SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/२४ गते
    ८७२ &#२३४६;&#२३३५;&#२३२५;

    एजेन्सी । प्रिमियर लिग अन्तर्गत म्यानचेष्टर डर्बीमा युनाइटेडले सिटीलाई पराजित गरेको छ । शीर्ष स्थानको रहेको सिटीलाई उसैको मैदानमा युनाइटेडले २-० ले पराजित गरेको हो । जितपछि युनाइटेड दोस्रो स्थानमा उक्लेको छ र सिटीसँग अंकदूरी ११ मा झारेको छ । सिटीको मैदानमा एतिहाडमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस र लुक-श ले १-१ गोल गरे । खेलको दोस्रो मिनेटमै पाएको पेनाल्टीमा ब्रुनोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

    सिटीका गाब्रीएल जर्ससले एन्थोनी मार्सियललाई पेनाल्टी क्षेत्रमा फाउल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो । दोश्रो हापको ५०औं मिनेटमा लुक-शले गोल गर्दै युनाइटेडलाई २-० को जित दिलाए ।यस जितसँगै ओले गुनर सोल्सायर सिटीविरुद्ध तीन अवे खेलमा जित हात पार्ने युनाइटेडका पहिलो प्रशिक्षक बनेका छन् । जितपछि २८ खेलबाट ५४ अंक जोड्दै युनाइटेड लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

    समान खेलबाट ६५ अंकसहित सिटी शीर्ष स्थानमै छ ।युनाइटेडसंगको हारपछि सबैखाले प्रतियोगितामा गरेर सिटीको २८ खेलको अपराजित यात्रा टुंगिएको छ ।सिटी पछिल्लो पटक सन् २०२० नोभेम्बरमा टोटनहमसँग पराजित भएको थियो । यस्तै सिटीको लगातार २१ खेलको जितको यात्रा पनि रोकिएको छ । प्रिमियर लिगमा लगातार १५ खेल जितेपछि सिटीले हार व्यहोरेको हो

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं