SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/२८ गते
    १८०३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत- पर्वत उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागि चैत ७ गते हुने निर्वाचनको तयारी तीब्र पारिएको छ । निर्वाचनवाट बिजयी भएर आगामी नेतृत्व लिनका लागि पर्वतका सफल व्यावसायि गोपि अधिकारी मैदानमा उत्रिनुभएको छ । उहाँले एक साता अघि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँले आफु साझा, समावेशी समुह बनाएर निर्वाचनको तयारीमा जुटेको बताईरहँदा जिल्लाका सवै बामपन्थी पक्षधरहरु उहाँको पक्षमा देखिएका छन् । सवै वामपन्थी विचार धाराका उद्योगी, व्यावसायिहरुले अधिकारीलाई समर्थन गर्ने बताएका छन्् । बाम पन्थी मात्र हैन राप्रपा र संघीय समाजवादी सँगै काँग्रेसका असन्तुष्ट पक्षहरु समेत यस प्यानलको पक्षमा उभिएको उक्त समुहको दावी छ ।

    निर्वाचनको संघारमा नेकपा विभाजन भएर साविक नेकपा एमाले र माओवादी केन्द्र बनेपनि फुटको असर नपर्ने भएको छ । सवै वाम एक ठाम भन्ने नितिलाई अवलम्वन गरी प्यानल तयार गरिएको र यसमा बाम विचारधारा बाहेका प्रजातान्त्रिक विचार धाराका उद्योगी, व्यावसायीलाई पनि समेटिने पर्वत उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हरिओम शर्मा लामिछानेले बताउनुभयो ।

    पर्वत उद्योग बाणिज्य संघको विगतका तीन कार्यालय ऐतिहासिक परिवर्तन भएको र संघले थुप्रै नयाँ काम अघि सारेकाले यसपटक ती कामको निरन्तरताका लागि बामपन्थी पक्षकै उम्मेदवारलाई जिताउनुपर्ने उहाँले बताउनुभयो । विगतका कामहरुको संस्थागत विकास र सुदृढिकरणका लागि प्रजातान्त्रिक विचारधाराका मानिसहरु पनि गोपि अधिकारीकै नेतृत्व चाहेको उहाँको भनाई रहेको छ ।

    यो कुनै राजनीति गर्ने थलो नभई विशुद्ध उद्योगी, व्यावसायीहरुको हितमा काम गर्ने संस्था भएकाले सोहि रुपमा विकास गर्न पनि गोपि अधिकारीको नेतृत्व आवश्यक रहेको र यसैमा सवै पक्षलाई समेटिने संघका पूर्व अध्यक्ष मिनप्रसाद श्रेष्ठले बताउनुभयो । पार्टी विभाजनका विषयमा फरक पक्षका कुरा सुनेर वामपन्थी विचार धाराका उद्योगी, व्यावसायीहरुले मनोवल नगिराउने बताउँदै हामी पुर्ववत नेकपाकै अवस्थामा र थप अन्य पक्षलाई समेत समावेश गरेर अत्याधिक बहुमतले बिजयी गराउनेगरी तयारीमा रहेको श्रेष्ठले बताउनुभयो ।

    यता गोपि अधिकारी समुहले निर्वाचन नजिकिँदै गर्दा प्रचार प्रसार र घरदैलो कार्यक्रमलाई तीब्रता दिईएको छ । उक्त समुहले सवैको मन जित्नेगरी साझा र समावेशी प्यानल तयारी गरेको र केहि दिनमै सार्वजनिक गर्ने समेत जनाएको छ । ‘म जीवनभर विशुद्ध उद्योगी, व्यापारीकै हक हितका निम्ति लागिरहेको छु, आशा छ पर्वतवासी उद्योगी व्यावसायीले मलाईनै जिताउने छन्’ मेरो पक्षमा मतदान गर्न म अपिल पनि गर्न चाहान्छु , अध्यक्ष पदका उम्मेदवार गोपि अधिकारीले भन्नुभयो । बढि महत्वकांक्षी योजना सुनाउनु भन्दा पनि आफु कामवाटै पर्वतको समृद्धि र विकास गर्नेगरी अघि बढ्ने उहाँको भनाई रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं