरणीय नमूना हो । यस्ता थुप्रै बग्रेल्ती उदाहरण हामीसँग छन्, जुन सर्वविदित छन भन्ने लाग्छ ।
पर्वत उद्योग वाणिज्य संघ केवल उद्यमी व्यवसायीको हकहितमा मात्रै सीमित हुने गरेको छैन, समग्रमा यसले सिंगो पर्वत जिल्लाकै व्यावसायिक उत्थान र विकास निर्माणमा पनि उत्तिकै महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । हो, त्यसैले उद्यम व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत योगदान गरी जिल्लालाई नै सुन्दर भविष्य दिन सक्ने नेतृत्व आजको आवश्यकता हो । त्यो आवश्यकता शर्मा नेतृत्वमा हाम्रो टिमका उम्मेदवार निर्वाचित हुँदा पूरा हुन्छ भन्ने विश्वास गरेका छौं ।
अथाह सम्भावना बोकेको पर्वत जिल्लाको जीवनस्तर उकास्न, सबैभन्दा पहिला यहाँको व्यावसायिक स्तर उकासिनुपर्छ । यहाँका पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धन हुनुपर्छ । कृषि उपजको उत्पादन आधुनिक र यान्त्रीकरण विधिबाट हुनुपर्छ । साथसाथै उत्पादनको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरण हुनुपर्छ । यी तमाम कामका लागि अगुवाइ गर्ने, पहल कदमी लिने जिम्मेवारी पर्वत उद्योग वाणिज्य संघ र त्यसको नेतृत्वले गर्न सक्छ र गर्नुपर्छ । हामी यी लक्ष्य र उद्देश्य पूरा गर्न उद्यम व्यवसायमैत्री वातावरण हुनुपर्छ भन्ने ठान्छौं । त्यसका लागि पनि झक्झक्याउने र व्यवसायमैत्री वातावरण निर्माण गर्न पहल संघले गर्नुपर्छ भन्छौं । हामी नेतृत्वमा पुग्दा गर्ने पनि छौं ।
उद्यम व्यवसायको विकास र विस्तार बिना समृद्धि हासिल गर्न सम्भव छैन । त्यसका लागि आजको युगले मागेको प्रविधिलाई हामीले पछ्याउनै पर्छ, उद्यमी व्यवसायीको पनि क्षमता अभिवृद्धि हुनुपर्छ । त्यसैका लागि सबैभन्दा पहिला उद्योग वाणिज्य संघमा सबल र सक्षम नेतृत्व चाहिएको छ । जुन हामीले दिनेछौं । संघलाई चुस्त दुरुस्त बनाउने र उद्यमी व्यवसायीलाई आधुनिक युग र समय सापेक्ष ढंगले सबल तथा सक्षम बनाउने हाम्रो उद्देश्य हो । वास्तवमा यी उद्देश्य हाम्रा मात्रै उद्देश्य होइनन्, पर्वतका सबै उद्यमी व्यवसायीका उद्देश्य हुन् । तिनलाई पूरा गर्न पर्वत उद्योग वाणिज्य संघको नेतृत्वमा पुगेपछि हामीले गर्ने महत्वपूर्ण कार्यबारे प्रतिबद्धताहरु जाहेर गर्दछौँ ।
हाम्रा प्रतिबद्धताहरु :::
– उद्योगी व्यवसायीहरुको हकहित तथा व्यापार व्यवसायको प्रबद्र्धनमा सक्रियताका साथ काम गर्ने ।
– आधुनिक समयमा ‘डिजिटल मार्केटिङ’ को वातावरण तयार पार्न जुट्ने ।
– उद्योग वाणिज्य संघको कार्यालयलाई आधुनिकीकरण गर्दै त्यहाँका कागजी तथ्यांकहरुलाई ‘डिजिटल’ बनाउने ।
– पैयूँ र जलजला गाउँपालिकामा स्थापना भएका उद्योग वाणिज्य संघ पर्वतका उपशाखालाई थप व्यवस्थित बनाउने र बाँकी रहेका पाँच स्थानीय तहमा उप शाखा खोल्न पहल गर्ने ।
– पर्वतका सातवटै स्थानीय तहमा रहेका पर्यटकीय गन्तव्यहरुको विकास गरी तिनीहरुको प्रबद्र्धनका लागि विभिन्न निकायसँग पहल र समन्वय गर्ने ।
– साना उद्यमी तथा व्यवसायीहरुलाई मसिन, औजार, तालिम लगायतमा यथेष्ट सहयोग गर्ने ।
– प्यान, भ्याट, टयाक्स लगायतबारे सम्बन्धित ठाउँमै पुगेर तालिमहरु सञ्चालन गर्ने ।
– व्यवसायी र सरकारी निकायबीचको सम्बन्धलाई समानुपातिक रुपमा सुमधुर बनाई व्यवसायीलाई हौसला प्रदान गर्ने ।
– पर्वतलाई पर्यटकीय गन्तव्यका रुपमा विश्वसामु जोड्न, पर्यटकहरुलाई कुस्मामै बास बस्ने बनाउन, पर्यटन व्यवसायमा लगानी बढाउन व्यवसायीहरुलाई उत्प्रेरित गर्ने ।
– पर्वतको पर्यटकीय आनन्दलाई प्याकेजमा उपलब्ध गराउन सञ्चालक वा सम्बन्धित निकायसँग समन्वय गर्ने ।
– बजार तथा पर्यटकीय क्षेत्रमा आवश्यक सरसफाइ तथा बजारभित्र विकास निर्माणका कार्यहरुमा ठेकेदारले ढिलाई गरेकोमा छिटो छरितो रुपले सम्पन्न पार्नका लागि स्थानीय निकायसँग विशेष पहल गर्ने ।
– खेल मैदानको व्यवस्थापनका लागि सम्बन्धित निकायहरुसँग आवश्यक सहकार्य र पहल गर्ने ।
– आधुनिक प्रविधिमा आधारित व्यवस्थित बसपार्क निर्माणमा समन्वय गर्ने ।
– कल्लेरी–बलेवा मोटरेबल पुल निर्माण गर्न पहल गर्ने ।
– लप्सी, सुन्तला, कफी, अदुवा लगायत पर्वतका लोकप्रिय वस्तुको प्रशोधन गरी फरक फरक परिकार बनाउन उद्योग स्थापना गर्ने र उद्योगबाट उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने ।
– पर्वत उद्योग वाणिज्य संघमा व्यवसायीहरुको विवरण राख्ने तथा नवीकरण गर्ने कार्यलाई थप व्यवस्थित गरिनेछ ।
– पर्वत उद्योग वाणिज्य संघले प्रत्येक वर्षमा प्रकाशन गर्ने स्मारिका हरेक वर्षमा प्रकाशन गरिनेछ । उक्त स्मारिकामा सम्पुर्ण व्यवसायीहरुको सम्पर्क नम्बर सहितको नामावली प्रकाशन गरिनेछ । त्यसैले गर्दा व्यवसायीलाई जिल्लाव्यापी व्यवसाय प्रर्वद्धनका लागि सहज वातावरण बनाइनेछ ।
– महामारीको कारणवश यदि महिनौसम्म उद्योग व्यापार, व्यवसाय चल्न नसक्ने स्थिती सिर्जना भएमा घरधनीहरुसँग समन्वय गरी घर भाडामा सहुलियत प्रदान गर्न थप पहल गरिनेछ ।
– उद्योगी व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्दा बैंक तथा वित्तिय संस्थाबाट लिने कर्जामा सहुलियत प्रदान गर्न वाणिज्य संघको तर्फबाट विशेष पहल गरिनेछ ।
– अन्तर्राष्ट्रिय पर्वत समाज तथा गैह्र आवासीय नेपाली संघसँग समन्वय गरी जिल्लामा लगानीको वातावरण भित्राउन विशेष पहल गरिनेछ ।
– जिल्लामा रहेका पालिकाहरुमा उपशाखाहरुको गठन प्रक्रिया तत्काल अगाडि बढाइनेछ ।
– पर्वत उद्योग वाणिज्य संघका अधिकारहरुलाई विकेन्द्रिकरण गरेर उपशाखालाई थप शक्तिशालि बनाइनेछ । आगामी अबिधेसनबाट नेतृत्व चयनका लागि प्रत्येक उपशाखामा नै मतदान गर्ने व्यवस्था गरिने छ ।
– प्रत्येक पालिकाहरुमा कर तिर्ने प्रणालीलाई व्यवस्थित गरिनेछ ।
– कुश्मा बजारका अनि व्यस्त ठाउँहरुमा व्यवस्थित शौचालयको स्थापनाका लागि स्थानिय निकायसँग पहल गरिनेछ ।
– महिला उद्यमी तथा युवा उद्यमीहरुका समस्याहरु समाधानका लागि पर्वत उद्योग वाणिज्य संघमा छुट्टै डेस्कको स्थापना गरिनेछ ।
– पर्वत उद्योग वाणिज्य संघमा सुझाव पेटिकाको स्थापना गरी प्रत्येक महिनाको १गतेदेखि ७ गतेसम्म सुझाव संकलन गरिनेछ र महिनाभर ती समस्याहरुको समाधान गर्न पहल गरिनेछ ।
– व्यवसायीहरुबाट प्राप्त आम्दानीको रकमलाई फजुल खर्च घटाई उद्यमी केन्द्रित रही उत्पादनमूलक क्षेत्रमा खर्च गरिने छ ।
– पर्वत उद्योग वाणिज्य संघमा रहेको विद्यमान कोषलाई अभिबृद्धि गरि ५ करोड र प्रत्येक उपशाखालाई २०÷२० लाखको कोष बनाइने छ र त्यसबाट प्राप्त ब्याजको रकमबाट व्यवसायीको हकहित तथा न्यून स्तरको व्यवसायीहरुको आयआर्जनमा सहयोग गरिने छ ।
– बैंक तथा वित्तिय संस्थाहरुमा भएका केन्द्रिकृत खरीद प्रणालीलाई व्यवस्थित गरी जिल्लामा नै खरीद गर्ने वातावरण मिलाउन पहल गरिने छ ।
– पर्वत उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीहरुको रु. १० लाखको निशुल्क दुर्घट्ना बिमा गरिने छ ।
– सरकारी तथा गैह्र सरकारी कार्यालयहरुका सामग्रीहरु खरीद गर्नका लागि स्थानीय स्तरमा पहल गरिने छ ।
– पर्वत उद्योग वाणिज्य संघका छुट्टै मोबाईल एप संचालन गरि उक्त मोबाईल एपबाट नवीकरण गर्न सकिने व्यवस्था गराइने छ ।
– व्यवसायीहरुको कर सम्बन्धि समस्या समाधान गर्नका लागि कर सहयोगी कर्मचारीको व्यवस्था गरिने छ ।
– विभिन्न कम्पनीहरुको आधिकारिक बिक्रेताको लागि पहल गरी आप्mनै जिल्लामा पहल गरी व्यवसायीहरुलाई प्रोत्सहान गरिने छ ।
================================================================
शिव शर्मा पौडेलको संक्षिप्त वैयक्तिक विवरण :
२०४५ – पिएन क्याम्पस पोखरामा नेविसंघको धौलागिरी समन्वय समितिका संयोजक ।
२०४८ – जनस्वास्थ्य कार्यालय बागलुङको परिवार नियोजन सहायक ।
२०५२ – सदरमुकाम कुश्मा बजारमा शीतल डेरी स्थापना गरेर व्यवसाय सुरु ।
२०५२ – उद्योग वाणिज्य संघ पर्वतमा सदस्यता ।
२०५५ – पर्वत डेरी एसोसियसनका संस्थापक अध्यक्ष ।
२०६० – उद्योग वाणिज्य संघ पर्वतमा कार्य समिति सदस्य ।
२०६० – कुश्मा–ज्ञादी जोड्ने नेपालकै अग्लो र लामो झोलुंगे पुल निर्माण समितिका अध्यक्ष, हाल संरक्षण समितिका अध्यक्ष
२०६८ – पर्वत पर्यटन प्रबद्र्धन केन्द्रका संस्थापक अध्यक्ष
२०६९ – नेपाल घरेलु तथा साना उद्योग महासंघ पर्वतका अध्यक्ष
२०६९ – नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य
२०६९ – रोटरी क्लब अफ पर्वतका अध्यक्ष
२०७१ – पर्वत उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्ष
२०७५ – उद्योग वाणिज्य संघ पर्वतको कार्य समिति सदस्य
२०७६ – कुश्मा नगरपालिका पर्यटन समिति सदस्य


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया